कोरोनाको कहरः बहराइन हिडेका नेपाली श्रमिक विमानस्थलबाटै फर्काइयाे

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ फागुन २७, मङ्गलबार,११:००:AM  
कोरोनाको कहरः बहराइन हिडेका नेपाली श्रमिक विमानस्थलबाटै फर्काइयाे

काठमाडौं । बहराइनले ट्रान्जिट भएर आउने जहाज अवतरणमा रोक लगाएपछि रोजगारीमा जान लागेका नेपाली श्रमिकहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्र्काएका छन् ।

फ्लाई दुबई मार्फत बिहान ७ बजे बहराइन जान लागेका नेपाली श्रमिकहरुलाई एयरलाइन्सले नै फिर्ता पठाएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले जानकारी दिए । ‘कति संख्यामा श्रमिकहरु जान लागेका थिए भन्ने एकिन जानकारी आएको छैन’ महासचिव श्रेष्ठले भने ।

बहराइनले ट्रान्जिट भएर आउने जहाजलाई अवतरणमा रोक लगाएका कारण श्रमिकहरु फर्किएको उनले बताए । तर, सिधा उडान गर्ने जहाजलाई भने रोकेको छैन । कति दिनसम्म उडान रोक लगाएको भन्ने विषयमा जानकारी लिइरहेको बताउँदै यकिन नभएको उनले बताए ।

सोमबार पनि फ्लाई दुवई मार्फत साउदी अरबमा जान लागेका नेपाली श्रमिकहरुको उडान रद्ध भएको थियो । विश्वव्यापी रुपमा फैलिकएको कोरोना भाइरसको प्रभाव बढेसँगै श्रमिक आवतजावतमा ती देशहरुले रोक लगाएको हो ।

कतारले तत्कालका लागि कुनैपनि देशका श्रमिकहरु नलिने घोषणा गरेको छ । यो सँगै करिब ४० हजार नेपाली श्रमिकहरु तत्कालै त्यहाँ जान नपाउने भएका छन् । भिषा आइसकेका ती श्रमिकहरु अहिले अलपत्र परेका हुन् । महासचिव श्रेष्ठले कतारको विषयमा पनि अपडेट लिइरहेको बताए ।
 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top