युनिभर्सल हेल्थ सर्भिसेसले गर्यो तारेकेश्वरमा निःशुल्क स्वास्थ्य शिविर

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ साउन १५, बिहीबार,०६:१२:PM  
युनिभर्सल हेल्थ सर्भिसेसले गर्यो तारेकेश्वरमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं ।  युनिभर्सल हेल्थ सर्भिसेसले तार्केश्वरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरी निःशुल्क औषधि समेत वितरण गरेको हो ।

युनीभर्सलको संयोजकतामा आयोजना गरिएको स्वास्थ्य सिभिरबाट २५ जना जेष्ठ नागरिकहरुले सेवा लिएका छन् । तारेकेश्वर नगरपालिकामा रहेको नवजिबन परोपकार समाजमा जेष्ठ नागरिकहरुलाइ निशुल्क स्वास्थ शिबिर कार्यक्रम तथा औषधि वितरण गरिएको प्रमुख कार्यकारी अधिकृत(सीईओ) अमित श्रेष्ठले जानकारी दिए ।

शिविरमा जेष्ठ नागरिकलाई डाक्टर परामर्श, नर्सिङद्धारा परीक्षण र फिजियोथेरापीद्वारा स्वास्थ्य सेवा प्रधान गरिएको थियो ।  घर घरमै स्वास्थ्य सेवा तथा डाक्टर परामर्श सेवा साथै औषधी प्रधान गर्ने युनिभर्सल हेल्थ सर्भिसेसले बेला बेलामा निशुल्क सामाजिक स्वास्थ्य सिविर गरिरहने संस्थाका सीईओ श्रेष्ठको भनाई छ ।
 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी जीवनशैली बाट थप

Top