किन मर्दै छ, नेपालमा स्टार्ट अप ? 

account_box सुजन ओली ,
प्रकाशित: २०७६ फागुन २५, आइतबार ,०६:२३:PM  
किन मर्दै छ, नेपालमा स्टार्ट अप ? 

अक्टुबर १४ सन् १८७८ मा विश्व प्रख्यात वैज्ञानिक तथा उद्यमी थोमस अल्बा एडिसनले जब पहिलो पटक बत्ती बाले, त्यो बत्तीलाई त्यही नष्ट गरे । किनभने, उनले बनाएको बत्ती जिन्दगीभर ननिभ्ने वा फ्युज नै नहुने स्थिति भयो । यदि सो बत्ती फ्युज भएन भने त्यसबाट बिजनेस नै हुँदैन भन्ने उनको निष्कर्ष थियो । एउटा बत्ती किनेर प्रयोग गरेपछि त्यसले जीवनभर पुग्यो भने त्यो के बिजनेस भयो ? 

उनले त्यति लामो समय लगाएर निकालेको आइडियालाई त्यही नष्ट गरेर फ्युज हुने बत्ती बनाउनतिर लागे । उनलाई फ्युज भएको बत्ती बनाउन ६ महिना लाग्यो । अन्ततः उनको आइडियाले बिजनेसको रुप लियो ।  

आइडिया र बिजनेस आइडिया फरक–फरक हुन् । सबै आइडिया बिजनेस आइडिया हुँदैनन् । त्यही भएर थोमस अल्बा एडिसनले आफ्नो पहिलो आइडियालाई नष्ट गरेर बिजनेस आइडिया जन्माए ।  

आइडिया भनेको थोमसले पहिलो पटक बालेको बत्ती भयो भने बिजनेस आइडिया भनेको उनले फ्युज हुने बत्ती बनाए । आइडिया र बिजनेस आइडियाबीचको फरक यत्ति हो । नेपालका स्टार्ट अपले आइडिया सिर्जना गर्छ, त्यसलाई बिजनेस मोडलमा लिएर जान सक्दैन । 

व्यक्तिले नयाँ आइडिया निकाल्न सक्छ, नयाँ सोचका साथ काम गर्न सक्छ । तर, त्यसलाई बिजनेस आइडियामा कन्भर्ट गर्न सकेन भने उसको आइडिया बीचमै मर्छ । अहिले नेपालमा त्यही हुँदै गएको छ । युवाहरु २०–२५ वर्षका हुन्छन् । उनीहरुले निकालेको आइडिया राम्रो हुन्छ । आइडिया ‘अप्रिसिएटिभ’ पनि हुन्छ । तर, त्यो आइडियालाई बिजनेस मोडलमा कन्भर्ट गर्न भने सकिएको देखि“दैन । अहिलेको मुख्य समस्या भनेको यही हो । 

आइडिया भनेको थोमसले पहिलो पटक बालेको बत्ती भयो भने बिजनेस आइडिया भनेको उनले फ्युज हुने बत्ती बनाए । आइडिया र बिजनेस आइडियाबीचको फरक यत्ति हो । नेपालका स्टार्ट अपले आइडिया सिर्जना गर्छ, त्यसलाई बिजनेस मोडलमा लिएर जान सक्दैन । 

आइडियामाथि एक लेभलमा सबैको ध्यान जान्छ । तर, बिजनेसको हिसाबमा ‘स्केलअप’ हुन्छ, त्यतिबेला अड्किन्छ । त्यसैले नेपाली स्टार्ट अपमा एउटा बिजनेस आइडियाको ‘ल्याकिङ’ छ भने अर्को पेसेन्सको कमी छ । 

नेपालमा सुरु भएका सुरुआती व्यवसाय थोरै सफल र धेरै असफल हुने क्रम बढ्दो छ । यसको कुनै सर्वेक्षण र तथ्यांक छैन तर सानो पु“जीमा स्थापना भएका स्टार्ट अप कम्पनी थोरै मात्र सफल भएका उदाहरण प्रशस्त छन् । 

अनलाइन भिडियो डिस्कभरी प्लेटफर्म वीडइन्ट्रेस्ट, पानीसम्बन्धी वस्तुको ब्रान्ड गर्ने स्मार्टपानी, एपहरुको स“गालो एप्सझोला, रेस्टुरेन्ट, इभेन्ट खोज्नका लागि बनाइएको यल्लो नेपाल, नजिकै भएका विषयमा जानकारी दिने एनलोकेटेडडटकम त्यस्तै मेरोएन्सर, मेरो होस्टेल, मेरो क्याम्पस, होम रिपेयर एपलगायत स्टार्ट अप कम्पनीहरु कति बन्द भए भने कति धीमा गतिमा चलिरहेका छन् । 
नेपालको पहिलो क्यासब्याक डिस्काउन्ट दाबी गर्ने वेबसाइट माइरुपिब्याक अहिले सञ्चालनमा छैन । 

आधिकारिक तथ्यांक नभए पनि अहिले आइटी क्षेत्रमा मात्र एक हजारभन्दा बढी स्टार्ट अप कम्पनी रहेको आइटी व्यवसायी बताउँछन् । 
कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघका पूर्वअध्यक्ष विनोद ढकालले आइटी क्षेत्रमा एक हजारभन्दा बढी स्टार्ट अप कम्पनी रहेको बताए । ‘युवाहरुमा पहिलो केही गर्ने जोशसहित स्टार्ट अप सुरु हुन्छ तर अनेक चुनौतीले अगाडि बढेको पाइ“दैन । अहिले थोरै संख्यामा मात्र स्टार्ट अपले प्रगति गरेको पाइन्छ,’ उनले भने । 

नेपाली स्टार्ट अपले आइडियालाई बिजनेस मोडलको रुपमा छिराउन सक्यो भने त्यो ‘क्लिकेवल’ हुन्छ तर बिजनेस मोडलको रुपमा छिराउन नसकेका कारण आइडिया राम्रो भएर पनि मरिरहेको अवस्था छ । 

स्टार्ट अपले राम्रो आइडिया ल्यायो, बिजनेस मोडलको रुपमा पनि भिœयायो तर लगाव भएन । ‘आइडिया बृहत् हुन समय लाग्छ । हाम्रा युवा स्टार्ट अपसँग यो धैर्य वा लगाव छैन,’ प्रिज्मा एडर्भटाइजिङ प्रालिका प्रबन्ध निर्देशक रञ्जित आचार्य भन्छन्, ‘त्यो प्यासन नहुँदा के हुन्छ, मैले सबै गरे“, सबै भयो, तर कोही पनि आकर्षित भएन । लगानी खोजेको पनि पाइनँ । धेरै ठूलो भन्ने सोचेको थिए“ ।’ 

अमेरिकाले मिलियन अफ डलरमा ह्वाट्सएप किन्यो । मेरो आइडियामा एक मिलियन डलर त आउला नि भनेर सोचेको हुन्छ । त्यो नआउँदा स्टार्ट अप निराश÷हतास भएपछि आइडियाको प्यासन मर्दै जान्छ । र, विस्तारै ओरालो लाग्दै जाने अहिलेको अवस्था छ । 
युवाहरुले पढेका छन्, नयाँ–नयाँ आइडिया पनि ल्याउँछन् । तर, त्यसलाई बिजनेसमा कन्र्भट गर्न सक्दैनन् र असफल हुन्छन् । अहिलेको मूल समस्या भनेको यही हो । 

बाह्य कारण पनि छन्, जसले गर्दा स्टार्ट अपहरु मर्छन् । एउटा बाह्य कारण मिडिया हो । समाजलाई सकरात्मकतातर्फ डो¥याउनुपर्छ, बिजनेस वातावरण बनाउनुपर्छ भनेर सम्पूर्ण मिडिया लागेका छन् । मिडियाकर्मी वा मिडियाले नयाँ आइडियाबारे थाहा पाउँछ वा पत्ता लगाउँछ । र, स्टार्ट अपलाई भेटेर उसको आइडियालाई ‘ओभरनाइट हिट’ बनाइदिन्छ । त्यो व्यक्तिलाई पनि स्टार बनाउँछ र आइडियालाई पनि हिट बनाइदिन्छ । 

 

मिडियालाई ती व्यक्ति र आइडियालाई यसरी प्रमोट गर्छन्, समयअगावै  पहिला नै हिरो हुन पुग्छ । त्यसले गर्दा युवालाई ‘म बनिसके“, भइसके“, गज्जब भइहाल्यो’, भन्ने तहमा पुर्याउँछ । र, उनीहरु आफ्नो व्यवसायमा फोकस हुन छाड्छन् । उनीहरुले सुरु गरेको व्यवसायलाई उचाइमा पुर्याउन जति लगनशील र प्रतिबद्धता चाहिने हो, त्यो दिनबाट वञ्चित हुने र आइडियालाई डुबाउन मद्दत गर्ने आचार्यको बुझाइ छ । 

मिडियालाई ती व्यक्ति र आइडियालाई यसरी प्रमोट गर्छन्, समयअगावै  पहिला नै हिरो हुन पुग्छ । त्यसले गर्दा युवालाई ‘म बनिसके“, भइसके“, गज्जब भइहाल्यो’, भन्ने तहमा पुर्याउँछ । र, उनीहरु आफ्नो व्यवसायमा फोकस हुन छाड्छन् । उनीहरुले सुरु गरेको व्यवसायलाई उचाइमा पुर्याउन जति लगनशील र प्रतिबद्धता चाहिने हो, त्यो दिनबाट वञ्चित हुने र आइडियालाई डुबाउन मद्दत गर्ने आचार्यको बुझाइ छ । 

‘हामीकहाँ मिडिया इन्भाएयरोमेन्ट र ठाउँ सानो भएकाले आइडियालाई एक ठाउँबाट अर्को ठाउँमा पुग्न धेरै समय लाग्दैन,’ उनले भने, ‘यसरी ठूलो हुन्छ, पछि गएर थेग्नै सक्दैन ।’ 

नेपालमा कुनै समय ओभरनाइट हिट भएर आएको थियो– ‘क्यास अन एड’ । त्यसको पनि गज्जब आइडिया थियो । मिडियाले स्थान दिएर यति ठूलो बनाइदियो कि पछि थेग्न नसकेर आफ“ै बन्द भयो । जति–जति ठूलो हुँदै गयो, उसको इच्छा–आकांक्षा पनि त्यति नै बढी भयो । 

क्यास अन एड के हो ?

सन् २०१३ मा नयाँ ‘कन्सेप्ट’ सहित बजारमा आएको थियो– ‘क्यास अन एड’ । एन्ड्रोइड फोनले आक्रामक बजार लिइरहेका बेला एफ वान सफ्टले मान्छेको मोबाइलमा फोन आउनेबित्तिकै कुनै कर्पोरेट हाउसको विज्ञापन देखिने गरी उक्त एप ल्याएको थियो । 
उपभोक्ताले आफ्नो मोबाइलमा बजेको विज्ञापन ६ सेकेन्डजति हेरिदिएबापत पैसा पनि पाउने उल्लेख गरिएको थियो । पैसा पाउने लोभमा उपभोक्ताले पनि सो विज्ञापन हेर्थे । 

यस्तो थियो, क्यास अन एडको आइडिया

१) एन्ड्रोइड स्मार्टफोन प्रयोग गर्नेले क्यास अन एड एप डाउनलोड गरेर इन्सटल गर्ने ।

२) त्यो एपले वाइफाइमा सिङ्क भएका बेला ६ सय केबी साइजका विज्ञापन आफै“ डाउनलोड गरेर राख्ने र इन्टरनेट  कनेक्सन नभएको अवस्थामा पनि कसैको मोबाइलमा फोन आउनेबित्तिकै बज्ने रिङटोनको साटो भिडियो विज्ञापन स्क्रिनमा देखाइदिने ।

३) ६ सेकेन्ड त्यो विज्ञापन बजेपछि फोन उठायो भने एक अमेरिकी सेन्ट मोबाइल प्रयोगकर्ताले पाउने ।

तर, पछि उक्त आइडिया फेल भयो । त्यही ग्रुपले ईसेवा सञ्चालन गरेको हो । ईसेवा र त्यो बिल्कुनै फरक हुन् । 
त्यो बेला क्यास अन एडमाथि लगानी गर्ने भनेर लगानीकर्ता पनि आए । तर, लगानीकर्ताले दिने थोरै रकममाथि उनीहरुको आ“खा नै गएन । जसले उक्त आइडिया सिर्जना गरेको थियो–उनीहरुलाई लाग्यो, यो भयंकर ठूलो आइडिया हो । धेरै ठूलो रकममा बिक्री हुन्छ भनेर कुर्दाकुर्दै त्यो आइडिया नै म¥यो । 

त्यसैगरी अर्को स्टार्ट अप टुटल पनि मिडियाको सिकार हुन सक्नेमा चिन्तित छन्, आचार्य । अहिले टुटल मिडियाबाजीको सिकार त भइरहेको छैन । पठायो बाहिरबाट आयो, यो मार्केटमा इन्ट्री ग¥यो । टुटललाई जे कुरा लागू गर्न अप्ठेरो भइरहेको थियो, पठाओले त्यही कुरा लागू ग¥यो । 

आइडिया सानो बीउबाट बाहिर निस्किन्छ । टुसा पलाउँछ । एउटा सानो प्लान्ट बन्छ । त्यतिबेलै नै मिडियाले समातेर त्यसलाई ठूलो रुखजस्तो बनाइदिन्छ । ‘रुख बन्न त समय लाग्छ नि,’ आचार्य भन्छन्, ‘त्यो प्यासन मिडियाले पनि राख्न जरुरी छ । मिडियाको यस्ता हर्कतबाट पनि स्टार्ट अप मरिरहेका छन् ।’ 

टुटलले आफ्नो सफ्टवेयरमा सबै सर्भिस प्रोभाइडरलाई खुला राखिदियो । जसले, जोसँगबाट पनि सेवा लिन सक्ने बनाइदियो । तर, पठाओले नजिकको सर्भिस प्रोभाइडरबाट मात्रै सेवा लिन सक्ने बनाइदियो । त्यसैले टुटलको मान्छे ग्राहकसँग पुग्ने र पठाओको मान्छे ग्राहकसँग पुग्ने समय फरक छ । पठाओलाई मिडियाले त्यति वास्ता गरेको छैन्, किनभने बाहिरको संस्था हो । टुटल नेपाली आइडिया भयो । तर, अहिले टुटलको तुलनामा पठाओले व्यापार बढी गरिरहेको छ । 

आइडिया सानो बीउबाट बाहिर निस्किन्छ । टुसा पलाउँछ । एउटा सानो प्लान्ट बन्छ । त्यतिबेलै नै मिडियाले समातेर त्यसलाई ठूलो रुखजस्तो बनाइदिन्छ । ‘रुख बन्न त समय लाग्छ नि,’ आचार्य भन्छन्, ‘त्यो प्यासन मिडियाले पनि राख्न जरुरी छ । मिडियाको यस्ता हर्कतबाट पनि स्टार्ट अप मरिरहेका छन् ।’ 

विश्वका सफल व्यवसायीमध्येका जेफ बेजोस (अमेजन), ज्याक मा (अलिबाबा), स्टिभ जब्स (एप्पल), ल्यारी पेज (गुगल) स्टार्ट अपबाटै उदाएका हस्ती हुन् । यिनीहरुले आफ्नो आइडियालाई व्यावसायिक मोडलमा रुपान्तरण गर्न सफल भएकै कारण संसारभर स्टार्ट अपको नयाँ पहिचान बनेको मेरोजब डटकमका प्रबन्ध निर्देशक शैलेन्द्र गिरी बताउँछन् । 

छिमेकी भारतकै उदाहरण हेरौ“ । सन् २००६ मा २५ वर्षमुनिका तीन विद्यार्थीले बैंग्लोरमा रेडबस नामक वेबसाइट बनाए । पाँच लाख भारतीय रुपैयाँ लगानीमा बनाइएको यो वेबसाइटबाट उनीहरु अव्यवस्थित बसको टिकट काउन्टर सजिलो बनाउन चाहन्थे । आफ्नो सेवा प्रयोग गर्ने ग्राहक खोज्न उनीहरुले धेरै बस व्यवसायी कम्पनीको ढोका चहारे तर कसैले पत्याएनन् ।

यसैबीच एउटा स्टार्ट अप प्रतियोगितामा छानिएपछि उनीहरुको ‘आइडिया’ ले माझिने मौका पायो, जसलाई महेश मूर्तिको कम्पनी सिडफन्डले ७० लाख अनुदान दियो । सिडफन्डले अरु संस्थासँग मिलेर रेडबसलाई अरु तीन–चार वर्षमा करिब ७ करोड रुपैयाँ थप अनुदान दिलायो ।

आज हेरौँ, हिजो चार–पाँच वटा सिटका लागि बस व्यवसायी कम्पनीसँग हात जोड्दै हि“डेका ती विद्यार्थीको वेबसाइटमा ५ सयभन्दा बढी बस कम्पनी जोडिएका छन् । बेवसाइटबाट एकै दिनमा साढे एक लाखभन्दा बढी टिकटसम्म बिक्री हुन्छ ।

उनीहरुसँग प्यासन मात्रै होइन, धैर्य पनि थियो । आफ्नो आइडियालाई स्थापित गराउन वा व्यावसायिक मोडलमा ढाल्न प्रत्येक बसका मालिकसँग धाइरहेका थिए । उनीहरुको आइडियामाथि कसैले विश्वास गरेका थिएनन् । तर, धैर्य नै उनीहरुका लागि अस्त्रको रुपमा उभियो र आज त्यो कम्पनी विश्वभर फैलिएको छ । 

मेरो जब डटकमका प्रबन्ध निर्देशक गिरी भन्छन्, ‘स्टार्ट अपले आफूलाई मालिकको रुपमा नहेरी प्रमुख कार्यकारी अधिकृत (सीईओ) को भूमिकामा देखिनुपर्छ ।’

‘सीईओले एउटा कम्पनीको सम्पूर्ण काम हेरिरहेको हुन्छ । एचआरले के गरिरहेको छ ? फाइनान्सले कसरी काम गरिरहेको छ ? मार्केटिङमा बस्नेले कुन तरिकाले काम गरिरहेको छ भन्ने कुरा सीईओको रुपमा स्टार्ट अपले हेनुपर्छ,’ उनले भने, ‘तर, नेपालका स्टार्टअपले त्यो रुपमा आफूलाई उभ्याउन सकेका छैनन्, उनीहरु विस्तारै मर्दै गइरहेका छन् ।’ 

स्टार्ट अप बनेपछि सेलिब्रेटी हुने, विभिन्न सभा–सम्मेलनमा मन्तव्य राख्न जाने, अन्तर्राष्ट्रिय सेमिनारमा भाग लिने र आफ्नो व्यवसायलाई समय नदिने गरेको पाइएको छ । त्यसरी व्यवसाय चल्दैन । हो, एउटा स्टार्ट अपले राम्रो आइडिया निकाल्यो । आइडिया निकाल्न ऊ सफल छ भन्दैमा उसको व्यवसाय सफल हुन्छ भन्ने हुँदैन । सफल नभएका धेरै उदाहरण हाम्रो समाज भएको गिरी बताउँछन् । 

मेरोजब डटकमको ११ वर्षे यात्रा 

मेरोजब डटकम खुलेको ११ वर्ष भयो । नयाँ आइडिया लिएर अघि बढेको कम्पनीले आफूलाई व्यावसायिक रुपमा उतारेको छ । रोजगारदाता र कामदारको बीचमा बसेर मेरोजब डटकमले काम गरिरहेको छ । 

कुन कम्पनीलाई कस्ता कामदार आवश्यक हुन्छ भन्ने निक्र्योल गरेर मेरोजबले सोहीअनुसार कामदार पठाउने गर्छ । ११ वर्षअघि नेपालमा बिल्कुलै नयाँ आइडियाको रुपमा रहेको यो व्यवसायको अहिले धेरैले फलो गरेका छन् । तर, आइडियालाई पहिलो पटक सार्वजनिक गर्ने सध“ै अघि हुन्छ । त्यसको उदाहरण मेरोजब डटकमलाई हेरे पुग्छ । अर्काको आइडिया कपी गरेर हि“डेकाहरुबीच बाटोमै हराएका छन् । 

सुरु गर्ने, एक तहमा पु¥याउने र त्योभन्दा माथि जान नसकेका उदाहरण धेरै छन् । फुडमान्डुले राम्रो ग¥यो तर त्यही प्रकृतिका व्यवसाय गर्ने अरु धेरै खुलेका थिए । तिनले केही गर्न सकेनन् । मिडियाको फोकसमा नपरेका स्टार्ट अपहरुले राम्रो प्रगति गरेको गिरीको बुझाइ छ । फुडमान्डु त्यसैको उदाहरण हो । 

उभर जसरी उदाउँछ कि भनेर अनुमान लगाइएको सारथि ट्याक्सी अहिले विस्तारै पलायन हुँदै गएको छ । उभरसँगै तुलना गरेर सारथिमाथि स्टोरीसमेत बनाइएको थियो । तर, आज सारथि अस्तित्वमै छैन । जबकि पठाओले ट्याक्सी सर्भिस सुरु गरेको धेरै भएकै छैन् । आज उसले आफ्नो सेवा द्रुत गतिमा विस्तार गरिरहेको छ । 

नेपालमा नवीन सोचहरुको कमी छैन । साना–ठूला गरी सयौ“ स्टार्ट अप कम्पनी बर्सेनि दर्ता भइरहेका छन् । केही सफल, केही हराएका छन् । हिमालयन जाभा, ईसेवा, पठाओ, मेरो जब, खालीसिसीजस्ता स्टार्ट अपले राम्रो व्यवसाय गरिरहेका छन् । त्यसैगरी सारथि, टुटल, क्यास अन एडलगायत धेरै नयाँ आइडिया हराउँदै गएका छन् । 

सारथिको के थियो उद्देश्य ?

ट्याक्सीमा देखिएको विकृति रोक्न सन् २०१६ मा सारथि कम्पनी दर्ता भयो । सेवाग्राही र ट्याक्सी चालकबीच पैसाको बार्गेनिङ हटाउन परीक्षणका क्रममा सारथि मोबाइल एप बजारमा आयो । एपको माध्यमबाट सेवाग्राहीले आफ्नो गन्त्व्यमा पुग्न आवश्यक विवरण दिई घरमै ट्याक्सी मगाउन सकिन्थ्यो । आइडिया एकदमै राम्रो हो । तर, अहिले उनीहरुलाई टिक्नै समस्या परिरहेको छ । उनीहरुको स्थान पठाओले लिइरहेको छ । 

पाइला टेक्नोलोजिज् कम्पनी खडा गरेर यन्त्र मानव अर्थात्, रोबोट बनाएका छन् । उनीहरुले ल्याएको आइडिया एकदमै राम्रो छ । तर, त्यसलाई व्यावसायिक रुपमा अघि बढाउन सकेका छैनन् । नयाँ सोचको कमी छैन तर व्यावसायिक मोडलको कमी देखिन्छ । 

नियम र परामर्श अभाव

नेपालमा ‘स्टार्ट अप’ हेर्ने, नियमन तथा विज्ञ परामर्श दिने न छुट्टै सरकारी निकाय छ, न त कानुन नै । त्यसैले पनि थुप्रै नवीन सोच कि खेर गइरहेका छन्, कि पलायन भइरहेका छन् । पाइला टेक्नोलोजीले नेपाली रोबोट निर्यात गर्ने सपना बोकेको छ ।

नेपाली सेवालाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन कानुन नै छैन । सरकार नै अलमलमा छ । हिमालयन जाभाका प्रबन्ध निर्देशक गगन प्रधानका अनुसार सरकार आफै“ले एउटा छुट्टै निकाय स्थापना गरेर स्टार्ट अप पहिचानदेखि लगानीकर्ता खोजिदिनेसम्मको काम गर्नुपर्छ । 

विस्तारै बन्दै छ स्टार्ट अपको वातावरण 

विगतका तुलनामा अहिले स्टार्ट अपको वातावरण बन्दै गएको छ । तर, उनीहरुलाई चाहिने ट्रेनिङ तथा दक्षता दिलाउने इन्स्टिच्युट कतै पनि छैनन् । अहिले ‘मेन्टिरिङ’ मात्रै भइरहेको छ । अझ मेन्टिरिङ गर्ने जस्तो छ, त्यस्तै बनाइदिने प्रचलन छ । त्यो मान्छे जस्तो छ, त्योभन्दा राम्रो बनाउन कोसिस गर्नुपर्ने हो ।

अहिले भइरहेका केही सफल स्टार्ट अपले गरेर भन्दा पनि परेर सिकिरहेका छन्  । स्टार्ट अपहरु पनि आपूmले नजानेको कुरा सिक्न अरुलाई ‘हायर’ गर्दैनन् । त्यसैका कारण जति मात्रामा स्केलअप हुनुपर्ने हो, त्यो मात्रामा नभएको हिमालयन जाभाका प्रबन्ध निर्देशक गगन प्रधान सुनाउ“छन् । 

विदेशमा विभिन्न तहका स्टार्ट अप हुन्छन् । आइडिया जन्मियो । आइडियालाई लागू गर्ने, एउटा चरणमा पुगेपछि ‘सिडफन्ड’ खोज्ने र उक्त रकम लगाएर क्षमता विस्तार गर्नेसम्म हुन्छ । त्यसपछि भेन्चर क्यापिटालिस्ट खोज्ने काम हुन्छ । क्षमता विस्तार र भेन्चर क्यापिटालिस्टलाई मार्केटिङ गर्न सिडफन्डको इन्भेस्टरले सहयोग गर्नेसम्म हुने प्रधान बताउँछन् । भेन्चर क्यापिटालिस्टले जबसम्म सम्भावना देख्दैन, तबसम्म लगानी गर्दैन । 

स्केलअप हुने वातावरण छैन 

नेपालमा स्केलअप हुने वातावरण धेरै नभएको ईसेवाका अध्यक्ष विश्वास ढकाल बताउँछन् । टुटलले दैनिक ५० हजार जनालाई सेवा दिन्छु र त्यसपछि आफ्नो क्षमता बढाउँछु भन्यो भने पनि ५० हजारको बजार नै छैन । 

‘हाम्रो एम्बिसन भयो तर त्योअनुसारको बजार भएन,’ ढकालले भने, ‘बजार नभएकै कारण भेन्चर क्यापिटालिस्ट आकर्षित हुँदैनन् ।’ लगानीकर्ता आकर्षित नभएपछि स्टार्ट अपहरु निरुत्साहित हुने र छाड्ने गर्छन् । 

भेन्चर क्यापिटल वा सिडफन्ड आउनका लागि फाउन्डेसन तयार हुनुपर्ने हो, त्यो पनि हुँदैन । किनभने, स्टार्ट अफ नै ‘इम्पेसेन्ट’ छ । स्टार्ट अपलाई तल्कालै आइडियाको रिटर्न चाहिएको छ । 

उदाहरणीय ईसेवा

११ वर्षअघि स्थापना भएको ईसेवाले आफूलाई उदाहरणीय रुपमा प्रस्तुत गरेको छ । सन् २००९ बाट आफ्नो यात्रा सुरु गरेको ईसेवामा एक दशकको अवधिमा प्रत्यक्ष रुपमा खाता खोल्नेको संख्या करिब ३० लाख पुगेको छ । यसैगरी अप्रत्यक्ष रुपमा करिब एक करोड जनसंख्याले ईसेवामार्फत सेवा लिइरहेका छन् । हाल ईसेवाका देशभर करिब ८० हजार एजेन्ट (ईसेवा जोन तथा प्वाइन्ट) रहेका छन् । हालसम्म ईसेवाको मोबाईल एप्स डाउनलोड गर्नेको संख्या पनि करिब २० लाख पुगिसकेको छ । स्टार्ट अपलाई बिजनेस आइडियामा ढाल्न सफल कम्पनी हो– ईसेवा

कफी कल्चरको पिता– हिमालयन जाभा

नेपालमा कफी कल्चरको विकास गराउनेमा अग्रपक्तिमा आउँछ– हिमालयन जाभा । नयाँ आइडिया लिएर नेपाल आएका गगन प्रधानले नेपालमा कफी खाने कल्चरको विकास मात्रै गरेनन्, स्वदेशी कफीलाई विश्व बजारमा समेत पु¥याए । 

आफ्नो आइडियालाई बिजनेस आइडियामा बदलेर विश्वभर हिमालयन जाभाको रुपमा परिचित पनि गराए । जुन उद्देश्य लिएर अघि बढेका थिए, त्योअनुसार सफलतासमेत हात पारिरहेका छन् । उनको प्रमुख उद्देश्य भनेको नेपाली कफी प्रयोग गर्ने र स्वरोजगार बन्ने भन्ने नै हो । अहिले पनि हिमालयन जाभामा नेपालमा उत्पादित कफी मात्रै प्रयोग भइरहेको छ । 

क्यापिटल म्यागजिनबाट

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप

Top