भारतका सबैभन्दा धनी मुकेश अम्बानीले रिटल विजनेश फिचर्स ग्रुप किन्ने 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असार १६, मङ्गलबार,०२:५५:PM  
भारतका सबैभन्दा धनी मुकेश अम्बानीले रिटल विजनेश फिचर्स ग्रुप किन्ने 

बैंगलोर, एजेन्सी । ऋण तिर्न जीओ प्लेटफर्म लिमिटेडको सेयर बेचेका भारतीय डलर अर्बपति मुकेश अम्बानीले खुद्रा व्यवसाय गर्दै आएको फिचर्स ग्रुपलाई खरिद गर्ने भएको छ ।

रिलायन्स इन्डष्ट्रिज लिमिटेडका कार्यकारी अध्यक्ष मुकेश र पिर्चसका किशोर वियानीबीच खरिदबिक्री सम्झौता नजिक पुगेको दी इकोनोम्सि टाइम्सले जनाएको छ । फिचर्स ग्रुपको ऋण १२ हजार ७७२ करोड भारु रहेको छ । 

वियानीले प्रवद्र्धन गरेको फिचर्स रिटल, फिचर्स लाइफस्टयाइल फेसन र फिचर्स सप्लाइ चेन सलुसन्स मर्ज हुने छन । मर्जरपछिको एकिकृत कम्पनीलाई मुकेशले खरिद गर्ने भएका छन ।

फिचर्स ग्रुप खरिदको विषयमा रिलायन्सका मुकेश र वियानीबीचको छलफल उन्नत चरणमा पुगेको इकोनोम्किस टाइम्सले उल्लेख गरेको छ । जुलाई १५ मा हुन लागेको वार्षिक साधारणसभा अगावै मुकेशले वियानीसंग सम्झौता गर्न चाहेका छन ।

ग्रुप ऋण तिर्न नसकेपछि वियानीले फिचर्स ग्रुप नै बिक्री गर्न लागेका हुन । वियानी ग्रुप भारतको खुद्रा व्यवसायको वादशाह हो । फिचर्सलाई अमेकिाको खुद्रा व्यवसायी कम्पनी अमेजनले पनि खरिद गर्नका लागि प्रक्रिया अघि बढाएको छ । रिलायन्सले राम्रो दर दिने भएपछि वियानीले उसंग छलफल अघि बढाएका हुन ।  

मुकेशले जीओको २४.७० प्रतिशत स्वामित्व बिक्री गरी १५ अर्ब २० करोड डलर बराबरको विदेशी लगानी भारतमा भित्राएका छन । मुकेशको पनि अर्बौ डलर ऋण रहेको छ । 

 

 

 


 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top