अजोड इन्स्योरेन्सले ३० करोडको आईपीओ निष्कासन गर्दै 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ माघ २८, मङ्गलबार,०३:५९:PM  
अजोड इन्स्योरेन्सले ३० करोडको आईपीओ निष्कासन गर्दै 

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासनपछि कम्पनीको चुक्तापुँजी १ अर्ब रुपैयाँ पुग्ने छ । 

कम्पनीले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएकोे छ । आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top