नाडा अटो सोमा सिप्रदीको टाटा टिगोर ईभी

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ साउन २३, बिहीबार,०५:०९:PM  
नाडा अटो सोमा सिप्रदीको टाटा टिगोर ईभी

काठमाडौं । सिप्रदी ट्रेडिङले नाडा अटो सो–२०१९ मा टाटा टिगोर इलेक्ट्रिक भेहिकल (ईभी) लन्च गर्ने तयारी गरेको छ । 

यससँगै सिप्रदीले नाडामा निक्सन क््रयाभ, टाटा टियागो एक्स जेट प्लस, टाटा टिगोर एक्स जेट प्लस, टाटा हैरियर एसयूभी पनि लन्च गर्दैछ । नाडा अटो सो–२०१९, अगस्ट २७ देखि सेप्टेम्बर १ ताखिसम्म काठमाडौंको भृकुटीमण्डपमा हुँदै छ ।

सिप्रदीले लन्च गर्न लागेको हैरियर एसयुभी ल्यान्डरोभर प्लेटफर्ममा बनेको टाटाको पहिलो कार हो । यस्तै टाटाले आफ्नो फ्यूल इन्जिनवाला टाटा टिगोर र टियागोमा इन्फोटेन्मेन्टलाई जोड दिँदै एप्पल र एन्ड्रोएड दुवै कारप्ले अपग्रेड गरेको छ । 

सिप्रदीले लन्च गर्न लागेको निक्सन क््रयाभको मूल्य नेपाली बजारमा ३९ लाख ९९ हजारदेखि सुरु हुन्छ भने टियागो एक्स जेट प्लसको मूल्य ३१ लाख ५५ हजार रुपैयाँदेखि सुरु हुन्छ । अन्य गाडीहरुको मूल्यबारे भने कम्पनीले नाडा अटो सोमा नै खुलासा गर्ने बताएको छ । 

नयाँ विद्युतीय कार टिगोर ईभीको मूल्य भने हालसम्म खुलासा भएको छैन । यद्यपि भारतीय बजारमा यसको मूल्य दस लाख ९ हजार रुपैयाँ छ । गाडीमा पाँच जना बस्न मिल्ने सिट क्षमता छ । स्ट्यान्डर्ड एसी चार्जरबाट चार्ज गर्दा ६ घण्टामा ८० प्रतिशत चार्ज हुन्छ भने डीसी फास्ट चार्जरबाट चार्ज गर्दा ९० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुन्छ । यसले एउटा फूल चार्जमा सय किमीसम्मको दूरी तय गर्न सक्छ ।

यससँगै कम्पनीले फ्रान्समा बनेको मिस्लान टायर र म्याक्स लुब्रिकेन्ट पनि अटो सोमा राख्ने बताएको छ । सिप्रदी ट्रेडर्स नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता हो ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');