कोरोना संक्रमण बढेपछि भारतका २२ राज्यमा मार्च ३१ सम्म ‘लकडाउन’

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत १०, साेमबार,११:१०:AM  
कोरोना संक्रमण बढेपछि भारतका २२ राज्यमा मार्च ३१ सम्म ‘लकडाउन’

बीबीसी । कोरोना भाइरसको संक्रमण फैलन नदिन भारतको राजधानी दिल्लीसहित विभिन्न राज्यमा मार्च महिनाको अन्त्यसम्मका लागि आवतजावत नियन्त्रण गर्न कडा उपाय लागु गरिएको छ।

नेपालले पनि भारत र चीनसँगका सबै सीमानाका एक साताका लागि बन्दको निर्णय गरेको छ। भारतको राजधानी दिल्लीमा सोमवार बिहान ६ बजेदेखि लकडाउन लागु भयो। तर दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका अनुसार उक्त अवधिमा अत्यावश्यक सेवाहरू भने सञ्चालन हुनेछन्।

यसअघि आइतवार भारतभरि बिहानदेखि बेलुकासम्म जनता कर्फ्यूु लागु गरिएको थियो। आइतवार साँझ भारत सरकारले देशका २२ राज्यका ७५ जिल्लामा मार्च ३१ सम्मको लागि लकडाउन वा अनावश्यक आवतजावतमा प्रतिबन्ध घोषणा गरेको छ ।कोरोनाभाइरस सङ्क्रमण भेटिएका स्थानमा ती प्रतिबन्ध लागु हुनेछन्।

मन्त्रिपरिषद्‌को निर्णयानुसार नेपाल भारत सीमाबाट सोमवार १० बजेदेखि चैत १६ गतेसम्म यात्रु प्रवेश गर्न पाउनेछैनन्। तर वस्तुको प्रवेशमा कुनै रोक लाग्नेछैन। चैत १६ का लागि नेपाल भारत सीमाका सबै प्रवेशबिन्दु यात्रुका लागि बन्द रहनेछन्

के हो लकडाउन ?

लकडाउन भनेको एक यस्तो आपत्कालीन व्यवस्था हो जसअन्तर्गत निजी प्रतिष्ठान, निजी कार्यालय एवं सार्वजनिक यातायात पूर्ण रूपले बन्द गरिन्छ। अर्थात् कुनै विशेष कारणविना मानिस घरबाहिर निस्किन र हिँडडुल गर्न पाउँदैनन्।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top