×

‘क्युआर डे विथ आईएमई पे’ अफर सार्वजनिक, एपमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट  

images

काठमाडौं । “आईएमई पे” ले प्रयोगकर्ता माझ ‘क्युआर डे विथ आईएमई पे’ अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत सबै प्रयोगकर्ताहरूले कुनै पनि क्युआर पेमेन्ट आईएमई पे एप मार्फत भुक्तानी गर्दा दिनभिरमा १० प्रतिशत छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ । 

आईएमई पेले यस अफर ल्याउनको मुख्य उद्देश्य आफ्ना नियमित र सम्भावित ग्राहकलाई आइएमई पे एप डाउनलोड गरी डिजिटल भुक्तानी माध्यममा परिणत हुन प्रोत्साहन गर्ने रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साे अफर यही असार १० गते दिन १ दिनका लागि मात्र मान्य हुने जनाइएको छ । 

अफरअन्तर्गत पहिलो २५ सय सेवाग्राहीहरुले मात्र क्यासव्याक पाउनेछन् भने पियर्स‐टु‐पियर्स क्यूआर  ट्रान्जेक्सनमा यो अफर अन्तर्गतको क्यासव्याक प्राप्त नहुने विज्ञप्तिमा उल्लेख छ।

बिहीबार ९ असार २०७९ ०४:५८ PM मा प्रकाशित

प्रतिक्रिया