अटो मोबाइलमैत्री मौद्रिक नीति ल्याउन नाडाका व्यवसायीको माग 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असार ११, बिहीबार,०९:२८:PM  
अटो मोबाइलमैत्री मौद्रिक नीति ल्याउन नाडाका व्यवसायीको माग 

काठमाडौं। नाडा अटो मोबाइल संघ प्रतिनिधि तथा व्यवसायीले अटो मोबाइलमैत्री मौद्रिक नीति ल्याउन माग गरेका छन्। विहीबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाइ भेटी व्यवसायीले उक्त माग राखेका हुन्।

उनीहरूले राष्ट्रलाई आर्थिक समुन्नत र समृद्ध बनाउन सवारीसाधनको व्यापार अपरिहार्य रहेको बताए। आगामी आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिले नेपालको समग्र अटोमोबाइल व्यवसायलाई प्रोत्साहन गर्नुपर्नेमा उनीहरूको जोड थियो।

प्रत्येक नेपालीको आवागमनमा सहजता ल्याउन आफ्नै सवारीसाधन होस् भन्ने नीति आउनुपर्नेमा त्यसको ठीक उल्टो नीति आइरहेको भन्दै व्यवसायीले गुनासो समेत गरेका थिए ।

निजी सवारी साधनमा प्रवाह हुने कर्जा सीमा ५० प्रतिशतसम्म मात्र हुने व्यवस्थालाई पुनर्विचार गरी ९० प्रतिशत पुर्‍याउन माग व्यवसायीले माग गरेका छन् ।

गभर्नर अधिकारीले अटोमोबाइल व्यवसायीलाई राहत महसुस हुने गरी मौद्रिक नीति ल्याउने प्रतिबद्धता जनाएका थिए ।  उनले व्यवसायीले नेपालमै सवारी एसेम्बलिङ उद्योग स्थापना गर्ने वातावरण मौद्रिक नीतिमार्फत बनाइने बताए । उनले नेपालमै सवारी एसेम्बलिङ उद्योग स्थापना गर्न व्यवसायीलाइ आग्रह समेत गरे । 
 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top