बाइटडान्सले मानेन माइक्रोसफ्टको प्रस्ताव, ओर्‍याकलसँग साझेदारी गर्दै

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ भदाै ३०, मङ्गलबार,०६:०१:AM  
बाइटडान्सले मानेन माइक्रोसफ्टको प्रस्ताव, ओर्‍याकलसँग साझेदारी गर्दै

 न्यूयोर्क (अमेरिका) । चिनियाँ इन्टरनेट कम्पनी बाइटडान्सले शर्ट भिडियो शेयरिङ एप टिकटकको अमेरिकी व्यवसाय अमेरिकी बहुराष्ट्रिय सफ्टवेयर कम्पनी माइक्रोसफ्टलाई बेच्न मानेन । 

यसको सट्टामा उसले अमेरिकी इन्टरनेट कम्पनी ओर्‍याकल कर्पोरेशनसँग सहकार्य गर्न खोजेको छ । टिकटक यूएस अमेरिकी कम्पनीलाई बेच्न राष्ट्रपति डोनल्ड ट्रम्पले दिएको ९० दिनको म्याद मंगलवार सकिने क्रममा रहेको छ । 

यस्तोमा बाइटडान्सले आफ्नो प्रस्ताव अस्वीकार गरेको माइक्रोसफ्ट आफैंले बताएको हो । अमेरिकाको दबाब सामु झुकेर टिकटक यूएस बेच्नु भन्दा यसलाई बन्दै गर्ने मनाशय चीन सरकारको थियो । 

प्रस्ताव गरिएको नयाँ सम्झौतामा ओर्‍याकल बाइटडान्सको प्रविधि साझेदार हुनेछ र यसले यूएसको अमेरिकी प्रयोगकर्ताको डेटाको व्यवस्थापनको जिम्मा लिने स्रोतको भनाइ छ । ओर्‍याकलले यूएस टिकटकमा साझेदारीको लागि वार्ता समेत गरिरहेको बताइएको छ । 

सो प्रस्तावलाई ट्रम्पले मञ्जुरी दिन्छन् कि दिँदैनन् भन्ने चाँहि स्पष्ट भइसकेको छैन । यस विषयमा बाइटडान्स, ओर्‍याकल र ह्वाई हाउस तीनै पक्षले केही टिप्पणी गरेका छैनन् । बाइटडडान्सले आफूलाई टिकटक यूएस नबेच्ने भने सूचित गरेको आइतवार माइक्रोसफ्टले बताएको थियो । एजेन्सी

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top