काठमाडौं । सरकारले खाना पकाउन इन्डक्सन विद्युतीय चुलो प्रयोगमा प्रोत्साहन गर्ने भएको छ ।
अर्थ, ऊर्जा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले समन्वय गरी इन्डक्सन चुलोलाई आवश्यक विद्युत महसुल र भन्सार छुटको व्यवस्था हुने भएको छ ।
उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलको संयोजकत्वमा बुधबार बसेको कोरोना भाइसर समन्वय समितिको बैठकले इन्डक्सन चुलोलाई बिजुली र भन्सार छुट दिने निर्णय गरेको हो ।
लकडाउनले बिजुलीको माग कम हुँदै गएपछि सरकारले खाना पकाउन इन्डक्सन चुलो प्रयोगमा जोड दिन लागेको हो ।लकडाउनका कारण बिजुली खपत घटेको भन्दै नेपाल विद्युत प्राधिकरणले विद्युतीय उपकरण प्रयोग गर्न अनुरोध समेत गरेको छ
कोरोना भाइरस त्रासपछि विद्युतको खपत ह्वातै घटेको र पेट्रोलियम पदार्थको आयातमा कम भएपछि सरकारले इन्डक्सन चुलो सहुलियत दरमा ल्याउन लागेको हो ।
ग्यासको खपत कम गर्न र विद्युतको खपत बढाउन सरकारले इन्डक्सन चुलो ल्याएर सर्वसाधरण जनतालाई बेच्ने निर्णय गरेको हो । सहुलियत दरमा ल्याएको चुलो सस्तोमा उपलब्ध गराउने भएको हो ।
सरकासँग अहिले पनि ४ हजार इन्डक्सन चुलो बाँकी छ । त्यसले पुगेन भने सरकार तथा निजी क्षेत्रले पनि सहुलियत दरमा चुलो ल्याउन सक्ने निर्णय गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले जानकारी दिए ।
‘निजी क्षेत्रले चाहेमा पनि ल्याउन सक्छन्,’ उनले भने, ‘सरकारले पनि ल्याउन सक्नेगरी निर्णय गरेको छ ।