लकडाउन बन्यो प्रहरीको कमाउ धन्दा, सामान बोकेका प्रत्येक ट्रकसँग १ हजार रुपैयाँसम्म उठाउँछन् 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ जेठ ४, आइतबार ,०६:५४:PM  
लकडाउन बन्यो प्रहरीको कमाउ धन्दा, सामान बोकेका प्रत्येक ट्रकसँग १ हजार रुपैयाँसम्म उठाउँछन् 

काठमाडौं । ढुवानीका साधानबाट नेपाल प्रहरीले पैसा उठाउँदै आएको खुलेको छ । भन्सारबाट उद्योगसम्म कच्चा पदार्थ बोकेर आएको ट्रक होस्, वा उद्योगबाट तयारी वस्तु लिएर निस्केका प्रतिट्रक तथा कन्टेनरसँग ५ सयदेखि १ हजार रुपैयाँसम्म प्रहरीले पैसा माग्ने गरेको उद्योगीले बताएका छन् । 

सरकारले ढुवानीका साधानलाई पास नचाहिने बनाए पनि प्रहरीले जवरजस्ती पास माग्ने र छैन भन्ने वित्तिकै ५ सयदेखि १ हजार रुपैयाँसम्म पैसा माग्ने गरेको एक बहुराष्ट्रिय कम्पनीका उच्च अधिकारीले बताए । 

भन्सारबाट कच्चा पदार्थ लिएर आएको ट्रकलाई बीच बाटोमै रोकेर प्रहरीले पैसा माग्ने गरेको ती अधिकारीले बताए । बहुराष्ट्रिय कम्पनीका सामान ल्याउँद्या मात्रै होइन्, स्वदेशी उद्योगबाट उत्पादित सामग्री बजार वा आयोजनास्थल लैजादा पनि प्रहरीलाई अनिवार्य रुपमा पैसा दिनुपर्ने बाध्यता भएको मेलम्ची खानेपानी आयोजनालाई आवश्यक सामग्री बोकेर आएको एक ट्रक चालकले बताए । 

‘ट्रकलाई बीचबाटोमै रोक्ने र पास माग्ने । यदि पास छैन भने ५ सय देखि १ हजार रुपैयाँ नदिई ट्रकलाई अघि बढ्न नदिने गर्छन्,’ ती ट्रक चालकले भने, ‘सरकारले जबदेखि ढुवानीका साधानलाई पास नचाहिने बनायो, तबदेखि प्रहरीलाई अनिवार्य रुपमा पैसा बुझाउनुपर्छ ।’ 

सरकारले तयारी बस्तु र कच्चा पदार्थ बोकेका सवानी साधानलाई निर्वाध रुपमा चल्न दिने निर्णय गरे पनि पैसा बुझाउनेलाई प्रहरीले तत्काल छाड्ने र बुझाउन अटेर गर्नेलाई त्यही रोकेर राख्ने गरेको ट्रान्सपोर्टरहरु बताउँछन् ।

नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर साहीले प्रहरीले कसैसँग पैसा लिएर ट्रक नपठाएको बताए । सरकारले अत्यावश्यक सावारी सधान, औद्योगिक कच्चा पदार्थ बोकेर आएका ट्रक तथा तयारी बस्तु बोकेर आएका ट्रकलाई यदि कुनै प्रहरीले रोकेको भए तत्काल सम्बन्धित प्रदेशमा खटिएका प्रहरी प्रमुखलाई खबर गर्न समेत आग्रह गरे । 
 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप

Top