लकडाउनमा अनलाइन सपिङ बढ्यो   

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ जेठ ५, साेमबार,०४:१७:PM  
लकडाउनमा अनलाइन सपिङ बढ्यो   

काठमाडौं । कोरोना भाइरस(कोभिड १९) नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको अवधिमा अनलाईन सपिङमा उपभोक्ता आकर्षित भएका छन् । कारोना संक्रमित दिन प्रतिदिन बढीरहेको तथा लकडाउन पनि कडाई हुदै जाँदा अत्यावश्क सामग्री घरमै ल्याइदिने अनलाईन सपिङ सजिलो र उपयुक्त बिकल्प बनेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बताए । 

सोमबार विभागले गरेका काम र प्रगतिबारे गरिएिको भिडियो प्रेस कन्फ्रेन्समा सुवेदीले यस्तो बताएका हुन् बताए । त्यसो त काठमाडौं उपत्यकामा खुलेका सहुलियत पसलमा पनि उपभोक्ताको भीड लाग्ने गरेको उनले जानकारी दिए । ‘अनलाइन डेलिभरीको माग र आकर्षण बढेको छ । खासगरी काठमाडौं उपत्यकाका उपभोक्ताले अनलाइनमार्फत नै आफुलाइ चाहिने सामान अर्डर गर्न थाल्नुभएको छ’ उनले भने, ‘योसँगै हाम्रा विक्रि केन्द्रमा पनि उपभोक्ताको भीड लाग्ने गरेको छ ।’ 

विभागले काठमाडौं उपत्यकामा ५ ओटा र उपत्यका बाहिर ३५ ओटा विक्रि केन्द्रबाट खाद्य वस्तु बिक्री गर्दै आइरहेको छ । विभागले चैत २६ देखि     अनलाइन डेलिभरी सेवा पनि सुरु गरेको छ । विभागका अनुसार काठमाडौं उपत्यकामा मात्रै ५० जनाभन्दा बढिले अनलाइन डेलिभरी अर्डर लिएका छन । 

लकडाउनको अवधि थपिदै गर्दा सम्भावित खाद्य संकट टार्न सरकारले थप खाद्यान्न खरिद गर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार, खाद्य    चामल  र गहुँ खरिद गर्नेहरु बढेका छन् । लकडाउन अवधिभर लकडाउनको अवधिमा मात्रै विभागमा एक हजार बढी उपभोक्ताका गुनासा प्राप्त भएका छन् । खासगरी सामान नपाएको, इन्टरनेटको गति सुस्त भएको, बढी मुल्य लिएको र पछिल्लो पटक सवारी पास नपाएको गुनासो आउने गरेको विभागका निर्देशक रविन्द्र आचार्यले जानकारी दिए । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top