बैङ्कहरु मर्जरमा गएपछि पनि सेयर कारोबार खुला हुनुपर्छ

account_box छोटेलाल रौनियार ,
प्रकाशित: २०७६ साउन १२, आइतबार ,०१:३४:PM  
बैङ्कहरु मर्जरमा गएपछि पनि सेयर कारोबार खुला हुनुपर्छ

मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैङ्कमा लगानीकर्ताको तर्फबाट पटकपटक सुझाव दिएका थियौं । व्यक्तिगत कर्जा ५० लाखबाट बढाएर न्यूनतम १ करोड रुपैयाँ पुर्याउन हामीले मागेका थियौं । किनभने सेयर लगानीकर्तालाई ५० लाख रुपैयाँ पुग्दैन भनेका थियाैं । पहिला १ करोड रुपैयाँ थियो, पछि घटाएर ५० लाख रुपैयाँमा झारिएको हो । यस्तै विदेशमा रहेको ७ अर्ब डलर नेपाल ल्याउन मौद्रिक नीतिले केही बोलिदिएको भए आउने वातावरण बन्न सक्थ्यो । १ अर्ब डलर आए पनि नेपाललाई काफी छ ।

प्राइम कमर्सियल बैङ्क र ओम डेभलपमेन्ट बैङ्क मर्जरमा जाने सहमति भयो । दुवै बैङ्कको करिब ८ महिना कारोबार रोकियो । बजार भाउ घटेका बेला दुई बैङ्कको मर्जर तोडियो । यसबीचमा लगानीकर्ताले गुमाए । ओम फेरि एनएमबी बैङ्कसँग मर्जरमा जाने भएपछि कारोबार रोकिएको अवस्था छ । यो त अत्याचार हो । मर्जरमा गएपछि पनि सेयर कारोबार नरोक्नुस्, अन्तर्राष्ट्रिय अभ्यास पालना गर्नुस् ।

बैङ्कको न्यूनतम पुँजी २ अर्बबाट ८ अर्ब रुपैयाँ पुर्याउँदा पुँजी नपुगेर मर्जरमा जाने सबै बैङ्कको काम रोकियो । मर्जर प्रक्रिया सुरु भएपछि लगानीकर्ताले सेयर बेच्न पाएनन् । मर्जर सकिएर खुला हुँदा सेयरमूल्य धेरै घटिसकेको थियो । यसबाट लगानीकर्ताले धेरै गुमाएका थिए । हामीले लगानीकर्ताको हकहितका विषयमा कुरा गर्दा फोर्स, मेगा, बिग, टेकओभर जे भन्नुस्, हामीले त्यसको विरोध गरेका छैनौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) विश्व बैङ्क, एसियाली विकास बैङ्क (एडीबी) सबैले २८ ओटा वाणिज्य बैङ्क आवश्यक नभएको भन्दै घटाउन सुझाव दिएका छन् । सबल, पुँजी धेरै भएको र सञ्चित कोषको आकार ठूलो भएको बैङ्क हुनुपर्ने उनीहरुको सुझाव थियो । ठूलो बैङ्कले जलविद्युत्, सडक र ठूला उद्योगमा लगानी गर्न सक्ने भएकाले मर्जरमा जोड दिइएको हो । बैङ्कहरुको सङ्ख्या धेरै हुँदा केन्द्रीय बैङ्कलाई सुपरिवेक्षण गर्न गाह्रो भइरहेको छ । हाल देखिएको लगानीयोग्य पुँजीको समस्या हल हुन्छ । अहिले ब्याजदरमा कार्टेलिङ भइरहेको छ, यो हट्छ भने बैङ्कहरु मर्जरपछि पुनर्संरचना हुने भएकाले झन् मेहनतले काम गर्छन् । नचाहिने शाखा बन्द हुने, १ जना सीईओ र ७ जना सञ्चालक भए पुग्छ । सबै कुरा कटौती हुन्छ । वासेल ३ ले पनि यही भनिरहेको छ । 

राष्ट्र बैङ्क, धितोपत्र बोर्ड र नेप्से बसेर यसको समाधान तुरुन्त निस्किन्छ । धितोपत्र बोर्ड, नेप्से दुवै कारोबार रोक्ने पक्षमा छैनन् । एउटा समन्वय भएर निष्कर्ष निकाल्नुपर्छ । कानुनी बाधाअड्चन घटाउने काम बोर्ड र नेप्सेको हो । एउटै पाइपलाइनबाट सेयर बजार सम्बन्धित नीति ल्याएमा सबै समस्या समाधान हुनेछ ।

मर्जर राष्ट्र बैङ्कले अनुसन्धान गरेर निकालेको कुरा हो । हामीले यसमा विरोध गरेका छैनौं । मर्जर र एक्विजिसनमा जाँदा कारोबार अनिश्चित कालसम्म रोकिदिने गरिएको छ । प्राइम कमर्सियल बैङ्क र ओम डेभलपमेन्ट बैङ्क मर्जरमा जाने सहमति भयो । दुवै बैङ्कको करिब ८ महिना कारोबार रोकियो । बजार भाउ घटेका बेला दुई बैङ्कको मर्जर तोडियो । यसबीचमा लगानीकर्ताले गुमाए । ओम फेरि एनएमबी बैङ्कसँग मर्जरमा जाने भएपछि कारोबार रोकिएको अवस्था छ । यो त अत्याचार हो । मर्जरमा गएपछि पनि सेयर कारोबार नरोक्नुस्, अन्तर्राष्ट्रिय अभ्यास पालना गर्नुस् । रोक्नुपरे एक साताका लागि मात्र रोक्नुस् भनेर पटकपटक सम्बन्धित निकायको ध्यानकर्षण गराएका छौं । तपाईंहरु भित्रभित्रै सबै कुरा मिलाउनुस्, सहमति भएपछि बाहिर सार्वजनिक गर्नुहोस् भनेर सुझाव पनि दिएका छौं । मिलाएर मात्र मर्जर र एक्वायरमा जानुस् भनेका छौं । सेयर बजारमा ७० प्रतिशत बैङ्क तथा वित्तीय संस्थाको हिस्सा छ । मर्जरमा गएर कारोबार रोकिएपछि लगानीकर्ताले त गुमाएका छन् । यस्तै ब्रोकरले कमिसन पाएन र उसलाई घाटा भयो । सरकारले पुँजीगत लाभकर पनि पाएन । लगानीकर्ताको हकहित हनन भयो । चाहेका बेला सेयर बेच्न पाइएन । यो लगानीकर्ताको आधारभूत अधिकारको पनि हनन हो । 

राष्ट्र बैङ्क, धितोपत्र बोर्ड र नेप्से बसेर यसको समाधान तुरुन्त निस्किन्छ । धितोपत्र बोर्ड, नेप्से दुवै कारोबार रोक्ने पक्षमा छैनन् । एउटा समन्वय भएर निष्कर्ष निकाल्नुपर्छ । कानुनी बाधाअड्चन घटाउने काम बोर्ड र नेप्सेको हो । एउटै पाइपलाइनबाट सेयर बजार सम्बन्धित नीति ल्याएमा सबै समस्या समाधान हुनेछ । सबैबीच समन्वय हुने गरी तत्काल निर्णय हुनुपर्छ । पुँजीबजार बढी गम्भीर क्षेत्र हो । देशको विकासको नाडी पुँजीबजार नै हो । विदेशी लगानीकर्ताले पहिला पुँजीबजारको अवस्था हेर्ने गर्छन् । पुँजीबजारको अवस्था हेरेपछि मात्र लगानीकर्ताले लगानीको योजना बनाउने गरेका छन् । नेपालमा कहिले, प्यान, भ्याट र करको लफडा आउने गरेको छ । जसले गर्दा पुँजीबजारलाई गति दिन समस्या भएको छ । 

राष्ट्र बैङ्कले फोर्स भन्दा स्वैच्छिक मर्जरमा जाने व्यवस्था गरेर प्रोत्साहित गराएको छ । बैङ्करहरुले प्रोत्साहन गरेर सेवासुविधा दिए मर्जरमा जान्छु भनेका थिए । बजारमा फोर्स मर्जरको पक्ष र विपक्षमा कुरा आइरहेका थिए । मर्जरमा जानुपर्छ भनेर सबैलाई थाहा छ । केन्द्रीय बैङ्कले मर्जर मात्र होइन, देशको सर्वोपरि विकास सोचेको हुन्छ । यो गभर्नरको मात्र एकल निर्णय होइन, उहाँपछाडि अध्ययन तथा विश्लेषण गर्ने बिलियो टिम छ । केही समय हेर्ने उहाँको निष्कर्ष आयो । फोर्समा नगई विभिन्न सेवासुविधा दिएर मर्जरलाई आकर्षित गरेको छ । मौद्रिक नीतिमा लगानीकर्तालाई कुनै सहुलियत नआए पनि हामीले समर्थन गरेका छौं । बजार घट्दै गएपछि यसलाई रोक्न अर्थ समितिले ५८ ओटा बुँदा सुझाव दियो । त्यहाँ भएका धेरै कुरा लागू भयो । अर्थमन्त्रीले बजेटमा लाभकर घटाएर ५ प्रतिशतमा झार्नुभयो । उहाँले लगानीकर्ताको हितमा निर्णय गर्नुभयो । यी सबै कुरा पाइपलाइनमा आइसकेका छन् । 

मर्जरमा गएपछि स्वाप रेसियोबाट लगानीकर्तालाई फाइदा हुन्छ । कमजोर बैङ्क राम्रो बैङ्कसँग मर्जर भयो भने स्वाप रेसियो राम्रो भएर लगानीकर्तालाई बढी फाइदा हुनेछ । मर्जरको हल्ला चलेपछि सिभिल, मेगा र सेञ्चुरी जस्ता साना बैङ्कमा लगानी गर्नेले यसबीचमा केही कमाए । जनता ग्लोबलसँग मर्जरमा गयो । लगानीकर्ताले पनि त्यसबाट केही कमाउनेछन् । मर्जर भएपछि बन्ने कम्पनी आर्थिक रुपमा सबल देखिन्छ र उसले लगानीकर्तालाई बढी प्रतिफल पनि दिन्छ ।

धेरै लगानीकर्ता सोझा छन्, उनीहरुले बुझेका छैनन् । साउन १ गतेदेखि आफ्नो लागत निकालेर आफैं दिने नत्र भने १०० रुपैयाँ कायम हुन्छ भनेर सूचना आयो । यसले बजार केही घटेको हो । मौद्रिक नीतिबारे धेरै लगानीकर्ताले बुझेका छैनन् । साढे ७ प्रतिशतबाट घटाएर ५ प्रतिशत लाभकर अन्तिम कर गणना होइन भन्ने कुरा पनि बजारमा आएका छन् । यो राष्ट्र बैङ्कले बोल्ने विषय होइन । यो कर कार्यालयको विषय हो । लाभकर ५ बाट १० पुग्यो, साढे ७ प्रतिशतमा झर्यो, फेरि ५ प्रतिशतमा आएको छ । बजार घट्नुपर्ने अब कुनै कारण छैन, केही दिनभित्र करेक्सन हुन्छ । केही लगानीकर्ताले मौद्रिक नीति पर्खेका थिए । राम्रो भाउ आउने आशा गरेका थिए । तर मौद्रिक नीतिमा त्यस विषयमा कुनै कुरा आएन । लगानीकर्ता आत्तिएर बेच्न थालेपछि यसको असर बजारमा परेको हो । बजार घटे पनि कारोबार बढी नै भएको छ । 

अब मर्जरबाट फाइदा लिनेतिर हेराै। मर्जरमा गएपछि स्वाप रेसियोबाट लगानीकर्तालाई फाइदा हुन्छ । कमजोर बैङ्क राम्रो बैङ्कसँग मर्जर भयो भने स्वाप रेसियो राम्रो भएर लगानीकर्तालाई बढी फाइदा हुनेछ । मर्जरको हल्ला चलेपछि सिभिल, मेगा र सेञ्चुरी जस्ता साना बैङ्कमा लगानी गर्नेले यसबीचमा केही कमाए । जनता ग्लोबलसँग मर्जरमा गयो । लगानीकर्ताले पनि त्यसबाट केही कमाउनेछन् । मर्जर भएपछि बन्ने कम्पनी आर्थिक रुपमा सबल देखिन्छ र उसले लगानीकर्तालाई बढी प्रतिफल पनि दिन्छ । त्यसकारण मिडियम र लङटर्म भ्यालु इन्भेस्टमेन्टस विथ कम्पाउन्डिङ रिटर्नस  गर्नेलाई मर्जर धेरै राम्रो हो । ऐच्छिकको व्यवस्था भए पनि धेरै बैङ्क मर्जरमा जान्छन् । विशेषगरी साना र कमजोर बैङ्क मर्जरमा जानुपर्ने अवस्था आएको छ । बजार लिन समस्या भएका बेला साना बैङ्क ठूला बैङ्कसँग मर्ज भएपछि खराब सेयर पनि राम्रो हुन्छ । बैङ्कहरुमा फिनाटेक प्रविधि लागू गर्ने कुरा भइरहेको छ, यो धेरै महँगो पर्छ । त्यसैले मर्जरमा जाने बैङ्कले लागु गर्न सक्छन् । त्यसैले मर्जरमा जान सबै बैङ्क मानसिक रुपमा तयार भइसकेका छन् । सबैको भावना बुझेर केन्द्रीय बैङ्कले मर्जर नीति ल्याएको छ । मौद्रिक नीति सन्तुलित छ । सबैजना बसेर घनीभूत छलफल गर्ने हो भने मर्जरमा जाने निर्णय १ घण्टामै आउँछ । म एक घण्टामा निर्णय निकालिदिन्छु । चाहने हो भने तुरुन्त समस्या सामधान गर्न सकिन्छ । 

पुँजीबजार घट्छ बढ्नका लागि र बढ्छ घट्नका लागि । घट्ने र बढ्ने प्रक्रियाले गर्दा लगानीकर्ताले कमाउने हो । एकनास भयो भने कसैले कमाउँदैन । तलमाथि हुने भएकाले सेयर बजारलाई ब्युटी ब्लेसिङ पनि भनिन्छ । हामीकहाँ बजार धेरै तलमाथि हुने गरेको छ । ८ वर्षअघि सेयर बजार बढेर १ हजार १७५ अङ्कमा पुगेको थियो । पछि घटेर २९२ अङ्कसम्म पुग्यो । बजार २९२ अङ्कमा झर्दा लाखौं लगानीकर्ताले गुमाए भने ठूला लगानीकर्ता टाट उल्टिएर आफ्नो घरजग्गा पनि गुमाए । जो लगानीकर्ता अडिए तिनीहरुले १ हजार ८८१ अङ्क पनि देख्न पाए 

नेप्सेसँग २०६४ सालदेखिको कारोबारको रेकर्ड छ । त्योभन्दा अघि बोलकबोलका आधारमा कारोबार हुने गरेको थियो । २०६४ साउनदेखि २०७६ असारसम्मको औसत भारित मूल्य निकालेर कायम गरिदिने र सोहीअनुसार लाभकर लगाउनुपर्छ । साउन १ गतेदेखि नयाँ लागू भइहाल्छ । २०५८ सालाको कर कानुनलाई पनि यसले टेक्यो । सर्वसम्मत निर्णय गरेर निकास निकाल्न सकिन्छ । हामी पाँच ओटैले सही गरेका छौं । सीडीएस, नेप्से र धितोपत्र बोर्डले आफ्नो बोर्डबाट निर्णय गरेर अर्थमा पठाएपछि कार्यान्वयन हुनेछ । हामी विश्वस्त छौं । यो समस्या समाधान हुनेछ । यसपछि बजारले फेरि गति लिनेछ । 

आगामी दिनमा सेयर बजार 
पुँजीबजार घट्छ बढ्नका लागि र बढ्छ घट्नका लागि । घट्ने र बढ्ने प्रक्रियाले गर्दा लगानीकर्ताले कमाउने हो । एकनास भयो भने कसैले कमाउँदैन । तलमाथि हुने भएकाले सेयर बजारलाई ब्युटी ब्लेसिङ पनि भनिन्छ । हामीकहाँ बजार धेरै तलमाथि हुने गरेको छ । ८ वर्षअघि सेयर बजार बढेर १ हजार १७५ अङ्कमा पुगेको थियो । पछि घटेर २९२ अङ्कसम्म पुग्यो । बजार २९२ अङ्कमा झर्दा लाखौं लगानीकर्ताले गुमाए भने ठूला लगानीकर्ता टाट उल्टिएर आफ्नो घरजग्गा पनि गुमाए । जो लगानीकर्ता अडिए तिनीहरुले १ हजार ८८१ अङ्क पनि देख्न पाए । सेयरको बादशाह निर्मल प्रधान २९२ अङ्कमा पनि टिके । त्यही कारण आज उनी सेयरका बादशाह भएका छन् । अहिले ११०० सम्म गयो । अब न्यूनतम बिन्दु ११०० बाट तल नझरेपछि यो नै आधार बिन्दु भयो । वैशाखयता डेढ सय अङ्कले बजार बढेको छ । सधैं बढ्नुपर्छ भन्ने लगानीकर्ताको सोच छ । छोटो समयमा कमाउने सोच राख्नुहुन्छ भने सेयर बजारमा नआउनुस् । सेयर बजारलाई दीर्घकालीन लगानी क्षेत्रका रुपमा लिनुपर्छ । 

सन् १९८५ मा ५० हजार भारु सेयरमा लगानी गरेका भारतका राकेश झनझुनवालाको सेयरबाट आज १ अर्ब डलर सम्पत्ति पुगेको छ । भारतमा पनि तलमाथि भइरहन्छ । वारेन्ट बफेटले पनि दीर्घकाललाई हेरेर लगानी गरेका हुन्छन् । समयअनुसार बजारको परिभाषा परिवर्तन हुनुपर्छ । आफूसँग १ करोड भए ७० लाख रुपैयाँ स्थिर लगानी गर्ने र ३० लाख रुपैयाँ मात्र कारोबार गर्ने । यसले बजारको गतिविधि थाहा हुन्छ । ३० प्रतिशत कमाइले जीवन धान्न पुग्छ ।   

रौनियार नेपाल इन्भेस्टर्स फोरमको अध्यक्ष हुन । 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी अर्थतन्त्र बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');