ज्योति गैह्रे, जसले कोरोना महामारीकै बीचमा गरिन उद्योग स्थापना

account_box युबराज बस्नेत ,
प्रकाशित: २०७७ भदाै २२, साेमबार,१२:३८:PM  
ज्योति गैह्रे, जसले कोरोना महामारीकै बीचमा गरिन उद्योग स्थापना

काठमाडौं । भनिन्छ, अभावलाई अवसरको रुपमा परिणत गर्नुपर्छ । अवसरमा ढाल्नलाई त्यति सजिलो भने छैन । जसले नयाँ जुक्ति र जोखिम मोल्न सक्छ, सफलता त्यसैले पाउने हो । यहि अभावलाई चुनौती दिदैं संकटमा जोखिम मोलेर अगाडि बढेकी उद्यमी हुन्, ज्योति गैह्रे । 
कोभिड–१९ र त्यसपछि सिर्जित लकडाउनले अवस्था जटिल बनाएपछि उनले जागिर छोडेर ई–कमर्श व्यापारमा लागिन र यहि बीचमा उनी उद्यमीसमेत बनिन् । 

कोभिड महामारीको ६ महिनाका बीचमा योजना, टिम, लगानी र कार्यान्वयन एकैपटक गर्न समस्या हुन्छ तर ज्योतिले ६ महिनामै ‘स्टेप वाइ स्टेप’ हात हाल्दै गइन् । ६ महिनाभित्र पहिलो व्यवसायबाट उनी पछिसमेत हटेकी थिइन् । एक अटो कम्पनीमा कार्यरत ज्योति कोभिड–१९ का कारण जागिरमा गरिरहन समस्या आएपछि खाली बसेकी थिइन् । 

लकडाउनको समयमा सुरुमा खाली बसिरहँदा उनलाई रमाइलो पनि लागिरहेको थियो । लकडाउन लम्बिँदै जान थालेपछि अब केहि गर्नुपर्छ भन्ने मुडमा उनी पुगेकी थिइन् । त्यहि मुडमा उनले सानो व्यवसायमा हात हालिन् । 

राजधानीको काँडाघारीस्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएकी ज्योतिले सुरुमा अपार्टमेन्टमा बस्नेहरुलाई लक्षित गरेर व्यवसाय सुरु गरेकी थिइन् । अपार्टमेन्टमै कोरोना संक्रमित भेटिएपछि त्यहाँ सिल भयो र लकडाउनको अवस्था थियो । अपार्टमेन्टमा बस्नेहरु बाहिर सामान किन्न जाने अवस्था थिएन यहि समयमा उनले आइडिया फुराइन सानो टिमसँग सहकार्यमा सनसिटीमा बस्ने ५०० परिवारका लागि पहिला अनलाइन ग्रोसरी व्यवसाय गर्ने । त्यसका लागि उनले काम थालिन् ।

केहि दिन सामान ल्याउने र पुर्याउने काम पनि भयो । अर्डर पनि आइरहेको थियो । तर, किसान र पसलसँग पुग्ने च्यानल उनको बनिसकेको थिएन । अनुभव पनि थिएन । त्यसैले उनले व्यवसायको पहिलो पाइलालाई पछि सारिन् । 

६ महिनाभित्र पहिलो व्यवसायबाट उनी पछिसमेत हटेकी थिइन् । एक अटो कम्पनीमा कार्यरत ज्योति कोभिड–१९ का कारण जागिरमा गरिरहन समस्या आएपछि खाली बसेकी थिइन् । लकडाउनको समयमा सुरुमा खाली बसिरहँदा उनलाई रमाइलो पनि लागिरहेको थियो । लकडाउन लम्बिँदै जान थालेपछि अब केहि गर्नुपर्छ भन्ने मुडमा उनी पुगेकी थिइन् । त्यहि मुडमा उनले सानो व्यवसायमा हात हालिन् ।

ई–कमर्शमा सप्लाई च्यानलदेखि टिम बनाउने विषयमा अध्ययन गर्दै बसिरहेकी ज्योतिले पसल र यातायात सञ्चालन नभएका कारण वितरणमा समस्या भैरहेको देखेकी पनि थिइन् । तर, सामाजिक सञ्जालमा मानिसहरुले आवश्यकताका कुराहरु, अभावका विषयमा लेखिरहेको पनि देखेकी थिइन् । 

कोरोनाको महामारीमा मास्क, सेनिटाइजरलगायत स्वास्थ्यसँग जोडिएको सामानको अभाव र कालोबजारी भएको विषयमा उनी समाचारहरु आइरहेका थिए । ज्योतिले सोचिन्, उत्पादक र बिक्रेतासँगको सहकार्यमा यसलाई तत्काल डेलिभरी गर्न सकिन्छ । अनि हाब्रे सोलुसन प्रालि कम्पनीमार्फत सुरु भयो, मास्क, पन्जा र सेनिटाइजरसँगै स्वास्थ्यका अन्य सामाग्रीको अनलाइन व्यापार । ज्योतिले अर्काे पाइला अगाडि सारिन् । उनलाई साथ दिए, आफ्नै दाइ आतिस गैह्रे । 

ज्योति भन्छिन ‘मास्क, पन्जा र सेनिटाइजको अभाव र कालोबजारी भैरहेको बेला अनलाइनमार्फत हामीले विस्तारै पुर्याउन थाल्यौ, आवश्यकता खाद्यान्न र तरकारीमा पनि थियो तर स्वास्थ्यका पनि ध्यान दिदैं माग बढ्न थालेपछि हामी यसमा मोडियौं ।’

दैनिक रुपमा चाहिने भएकै कारण ज्योतिले दि डेलिसप नामक फेसबुक पेज खोलेर चैत २२ गतेदेखि नै सामानको अर्डर लिने र सप्लाई गर्न सुरु गरिन् । विदेशबाट सिधै आयात गर्न समस्या थियो, उत्पादकले पनि आवश्यकताअनुसार दिइरहेका थिएनन् । उनले तेस्रो पार्टीबाटै सामान मगाएर मागअनुसार ग्राहकको घरघरमै समान डेलिभरी गर्न थालिन् । 

‘त्यतिबेला हामी २५ सय वटा मास्क पनि बिक्री गर्न दौडियौं’, सर्जिकल मास्क डेलिभरी गर्दा कतिनै फाइदा हुन्छ र ?’ उनले भनिन् तर, आफ्नै कष्ट खर्च गरेर पनि हामीले व्यापार गर्यौं किनकी हामीलाई एउटा च्यानल बनाउनु थियो ’

सुरुवाती चरणमा टिमलाई विश्वास पनि बटुल्नु थियो । विस्तारै फेसबुकमार्फत सामान अर्डर आउन थाल्यो । मास्क, सेनिटाइजर, ह्यान्डवास, ग्लोब्स, डिसइन्फेक्सन, क्लिनिङ् मटिरियल लगायतका सामानलाई उनीले बढी प्राथामिकता दिएर बिजनेशलाई अगाडी बढाउन थालिन् । 

‘बिजनेश सुरु गरेको एक महिनासम्म फिडव्याकसहित विश्वास दिनेमै टिम केन्द्रीत भयो, त्यसपछि यसले विस्तारै गति लिन थाल्यो,’ ज्योतिले भनिन् । ‘हामीले प्रोडक्टको गुणस्तरमा कुनैपनि कम्प्रमाइज नगरि प्रति मास्क ६ रुपैयाँमा काठमाडौं उपत्यकाभित्र र बाहिर बिक्री गर्यौं’  । 
पहिलो पटक २५ हजार मास्क उठाएको टिमले दोस्रो पटक ६५ हजार बढी मास्कको व्यापार गर्यो । 

काम गर्दै जाँदा ज्योतिको टिमबाट सामान खरिद गरेर व्यापार गर्ने मानिसहरु भेटिए । उनिहरुले ७ जिल्लामा रिटेलर राखे । अब उपत्यका र आसपासको व्यापार ७ जिल्लामा फैलियो ।‘हामीले लकडाउनको बीचमा ८० लाख बढी अनलाइन कारोबार गर्यौं, अहिले पनि त्यस्तै ट्रेन्डमा व्यापार चलिरहेको छ’ ज्योतिले क्यापिट नेपालसंग भनिन् । 

माग बढ्दै गयो, बजार हिस्सा बढ्दै गयो । त्यसपछि अरुबाट खरिद गरेर ल्याउनेभन्दा पनि उनीले आफ्नै मास्क उत्पादन गर्ने विचार गरिन् । 
अहिले ज्योतिको टिमले पछिल्ला दिनहरुमा आफ्नै फ्याक्ट्रीमार्फत मास्कहरु उत्पादन गर्न थालिसकेका छन् । दैनिक १ लाख मास्क उत्पादन गर्ने लक्ष्यसहित उनीले अहिले १५ देखि १८ जना एकल महिलालाई रोजगारी पनि दिएकी छिन् । उनीहरुलाई बस्ने र खानेको पनि व्यवस्था गरेकी छिन् ।

 ‘बिजनेश सुरु गरेको एक महिनासम्म फिडव्याकसहित विश्वास दिनेमै टिम केन्द्रीत भयो, त्यसपछि यसले विस्तारै गति लिन थाल्यो,’ ज्योतिले भनिन् । ‘हामीले प्रोडक्टको गुणस्तरमा कुनैपनि कम्प्रमाइज नगरि प्रति मास्क ६ रुपैयाँमा काठमाडौं उपत्यकाभित्र र बाहिर बिक्री गर्यौं’  । पहिलो पटक २५ हजार मास्क उठाएको टिमले दोस्रो पटक ६५ हजार बढी मास्कको व्यापार गर्यो । 

लकडाउनमा आम्दानीले नै मास्क उद्योगमा लगानी गर्न सजिलो भएको ज्योति बताउँछिन् । ‘नेपालमा प्रायः बीबीए, एमबीए गरेर बैंकमा जागिर खानु र सेटल गर्नुलाई नै ठूला सफलता मान्ने चलन छ । जोखिम लिएर व्यवसाय सञ्चालन गरेपछि थोरैभए पनि सफलता पाउँदा खुशी लाग्छ’  ज्योति भन्छिन् ।

सेनेटरी प्याड र हार्पिक पनि उत्पादन

अहिले ज्योति र उनको टिमले अर्काे कम्पनीमार्फत हार्पिक र सेनेटरी प्याडको पनि उत्पादन थाल्ने तयारी गरिरहेको छ । हाल काठमाडौंको काँडाघारीमा फ्याक्ट्री राखिएको छ भने प्याड तथा हार्पिक बनाउन मेसिनहरु आइसकेको छ । 

युनिकोन हेल्थ एण्ड हाइजिङ नामक कम्पनीबाट उत्पादन हुने प्रोडक्टहरुमा डिटर्जेन्ट, ह्यान्डवास, ट्वाइलेट क्लिनर लगायत प्रोडक्सन हुने ज्योतिले बताइन् ।  हाल उपत्यकाभित्र सेनेटरी प्याड बिक्री तथा उत्पादनमा चर्को प्रतिस्पर्धा छ । खासगरी उनीले प्याड उत्पादन गरेर काठमाडौं बाहिरका मुख्य सहरमा आफ्ना बिक्रेतामार्फत ग्रामिण भेगका महिलाको पहुँचमा पुर्याउने तयारी गरेकी छिन् । स्थापना भएकाे  पिगासस् केमिकल इन्ड्रस्ट्रीमा हाल ज्योती, सुदिप पाण्डे, आतिस गैह्रे, मधुसुदन सुवेदी र अर्जुनु गैह्रे छन् ।

‘विशेषगरी ग्रामिण क्षेत्रमा नै बढी फोकस भएर प्याड उत्पादन गर्न लागिएको हो,’ ज्योतिले भनिन् । ‘धेरै कुरा काठमाडौं बाहिर अर्थात ग्रामीण क्षेत्रमा सामान पुग्न सकेको छैन् त्यसलाई परिपूर्ति गर्न हाम्रो लागि यो सुनौलो अवसर हो ।’

बजार मूल्यभन्दा सस्तोमा सेनेटरी प्याड दिने कम्पनीको तयारी छ । यसमा ज्योतिसहित उनको टिमले पहिलो चरणमा ५० लाख लगानी गर्ने भएको छ ।

युबराज बस्नेत

क्यापिटल नेपालका संवाददाता हुन् । 

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप

Top