घातक रोग उपचार तथा मृत्यु बीमालाई निरन्तरता दिदै नबिल बैक

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ पुस २८, साेमबार,११:४९:AM  
 घातक रोग उपचार तथा मृत्यु बीमालाई निरन्तरता दिदै नबिल बैक

काठमाडौं । नबिल बैंकले बचतकर्ता ग्राहकहरुको हितलाई मध्यनजर गर्दै मेटलाईफ बीमा कम्पनीको सहकार्यमा ३ लाखको घातक रोग बीमा तथा ७५ हजारको मृत्यु बीमा योजना शुरु गरेको एक वर्ष पुरा गरेको छ ।

सो योजना अन्तर्गत एक वर्षमा कुल ८६ बचतकर्ताहरुलाई २ करोड १ लाख ७५ हजार दाबी भुक्तानी गरिएको बैंकले जनाएको छ । उक्त योजना अन्तर्गत बैंकले दैनिक मौज्दात कम्तीमा २५ हजार राख्ने १६ देखि ६४ वर्ष उमेरका बचतखातालाई १३ घातक रोगहरुको उपचारार्थ ३ लाख बीमा गर्ने गरेको छ ।

उक्त १३ मध्य कुनैपनि घातक रोग लागेको निवेदन उपर आवश्यक प्रमाण पुरा भएपछि ३ लाखसम्मको बीमा रकम विना कुनै विल तत्काल भुक्तानी हुने व्यवस्था गरिएको छ । यसको अतिरिक्त बचतकर्ताको निधन भएमा ७५ हजारको बीमांक रकम समेत यो योजनाले सुरÔित गरेको छ । ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी कर्पोरेट बजार बाट थप

Top