चार्जिङ स्टेशनको महसुल प्रतियुनिट ८ रुपैयाँ ७० पैसा प्रस्ताव

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ कात्तिक २१, बिहीबार,०१:२४:PM  
चार्जिङ स्टेशनको महसुल प्रतियुनिट ८ रुपैयाँ ७० पैसा प्रस्ताव

काठमाडौं । नेपाल बिद्युत प्राधिकरणले चार्जिङ स्टेशनका लागि ८ रुपैयाँ ७० पैसा विद्युत् महसुल लागू गर्ने प्रस्ताव गरेको छ । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले सो रकम निर्धारण गरेर बिद्युत नियमन आयोगलाई पठाएको हो ।

प्राधिकरणको प्रस्ताव अध्ययन गरी आयोगले स्वीकृती गरेपछि विद्युत् महसुल लागू हुनेछ । अहिले सुन्दर यातायातले ४ ओटा विद्युत्तीय बस उपत्यकामा सञ्चालनमा ल्याएको छ । त्यसका लागि चार्जिङ स्टेशन निर्माण गर्न आवश्यक कानुन र विद्युत् महसुल निर्धारण हुन नसक्दा विद्युत्तीय सवारी सञ्चालनमा समस्या देखिएको अध्यक्ष भेषबहादुर थापाले बताए ।

उनका अनुसार कम्पनीले नै अहिले बिजुली बस चार्ज गर्न भत्केको पुलमा चार्जिङ स्टेशन निर्माण गरिरहेको छ । चार्जिङ स्टेशनमा सवारी चार्ज गर्दा लाग्ने विद्युत् शुल्क सरकारले निर्धारण गर्न नसक्दा विद्युत्तीय सवारी सञ्चालनमा बाधा पुगेको हो । प्राधिकरणले मात्रै काठमाडौं उपत्यकामा ३० ओटा चार्जिङ स्टेशन निर्माण गर्ने योजना बनाएको छ ।

मुलुकभर झन्डै ६० ओटा चार्जिङ स्टेशन निर्माण गर्ने तयारीमा प्राधिकरण छ । यता, सरकारको पनि ३०० विद्युत्तीय बस सञ्चालन गर्ने योजना छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');