३ बर्षभित्र लालबन्दीदेखि निजगढसम्म ७० किलोमिटर रेलमार्ग बनाइने 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ कात्तिक २२, शुक्रबार,०१:४७:PM  
 ३ बर्षभित्र लालबन्दीदेखि निजगढसम्म ७० किलोमिटर रेलमार्ग बनाइने 

काठमाडौं । रेल विभागले आगामी तीनबर्षभित्र बाराको निजगढसम्म ७० किलोमिटर रेलमार्ग ट्रयाकबेड निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेको पूर्व—पश्चिम रेलमार्ग अन्र्तगत महोत्तरीको बर्दिबासदेखि बाराको निजगढसम्म उक्त रेलमार्ग तयार गर्ने लक्ष्यअनुसार खरिद प्रक्रिया अघि बढाएको हो । 

अहिले बर्दिबासदेखि लालबन्दी खण्डमा झन्डै ३५ किलोमिटर रेलमार्गको ट्रयाकबेड निर्माण सम्पन्न भइसकेको छ । बाँकी ७० किलोमिटर रेलमार्गका लागि टेन्डर भइ निर्माण अघि बढाइने लक्ष्य रहेको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । उनले चालू आर्थिक बष २०७६÷०७७ मा ७÷८ किलोमिटर रेलमार्ग मात्रै निर्माण हुने र त्यसपछि दुइबर्षमा टेन्डर गरिएको सवै रेलमार्ग पूरा गरिने बताए ।

‘बर्दिबासदेखि निजगढसम्म रेलमार्ग निर्माणको टेन्डर भइसकेको छ । चालू आर्थिक बर्षमा ७÷८ किलोमिटर रेलमार्ग बनाउँछ । बाँकी ७० किलोमिटर आगामी तीनबर्षसम्म सम्पन्न गर्ने लक्ष्यअनुसारका  प्रक्रिया अघि बढाएका छौं’ उनले भने, ‘अहिले बर्दिबासदेखि लालबन्दी खण्डमा ३५ किलोमिटर रेलमार्ग पूरा भइसकेको छ ।’  विभागले निजगढसम्मको रेलमार्ग निर्माणको टेन्डर गरिसकेको छ । त्यसखण्डमा १८ ओटा पुलहरु निर्माण हुनेछन् । ती पुलको टेन्डर भएर निर्माण प्रक्रियामा गएको मिश्रकोे भनाइ छ । 

पूर्व—पश्चिम रेलमार्गको निकुन्ज भएर जाने निजगढ देखि बुटवल सम्मको खण्डमा रुट परिवर्तन गर्नुपर्ने देखिएपछि त्यस्को विस्तृत डिजाइन(डीपीआर) मा ढिलाइ भएको छ । पर्सा बन्यजन्तु आरक्ष र चितवन राष्ट्रिय निकुन्ज भएर जाने रुट परिवर्तन गरी अहिले (निजगढ—भरतपुर—बुटवल) हुने गरी डिजाइन तथा अध्ययन भइरहेको विभागले जनाएको छ । यो बाहेक पूर्व—पश्चिम रेलमार्ग अन्र्तगत सवै खण्डको डीपीआर तयार भएको छ ।

९ सय ४५ किलोमिटर रेलमार्गअन्र्तगत विभिन्न ९ खण्डमा वर्गीकरण गरि डीपीआर बनाइएको छ । बुटवलदेखि पश्चिम गड्डाचौकिसम्म ४ खण्डमा डीपीआर र डिजाइन अध्ययन भइसकेको छ । पूर्वमा ३ ओटा र बाँकी सहायक रेलमार्ग खण्ड पर्छ ।  आर्थिक बर्ष २०६६÷०६७ सालदेखि निर्माण सुरु भएको गौरवको आयोजना २०७९÷०८० सम्म निर्माण गर्नुपर्ने लक्ष्य छ । तर, अध्ययन, डिजाइन र पूँजीगत खर्च अभावका कारण तोकिएको समयमै आयोजना सम्पन्न हुन चुनौती देखिन्छ । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी पूर्वाधार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');