रिलायन्स लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने, बोर्डले दियो अनुमति 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ साउन १६, शुक्रबार,०२:२९:PM  
रिलायन्स लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने, बोर्डले दियो अनुमति 

काठमाडौं। रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डले रिलायन्सलाई ६३ करोड रुपैयाँ बराबरको ६३ लाख कित्ता आईपीओ निष्कासन गर्न शुक्रबार अनुमति दिएको छ । चालु आर्थिक वर्ष सुरु भएयताको यो पहिलो आईपीओ हो । चुक्तापूँजीको ३० प्रतिशत आईपीओ निष्कासन गर्न लागेको छ । 

 कम्पनीको चुक्ता पुँजी १अर्ब ४७ करोड रुपैयाँ  छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

इन्स्योरेन्सले निष्कासन गर्न लागेको आईपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ। इक्राले कम्पनीको वित्तीय अवस्था औसत रहेको जनाउने इक्राएनपी आईपीओ ग्रेड ४ प्रदान गरेको हो।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top