टाटा मोटर्सको नयाँ वर्कसप जोमसोममा

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ मङ्सिर ९, साेमबार,११:१२:AM  
टाटा मोटर्सको नयाँ वर्कसप जोमसोममा

जोमसोम । टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले मुस्ताङको जोमसोममा   वर्कशप सञ्चालनमा ल्याएको छ । समुद्र सतहभन्दा २७ सय ४३ मिटर उचाइँमा रहेको वर्कशपको उद्घाटन सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका कस्टमर केयर इन्टरनेशनल बिजनेस कमर्सियल भेइकलका प्रमुख गणेश शेट्टीले गरेका हुन् ।

समुद्घाटन समारोहमा मुस्ताङको घोरपझोङ गाउँपालिकाका अध्यक्ष आशबहादुर थकाली, उपाध्यक्ष शर्मिला गुरुङ, प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालको पनि उपस्थिति रहेको थियो ।  

जोमसोम क्षेत्रमा टाटा मोटर्सका सबै रेन्जका गाडीहरूको सर्भिसिङलगायतकमा सोव वर्कसपमा उपलब्ध हुने कम्पनीले जनाएको छ । टाटा मोटर्स र सिप्रदी ट्रेडिङ्ग प्रति आभार व्यक्त गर्दै घोरपझोङ गाउँपालिकाका अध्यक्ष आशबहादुर थकालीले भने  “सिप्रदी र टाटा मोटर्सले जोमसोममा वर्कशप खोल्नु भनेको यो स्थानको महत्व बुझ्नु हो । सिप्रदी र टाटा मोटर्सलाई यहाँ स्वागत छ । हामीलाई विश्वास छ कि यो वर्कशप  घोरपझोङ गाउँपालिका र कम्पनी दुवैका लागि फाइदाजनक हुनेछ ।”

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी कर्पोरेट बजार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');