आइतबार​, असोज १० २०७८ ०८:३५ PM

×

वालस्ट्रिटबाट मोडिएको कर्माको पाइला, नेपालमा मःम पसलदेखि पाँचतारेतर्फको यात्रा

images

काठमाडौं । ‘अमेरिकन ड्रिम’ साहित्यमा सर्वाधिक प्रयोग हुने रुपक । भौतिकवादको अन्तिम गन्तव्य । यहीँ अमेरिकी ड्रिमलाई १७ वर्षसम्म जिएर पाँच वर्षअघि आफ्नै ‘थर्ड वल्र्ड कन्ट्री’ मा फर्किए कर्मा तेन्जिङ । 

इन्भेष्टमेन्ट क्यापिटल वालस्ट्रिटका ठुल्ठूला विश्वविख्यात कम्पनी लिमन ब्रदर्स, मोर्गान स्ट्यान्लेमा काम गरी प्राध्यापन जस्तो प्रतिष्ठित क्षेत्रमा सेवा गरेका कर्माले आफ्नो ऊर्जाशील उमेरको अवश्यसम्भावी अवसरहरूलाई त्यागेर नेपाल फर्किए । 

आफ्नो अनुभव र दक्षता लिएर नेपाल फर्कंदै गर्दा कर्माले आप्रवासीहरूमाथि पश्चिमा मुलुकले राख्दै आएको संकुचित धारणालाई समेत चिर्न ठूलो सहयोग गरे । यसैले अमेरिकाबाट उनको पछि–पछि हलिउड फिल्म निर्माता दाजुभाइ ब्रायन फ्लेन्ट र केभिन फ्लेन्टको टिमसमेत आएर एउटा आप्रवासीको प्रेरक कर्मालाई वृत्तचित्रमा उतारेर गए । 

कर्माको पुख्र्यौली थलो मनाङ हो । उनका हजुरबुवा र बुवाहरू भारत, बर्मा, थाइल्याण्ड, बुर्नाइमा हिमाली जडीबुटी र नेपाली कपडाको व्यापार गर्दै, १९६० को दशकमा काठमाडौं छिरेका थिए । 

इन्भेष्टमेन्ट क्यापिटल वालस्ट्रिटका ठुल्ठूला विश्वविख्यात कम्पनी लिमन ब्रदर्स, मोर्गान स्ट्यान्लेमा काम गरी प्राध्यापन जस्तो प्रतिष्ठित क्षेत्रमा सेवा गरेका कर्माले आफ्नो ऊर्जाशील उमेरको अवश्यसम्भावी अवसरहरूलाई त्यागेर नेपाल फर्किए । 

ठमेलमा गेस्ट हाउसको परम्परा प्रारम्भ मात्र हुँदै थियो । तब कर्माका बुवाले नावलभ्युँ गेस्ट हाउसको स्थापना गरेका थिए । आफू निरक्षर भए पनि १९८५ मा महाराजगन्जमा काठमाडौं भ्याली स्कुल, उनका बुवाले स्थापना गरेका थिए । यसरी मनाङ परिवार पनि विस्तारै व्यापारिक घरानामा दरिँदै थियो ।

कर्माले आफ्नो प्राथमिकदेखि प्रमाणपत्र तहसम्म दार्जिलिङकै सेन्ट पौल स्कुल र एसियाकै पुरानो पब्लिक बोर्डिङ स्कुल बिसप कटन स्कुलमा पूरा गरेँ । १९९८ मा आफ्नो अन्डर ग्राजुएसनको अध्ययन पूरा गर्न कर्मा अमेरिका गएका थिए । त्यस समय एकदमै कम मानिसहरू मात्र अमेरिकामा अध्ययनका लागि जाने गर्थे । 

न्युयोर्क विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक तह पूरा गरेपछि उनले लगत्तै फोर्डह्याम विश्वविद्यालयमा अर्थशास्त्रमै विद्याविरिधीको समेत अध्ययन गर्न पाए । त्यहीँ बेला न्युयोर्ककै इन्भेष्टमेन्ट क्यापिटल वालस्ट्रिटका ठूला–ठूला बैंक तथा कम्पनीहरूमा काम गरेका छन् । उनले २००८ मा लिमन ब्रदर्स भएसम्मै फरेन एक्सचेन्ज ट्रेडर्सका रूपमा काम गरे । 

आफ्नो विद्यावारिधीको पढाइलाई पनि निरन्तरता दिँदै उनले २०१३ तिर अतिरिक्त समय मेट्रोपोलिटियन कलेज अफ न्युयोर्कमा अर्थशास्त्रको प्राध्यापकका रूपमा समेत काम गरे । उनले त्यहाँ बीबीए र एमबीएका विद्यार्थीहरूलाई अर्थशास्त्रको पढाउँथे । 

२००८ मा विश्व वित्त संकटमा लिमन ब्रदर्स बन्द भएपछि उनी एक वर्षका लागि सिकागो गएर ब्रेक वाटर नामको कम्पनीमा अमेरिकी ट्रेजरी तथा बोन्ड मार्केटमा काम गरे । 

पछि पुनः वालस्ट्रिटमा फर्किएर उनले मोर्गन स्ट्यान्लेमा पनि काम गरे । त्यसैबीच २०१५ मा नेपालमा महाभूकम्प गयो । कर्मा आफैंले सक्रिय रूपमा सहयोग रकम संकलन गरी नेपालमा खाद्य, औषधिलगायतका राहत सामग्री पठाउने काम गरे । सोही वर्षको डिसेम्बरमा नेपाल आएका कर्माले काठमाडौंको क्षतविक्षत अवस्था देखे । 

समस्याले गाँजेर क्षतविक्षत बनाएको काठमाडौंलाई देखेर जोकोहीको कहाली लाग्ने त्यस्तो समयमा पनि कर्माले भने भरपुर अवसरहरू देखे । 
त्यसैले लगत्तै अमेरिका फर्किएर सेवारत कम्पनी मोर्गन स्ट्यान्लेमा राजीनामा दिएर उनी नेपाल फर्किए । 

सामाजिक सेवा र उद्यमशीलतामा उत्तिकै लगाव राख्ने कर्माले हाल काठमाडौं भ्याली स्कुलमा करिब दुई सय शेर्पा बच्चाहरूलाई पूर्ण छात्रावृत्तिमा बार्डिङ राखेर पठाइरहेका छन् । यी बालबालिकाहरू मनाङ, लाङटाङ तथा सोलुका भूकम्प ताका हिउँनदीमा फसेर बितेका शेर्पा पर्वतारोहीहरूका सन्तानहरू हुन् । 

अमेरिकामा शैक्षिक क्षेत्रको समेत अनुभव बटुलेका कारण कर्माले नेपाल फर्किए पछि आफ्नै बुवाले स्थापना गरेको काठमाडौं भ्याली स्कुल २०१६ देखि आफैंले सञ्चालन गर्न थाले । हाल उनी आफैं काठमाडौं भ्याली स्कुलका प्रधानाध्यापक छन् । 

सामाजिक सेवा र उद्यमशीलतामा उत्तिकै लगाव राख्ने कर्माले हाल काठमाडौं भ्याली स्कुलमा करिब दुई सय शेर्पा बच्चाहरूलाई पूर्ण छात्रावृत्तिमा बार्डिङ राखेर पठाइरहेका छन् । यी बालबालिकाहरू मनाङ, लाङटाङ तथा सोलुका भूकम्प ताका हिउँनदीमा फसेर बितेका शेर्पा पर्वतारोहीहरूका सन्तानहरू हुन् । 

शेर्पा फाउन्डेसनको सिफारिसमा आधा खर्च आईएनजीओ, फाउन्डेसन र आधा खर्च स्कुलले प्रदान गरेर यी बालबालिकाहरू हाल काठमाडौं भ्याली स्कुलमा पढिरहेका छन् । यी बालबालिकाहरूको खाने, बस्ने सम्पूर्ण खर्च काठमाडौं भ्याली स्कुल र सहयोगी दात्री निकायहरूले बेहोरी रहेको छ । 

यसबाहेक कर्माले सडक बालबालिका, सडकका कुकुर तथा अनाथ, वृद्धाश्रमहरूमा समेत आफ्नो सतकर्म अगाडि बढाइरहेका छन् । हाल डाँडागाउँको अनाथ आश्रममा बसिरहेका जेहेन्दर विद्यार्थीहरूलाई कर्माको स्कुलले पूर्ण छात्रावृत्तिमा पढाइरहेको छ । 

स्कुलमा संलग्न भएको करिब ६ महिनापछि कर्माले नागपोखरी नजिक अनवर्ड नेपाल नामको एउटा मिडिया कम्पनीमा पनि समेत हात हाले । उक्त मिडियामार्फत पर्यावरण, लैंगिकता, संरक्षण विषयहरूमा आर्टिकल, भिडियोहरू प्रकाशन हुने गथ्र्याे । तर, शतप्रतिशत आफ्नै फण्डिङ रहेको कारण त्यसले निरन्तरता पाउन सकेन । 

तर, अनवर्ड सञ्चालन अवस्थामा रहँदा त्यहाँका कर्मचारीहरूलाई खाजा ख्वाउन सुरु गरेको एउटा मेसले भने आज चर्चित रेस्टुराँ ब्राण्ड मःम कर्माको रूप लिइसकेको छ । उक्त ब्राण्ड चार वर्षअघि स्थापना भएको थियो । हाल मःम कर्माले नेपालमा दार्जिलिङ मःमको स्वाद पस्केर नेपाली स्वाद पारखीहरूमाझ विशेष पहिचान बनाइसकेको छ ।

‘म लगायत नेपालका पुराना जमानाका बिजनेसम्यान, डक्टर, इन्जिनियर सबै दार्जिलिङ पढेर आएका हुन् । दार्जिलिङको मःमको स्वाद नेपालमा पाइँदैन । यस्तै वर्गलाई लक्षि गरी हामीले नेपाली बजारमा मःम कर्मा ल्याएको हो,’ कर्मा भन्छन्, । 

यो मःमको मुख्य विशेषता भनेको कम मसला, उच्च गुणस्तरीय मासु, मःमको पातलो डो, हातले बनाएको किमा हो । यसमा दार्जिलिङको स्वाद पाउन सकिन्छ । 

मःम कर्माको लोकप्रियताका कारण उनले महाराजगन्जमा अर्को आउटलेट खोल्ने तयारी गरेका थिए तर लकडाउनका कारण त्यो रोक्किएको छ ।  यसलाई फ्रेन्चाइजीका रूपमा विस्तार गर्न योजना कर्माको छ । यसैअनुसार अफर पनि आएका थिए । तर, कम्पनीको मःम कर्माको आफ्नै कोर भ्याल्यु र विशेषता भएको कारण यसको सम्झौता नगर्ने कर्मा बताउँछन् । मःम कर्माको आफ्नै मेनु र विशेषता छन् । त्यसलाई अनुपालन नगरेको खण्डमा फ्रेन्चाइजी नदिने उनको अडान छ । 

४१ वर्षीय कर्मा पैदलयात्रा, पर्वतारोहणका पारखी हुन् । हालसम्म उनले सगरमाथा, मनास्लु, आकानकागुवा, किलोमान्जारोको आरोहण गरिसकेका छन् । सातै महादेशका उच्च शिखर पुग्ने उनको सपना छ । उनका आगामी हिमशिखर गन्तव्य पनि तय छन् जुन कोभिडका कारण केही समयदेखि रोक्किएका छन् । 

पर्वतारोहणप्रतिको आफ्नो सौख र भविष्यलाई देखेर उनले लस्ट द हिमालय कम्पनी पनि खोलेर सञ्चालन गरिरहेका छन् । अमेरिकादेखि फर्किएको पाँच वर्ष पुग्दा बुवाले जग बसालेको सानो व्यवसायलाई उनले गुड कर्मा ग्रुप अफ इन्डस्ट्रिजमा परिणत गरिसकेका छन् । हाल उनी ग्रुपका अध्यक्ष पनि हुन् । अब कर्मा चाँडै नै होटल र हाउजिङ तथा अपार्टमेन्ट व्यवसायमा समेत प्रवेश गर्दैछन् । 

अमेरिकी वर्क कल्चर र इथिक्सबाट प्रभावित कर्मा नेपालमा पनि त्यसको अभ्यास गर्न मेरियटको फ्रेन्चाइजी पाँच तारेहोटल मेरिडियन बनाउँदै छन् । गत ७ अगस्टमा यसको सम्झौतासमेत भइसकेको छ । १७० रुम, एउटा क्यासिनो, दुइटा रेस्टुराँ, बार र रुफटफ डाइनिङ रुम उक्त होटलमा हुनेछ । त्यसको सञ्चालन गुड कर्मा ग्रुप अफ कम्पनीज्ले गर्नेछ ।  

होटलसँगै अहिले आफू अपार्टमेन्ट विल्डिङ बिजनेस पनि सुरु गर्ने तयारीमा रहेको उनले बताए । उनको कम्पनीले होटलकै पछाडि ८२ युनिटको लक्जरी अपार्टमेन्ट स्थापनाको डिजाइन र कन्सेप्ट पनि तयार गरिसकेको छ । 

महाराजगन्जको आफ्नो स्कुललाई सिद्धार्थ वनस्थली स्कुल बालाजुको पछाडि सारेर उक्त जग्गामा होटल र अपार्टमेन्ट खोल्ने उनको योजना छ । जग्गा र भवन मात्र गरेर यो करिब ६ सय करोड मार्केट भ्याल्युको परियोजना रहेको उनले बताए । अन्तर्राष्ट्रिय स्तरको यो परियोजना सम्पन्न हुन अझै चार वर्ष लाग्ने र सो अवधिभित्रमा कोभिडको संकट पनि टरिसक्नेमा उनी आशावादी छन् । 

अमेरिकी वर्क कल्चर र इथिक्सबाट प्रभावित कर्मा नेपालमा पनि त्यसको अभ्यास गर्न मेरियटको फ्रेन्चाइजी पाँच तारेहोटल मेरिडियन बनाउँदै छन् । गत ७ अगस्टमा यसको सम्झौतासमेत भइसकेको छ । १७० रुम, एउटा क्यासिनो, दुइटा रेस्टुराँ, बार र रुफटफ डाइनिङ रुम उक्त होटलमा हुनेछ । त्यसको सञ्चालन गुड कर्मा ग्रुप अफ कम्पनीज्ले गर्नेछ ।  

अमेरिकामै रहँदा एकदिन उनले २०२२ का लागि कतारमा विश्वकप रंगशाला बनाइरहेका नेपाली श्रमिकहरूको दर्दनाक अवस्था र धेरैको मृत्यु भइरहेको खबर अखबारमा पढे ।

त्यो खबरले मर्माहित बनेको कर्माले आफू जस्तै विदेशमा बसेर काम गरिरहेका श्रमिकहरूको हकका लागि उनले २०१३ को अक्टोबरमा त्यहाँ बसोबास गर्दै आइरहेका करिब दुई सय नेपाली र अन्यलाई भेला गरेर ‘इण्ड ह्युमन एक्सप्लोयटेसन इन कतार’ र ‘इण्ड वर्कर स्लेभरी इन कतार’ हरू लेखिएको प्लेकार्ड बोकेर र्याली निकाले ।

न्युयोर्क टाइम्सको कार्यालयदेखि संयुक्त राष्ट्रसंघको कार्यालय हुँदै अमेरिकास्थित कतारको दूतावाससम्म लगिएको उक्त र्यालीले अन्तर्राष्ट्रिय सञ्चार माध्यममा समेत कभरेज पाएको थियो । 

कर्माले तब उनले विश्वकै पहिलो पिटिसन हस्ताक्षरको आह्वानसमेत गरेका थिए । जसमा न्युयोर्कबाट त्यस समय ३४ हजार मान्छेले हस्ताक्षर गरेको पिटिसन तयार गरेका थिए । हलिउड अभिनेत्री सुजन सेरेन्डनले समेत सो पिटिसनमा हस्ताक्षर गरेकी थिइन् । 

यसरी नेपाल जस्तो थर्ड वल्र्ड कन्ट्रीबाट आएको एक नेपालीले अमेरिकामा बसेर अमेरिकी ड्रिम पूरा गरी त्यहाँ सिकेका कुरा नेपालमा सफलतापूर्वक कार्यान्वयन गरेको देखेपछि फ्लेन्ट दाजुभाइले समेत उनको वृत्तचित्र बनाए । 

गुड कर्मा एन इमिग्रान्ट स्टोरी नामको उक्त वृत्तचित्रले २०१८ को हलिउड नाउ फिल्म फेस्टिभलमा उत्कृष्ट वृत्तचित्रलगायत सातवटा अवार्ड जित्न सफल भएको थियो । 


 

मङ्गलबार १५ भदौ २०७८ ०५:२१ PM मा प्रकाशित

प्रतिक्रिया