कर कार्यालयले थाल्यो बिल बिना कारोबार गर्ने व्यापारीको ‘डिटेल’ सङ्कलन

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असाेज १०, शुक्रबार,०३:४५:PM  
कर कार्यालयले थाल्यो बिल बिना कारोबार गर्ने व्यापारीको ‘डिटेल’ सङ्कलन

काठमाडौं । काठमाडौंका कर कार्यालयहरुले राजधानीका व्यवसायीहरुको विस्तृत विवरण (डिटेल) सङ्कलन सुरु गरेका छन् । केही दिनअघि आन्तरिक राजस्व विभागले काठमाडौंका २० ओटै कर कार्यालयका प्रमुखलाई बोलाएर निर्देशन दिएपछि उनीहरुले व्यापारीको विस्तृत विवरण सङ्कलन सुरु गरेका हुन् । 
पछिल्ला केही दिनयता, काठमाडौका व्यापारीले बिल विना ठूलो कारोबार गरिरहेको सूचनाका आधारमा उनीहरुको विवरण सङ्कलन सुरु गरिएको कार्यालयका एक अधिकृत जानकारी दिए । बिशेषगरि मोटरसाइकल र गाडी वकसर्प, खाद्यान्न र कपडापसललगायतका व्यवसायीका विवरण सङ्कलन सुरु गरेको हो । 

उद्योगीले बिना बिल वा नक्कली बिल काटेर सामान राजधानी ल्याउने र काठमाडौंका व्यापारीलाई पनि बिल विनै सामान बेच्न गरेपछि डिटेल विवरण सङ्कलन सुरु गरिएको हो । स्रोतका अनुसार काठमाडौमा भएका वर्कसपले भ्याट विल बिनै कारोबार गर्दा ठूलो मात्रामा कर छली भएको भन्ने आशङ्का विभागले गरेको छ । ‘विभाग आफैले पनि अनुगमन गर्ने भएको छ, कर कार्यालयबाट हुने अनुगमन छदैछ,’ विभागका एक अधिकारीले भने ।  
सरकारले मैदालगायतमा भ्याट फिर्ता खारेज गरेपछि व्यापारीले एउटै नम्बरको सक्कली र नक्कली भ्याट बिल बनाउने तथा नक्कली बिल काटेर सामान बेच्ने गरेको छन् । 

यसरी नक्कली बिल काट्दा सरकारले पाउने १३ प्रतिशत भ्याटका साथै ठूलो मात्रामा आयकर पनि गुम्ने खतरा बढेको सरकारी अधिकारीहरु बताउँछन् । सरकारले चालू आवको बजेटमार्फत मैदालगायतमा पाउँदै आएको भ्याट फिर्ता खारेज गरेपछि व्यापारीले चोरीको नयाँ बाटो खोजेको हुन सक्ने विभागका अधिकारीहरु बताउँछन् । 
 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप