मङ्गलबार, कात्तिक २ २०७८ ०५:४३ AM

×

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार कार्ड, एङ्ग्रिष्ट र इम्बेन्सलाई

images

स्टकहोम(स्वीडेन) । यस वर्ष अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन जनालाई अर्थशास्त्रीलाई दिइने भएको छ । रोयल एकेडेमी अफ साइन्सले सोमवार क्यानडा, अमेरिका र नेदरल्यान्ड्सका अर्थशास्त्रीहलाई सो पुरस्कार दिने घोषणा गरेका छन् । पुरस्कार क्यानडेली अर्थशास्त्री डेभिड कार्डलाई आधा दिइनेछ । अमेरिकी अर्थशास्त्री जोशुआ डी एन्ग्रिष्ट र नेदरल्यान्ड्सका गुइडो डब्ल्यू इम्बेन्सलाई आधा दिइनेछ । 

कार्डलाई श्रम अर्थतन्त्रबारे गरेको अनुभवजन्य योगदानका लागि सो पुरस्कार दिइएको हो। एङ्ग्रिस्ट र इम्बेन्सलाई भने कारक सम्बन्धको विश्लेषणबारे गरेको विधिगत योगदानको लागि सो पुरस्कार दिइएको हो ।

१ करोड स्विडिस क्रोनार बराबरको पुरस्कार राशीमध्ये आधा कार्डले पाउने छन् । बाँकी रहेको पुरस्कार राशी एङ्ग्रिस्ट र इम्बेन्सलाई आधा–आधा जानेछ । ती तीनै जना अनुसन्धानकर्ताहरुले प्रमाणमा आधारित कामलाई पूर्ण रुपमा नयाँआकार दिएको बताइएको छ । 

कार्ड क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक हुन् । कार्डले गरेको एउटा प्रयोग अमेरिकाको न्यूजर्जी राज्यमा सन् १९९० को दशकको शुरुमान्यूनतम् तलब वृद्धिले फाष्ट फूड क्षेत्रमा पारेको प्रभावबारे छ ।

यस्तो खालको वृद्धिले सधै जागिर गुम्ने अवस्था सृजना हुन्छ भने परम्परागतअवधारणालाई उल्टो साबित गरेको थियो । यस विषयमाउनले प्रशिद्ध अर्थशास्त्री एलन क्रुगरसँग मिलेर काम गरेका थिए । यसलाई अमेरिकामा अनुभवजन्य प्रयोगका रुपमा प्रयोग गर्दै न्यूनतम् तलब बढाउन प्रयोग गरिएका छन् । 

अर्कोमा भने कार्डले बसाई सराईले रोजगारीमा पार्ने प्रभावको अध्ययन गरेका थिए । यसमासन् १९८० मा सबा एक लाख क्युबेलीहरुलार्इ बसाई सर्ने अनुमति दिने क्यूबाको अप्रत्याशित निर्णयको अध्ययन गरिएको थियो ।

यस घटनाले शहरका बासिन्दाहरुको तलब ७ प्रतिशतले बढायो । चार ओटा शहरमा तलब र रोजगारीको उद्विकासको तुलनागर्दा न्यून शिक्षा भएका मियामीका बासिन्दाहरुमा नकारात्मक प्रभाव नपरेको कार्डले पाए । बढ्दो बसाई सराईले सो देशमा जन्मिएका मानिसहरुको आयमा सकारात्मक प्रभाव पारेको समेत पाइयो । 

एङ्ग्रिस्ट म्यासाच्युसेट्स इन्टिच्युट अफ टेक्नोलोजी(एमआइटी) प्राध्यापकहुन् भने इम्बेन्स स्ट्यान्फोर्ड विश्वविद्यालयका । यिनीहरुले दिएको योगदानले कठोर वैज्ञानिक पद्दति अपनाएर अध्यनन गर्न नसकेको अवस्थामा समेत अर्थशास्त्रीहरुलाई कारण र प्रभावबारे ठोस निस्कर्ष निकाल्न सहयोग पुर्‍याएको छ । यस्तो खालको अध्ययनमा कहिलेकाहीं कारण र प्रभावलाई छुट्टयाउन गाह्रो हुन्छ ।

जस्तै एक वर्ष थप अध्ययन गर्दा व्यक्तिको आय बढ्छ कि बढ्दैन भनेर खुट्टयाउन प¥यो भने एक वर्ष धेरै पढेकाहरुको आयलाई नपढेकाहरुको आयसँग तुलना गर्न सकिन्छ । एक र्वा बढी अध्ययन गरेकाहरुले बढी कमाउन सक्छन् कि सक्दैनन् भन्ने निर्धारण गर्ने अन्य कयौं कारकहरु पनि हुन सक्छन् ।

परिश्रमी वा बढी मेहनती भएर धेरै कमाएको पनि हुन सक्छ । तर इम्बेन्स र एङग्रिष्टले यी चुनौतीहरुबाट पार पाउने र प्राकृतिक प्रयोगको कारण र प्रभाव ठ्याक्कै निर्धारण गर्न तथ्याङ्कीय विधिको विकास गरेका छन् । एजेन्सीहरु 

मङ्गलबार २६ असोज २०७८ ११:०० AM मा प्रकाशित

प्रतिक्रिया