चीनबाट १० हजार गाई ल्याउने योजना स्थगित 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ फागुन २५, आइतबार ,०५:०३:PM  
  चीनबाट १० हजार गाई ल्याउने योजना स्थगित 

काठमाडौं । नेपालको तीन ओटा प्रदेशलाई अनुदानमा गाई उपलब्ध गराउँने कार्यक्रम तत्कालका लागि स्थगित भएको छ । चीनबाट फैलिएको कोरोना भाइरस असरकै कारण प्रदेश नम्बर २, बाग्मती र गण्डकी प्रदेशलाइै उपलब्ध गराउँने प्रकृया तत्कालका लागि स्थगित गरिएको हो । 

संक्रमणको मुख्य बिन्दु नै चीन भएकाले तत्काल गाइ ल्याउने प्रक्रिया स्थगन भएको बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले बताए । ‘तत्काल चीनबाट गाइ ल्याउने कुरा पनि भएन् । कोरोना सन्त्रासको वातावरण नहटेसम्म तत्काल प्रक्रिया स्थगन भएको छ’ उनले भने, ‘चीनबाट बाच्छाबाच्छी ल्याउन अहिले गाह््रो भयो । यसको सट्टा हामीले राम्रो उत्पादन दिने जातको गाइको बीउ ल्याउने भनेका छौं ।’  

गाई खरिदका लागि नेपाल सरकारबाट स्वीकृत भई प्रक्रिया अघि बढाइएपनि चीन सरकारले अनुमति दिएको छैन् । तर, चिनियाँ कम्पनी चाइना एकेडेमी अफ एग्रिकल्चर मोर्डनाजेसन साइन्स(सीएएएमएस) र प्रदेश सरकारबीच गाई ल्याउन एकतर्फी सम्झौता भने भइसकेको छ ।

सीएएएमएस कम्पनीले चाइना सरकारको अनुमति लिएर मात्रै नेपालको गाईमा लगानी गर्न सक्ने भएपनि अनुमति बिनै कम्पनी र प्रदेश सरकारबीच सम्झौता भएको हो । सीएएएमएस चाइनाको निजी क्षेत्रको कम्पनी हो । जुन कम्पनीले नेपालको कृषि क्षेत्रअन्र्तगत गाईमा लगानी गर्न लागेको छ ।

प्रदेश सरकारले चाइना सरकारसँग सम्झौता हुनु अगावै सीएएएमएसँग कम्पनीसँग ‘एग्रिमेन्ट’ गरेको थियो । चिनियाँ कम्पनीले १० हजार उन्नत जातका होलिष्टन फ्रिजियन गाई अनुदानमा दिन ३ ओटा प्रदेश सरकारसँग सम्झौतासमेत गरेको थियो ।
 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top