बीमा समितिको होडिङ बोर्ड कार्यक्रम सुनौली नाकामा

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ पुस २८, साेमबार,०३:०८:PM  
बीमा समितिको होडिङ बोर्ड कार्यक्रम सुनौली नाकामा

काठमाडौँ । भारतसँग सीमा जोडिएका क्षेत्रमा भारतीय बीमा कम्पनीहरुले नै नेपालीहरुलाई बीमा सेवा दिन लागेपछि त्यसलाई न्युनिकरण गर्न बीमा समितिले पहल थालेको छ ।

सोहि अभियान अन्तर्गत बीमा समितिले जानकारी सहितको होर्डिंङ बोर्ड राख्ने कार्यक्रम सुनौली नाकामा पुगेको छ । अर्थमन्त्रालयले नेपालको दक्षिणी सीमा क्षेत्रमा भारतीय बीमा कम्पनीको प्रभाव रोक्न यस्तो अभियान चलाउन निर्देशन दिएको थियो ।

अर्थको निर्देशन बमोजिम समितिले भारतसँग सीमा जोडिएका स्थानहरुमा बीमा सम्बन्धी जानकारी दिने होडिङ बोर्ड अभियान सुरु गरेको हो । महोत्तरीको विर्तामोडबाट सुरु भएकोे होर्डिङ बोर्ड अभियान पर्साको बीरगन्जपछि रुुपन्देहीको सुनौली पुगेको छ । समितिले गत शनिबार भैरहवा नजिकै सुनौली नाकामा विदेशी कम्पनीमा बीमा नगरौं भन्दै सन्देशसहितको होर्डिङ बोर्ड राखिएको समितिका कार्यकारी निर्दाेशक राजुरमण पौडेलले बताए ।

सीमा क्षेत्रमा होर्डिङ राख्ने अभियान चलाएको बीमा समितिले आगामी दिनमा पूर्वी नेपालको काँकडभिट्टा, सुदुरपश्चिमको महेन्द्रनगर लगायतका विभिन्न १२ स्थानमा होर्डिङ बोर्ड राख्ने तयारी गरेको समितिले जनाएको छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top