बिहीबार, मंसिर १६ २०७८ ०३:२९ PM

×

साओमीको टिभी र फोन किन्दा ५ हजार छुट

images

काठमाडौं । साओमीले आफ्नो फ्लेगसिप फोन पोको एफ ३ जीटी र मी टिभीमा ५ हजार बराबरको छुट ल्याएको छ । आफ्नो उपभोक्ताहरुको मागलाई ध्यानमा राख्दै कम्पनीले पोको एफ ३ जीटी र मी टिभीमा छुटको व्यवस्था गरेको हो ।  

टर्बो एमोलेड डिस्प्ले र फ्लेगसिप मेडियाटेक चिपसेटयुक्त यो फोनमा १२० हर्जको रिफ्रेस रेट र ४८० हर्जको टच स्याम्प्लिङ रेट रहेको छ । यो एउटा प्रिमियम स्मार्टफोन हो जसमा म्याग्लेव ट्रिगर भएकाले एक स्विचमै गेमिङ फोनमा पनि परिवर्तन गर्न सकिन्छ जसले यो मोडल गेम खेल्ने र नखेल्ने दुवै बर्गको लागि उत्कृष्ट छनोट हो ।

त्यसैगरी मी टिभी पनि एक शानदार डिजाइन, बिल्ट–इन प्लेस्टोर क्रोमकास्ट, सिनेम्याटिक क्वालिटी साउन्ड र उत्कृष्ट रंग संयोजन् भएको दमदार टेलिभिजन हो । एन्ड्रोइडमा चल्ने यो टिभीमा रेकमेन्डेसन् सिस्टम हुनुको साथै अहिले चलेका सबै स्ट्रिमिङ प्ल्याट्फर्महरु सपोर्ट गर्छ ।

साथै उत्कृष्ट डिजाइन भएकाले घरको जुनसुकै कोठामा राखे पनि राम्रो सुहाउने हुन्छ । ३२ इन्चको ठूलो स्क्रिन भए पनि यसले एकदम थोरै ठाउँँ ओगट्छ र यसको तौल पनि जम्मा ४ किलोग्राम मात्र रहेको छ ।

पहिले ५६ हजार ९ सय ९९ मुल्य भएको पोको एफ ३ जीटीलाई कम्पनीले ५१ हजार ९ सय ९९ मा र ३४ हजार ९ सय ९९ मूल्य भएका मी टिभीलाई २९ हजार ९ सय ९९ रुपैयाँमा दिने निर्णय गरेको छ । पोको एफ ३ जीटीमा एक वर्षको बीमा पनि रहेको छ जुन आधिकारिक बिक्री केन्द्रहरुबाट खरिद गर्दा उपलब्ध हुनेछ । यो योजना सिमीत अवधिको लागि मात्र लागू हुनेछ ।    

 

आइतबार​ ५ मंसिर २०७८ ०५:०२ PM मा प्रकाशित

प्रतिक्रिया