‘ब्रोकर कमिसन घट्दैमा सेयर बजार बढ्छ भन्ने कुरा गलत सावित भएको छ’-सन्तोष मैनाली  

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ कात्तिक २८, शुक्रबार,०२:४२:PM  
‘ब्रोकर कमिसन घट्दैमा सेयर बजार बढ्छ भन्ने कुरा गलत सावित भएको छ’-सन्तोष मैनाली  

मेरो नेतृत्वमा नेपाल स्टक ब्रोकर एसोसिएसनमा नयाँ कार्यसमिति आएको छ । नयाँ कार्यसमिति नयाँ ढंगबाट अघि बढ्दै छ । हामीले गर्न सक्ने कामलाई पहिलो प्राथमिकतामा राखेका छौं ।

पुँजीबजार सुधारका धेरै काम हामीभन्दा माथिल्ला निकायहरूले गर्नुपर्ने हुन्छ । त्यसले गर्दा हामी आफैंले गर्न सक्ने कामलाई पहिलो प्राथमिकतामा राखेर अघि बढाउँदै छौं । तत्काल गर्ने भनेको अन्तर्राष्ट्रिय स्तरको ‘ट्रेड म्यानेजमेन्ट सिस्टम’ कार्यान्वयनमा ल्याउने हो । 

यो नयाँ कुरा होइन पुरानो नै हो । यसलाई चाँडोभन्दा चाँडो कार्यान्वयनमा ल्याउने हाम्रो तयारी छ । त्यसका लागि सबै ब्रोकरहरूको लगानीमा क्यापिटल नेपाल प्रालि दर्ता भइसकेको छ । ब्रोकर र लगानीकर्ताहरू बीचको अविश्वास हुनुको कारण कारोबार प्रणालीले गर्दा नै हो ।

यो पनि हेर्नुहोस 
ब्रोकर कमिसन घटाउँदै धितोपत्र बोर्ड, कात्तिकपछि आवश्यक निर्णय लिँदै 

लगानीकर्ताले बेहोर्नुपरेको झमेलाहरू चिर्नका लागि मोबाइलबाट पनि कारोबार गर्न मिल्ने, सबै लगानीकर्तालाई कम्पनी, बजार र देशको समग्र अर्थतन्त्र सम्बन्धित सूचनाहरू तथ्यांक राख्ने गरी ट्रेड म्यानेजमेन्ट सिस्टम ल्याउन लागेका हौं । यसमा  तथ्यांक मात्र भएर हुँदैन, त्यसको सही विश्लेषण पनि हुनुपर्छ ।

विश्लेषण गर्न सहज होस् भनेर विभिन्न सूचक र ‘टुल्स’हरू राखिदिने खालको टीएमएसलाई चाँडोभन्दा चाँडो ल्याउने पहिलो प्राथमिकता हो । त्यसपछि अर्को भनेको लगानीकर्ता सचेतना कार्यक्रम हो । त्यसको ‘प्रोग्राम’ नै बनाएर अघि बढाउने छौं । 

लगानीकर्ताले बेहोर्नुपरेको झमेलाहरू चिर्नका लागि मोबाइलबाट पनि कारोबार गर्न मिल्ने, सबै लगानीकर्तालाई कम्पनी, बजार र देशको समग्र अर्थतन्त्र सम्बन्धित सूचनाहरू तथ्यांक राख्ने गरी ट्रेड म्यानेजमेन्ट सिस्टम ल्याउन लागेका हौं । यसमा  तथ्यांक मात्र भएर हुँदैन, त्यसको सही विश्लेषण पनि हुनुपर्छ ।

बजारको सम्पूर्ण विकास गर्नका लागि बजारमा तरलताको व्यवस्था, लगानी गर्नका लागि विभिन्न वित्तीय उपकरणहरू चाहिन्छन् । लगानीकर्ताको रुचिअनुसार छोटो र लामो समयमा कारोबार गर्न चाहन्छन् । त्यसका लागि त्यही किसिमको वित्तीय औजारको विकास गर्नुपर्छ ।

यी सबै काम गर्न माथिल्ला निकायहरूमा भर पर्नुपर्छ । हामीले बजारको अध्ययन गरेर सुझावहरू पेस गर्ने, नियामकले दिएको निर्देशनहरूको पालना गर्ने हो । यति हुँदाहुँदै पनि जोखिम बढेर जान्छ ।

जोखिम व्यवस्थापन गर्न ब्रोकरहरूको क्षमता पनि अभिवृद्धि गर्नुपर्छ । चाहे त्यो मानव संशाधन वा पुँजीको वृद्धि हुन्छ, त्यो पनि गर्ने हो । बजारको विकास लगानीकर्ताको वृद्धिलगायत पुँजीबजारका सबै काम गर्ने छौं ।

ब्रोकर कमिसन 

ब्रोकर कमिसनको विवाद निरन्तर चलिरहने विषय रहेछ । पहिलो पटक कमिसन घटाएर डेढ प्रतिशतबाट १ प्रतिशत बनाइयो । त्यसपछि १ प्रतिशतबाट ०.६ प्रतिशतमा छ । ४० प्रतिशत ब्रोकर कमिसन घटेको ३ वर्ष भएको छैन । ४० प्रतिशत घटेदेखि नै निरन्तर यस विषयमा आवाजहरू उठिरहेका छन् । उठेका आवाजहरूको आधारमा निर्णय गर्नुपर्छ भन्ने भनाइहरु तर्कपूर्ण छैनन् ।

बजारको यथार्थ हेरेर निर्णय गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो । धितोपत्र बोर्डले नै बजारको अध्ययन गरेर प्रतिवेदन तयार पारिसकेको छ । त्यो प्रतिवेदनलाई अन्तिमरूप दिने बोर्डको अध्यक्षज्यूले भन्दै आउनुभएको छ । हाम्रो भनाइ के हो भने ठूलो लगानीमा अन्तर्राष्ट्रिय स्तरको सुविधा दिन लागिसकेका छौं ।

 पुँजीको निश्चित लागत हुन्छ भने सञ्चालन खर्च पनि हुन्छ । यसलाई पनि विचार गरिनुपर्छ भन्ने हाम्रो भनाइ हो । छोटो समयको कारोबारलाई मात्र हेरेर अघि बढ्दा समस्या आउन सक्छ । त्यसैले समग्र बजारको कारोबारलाई हेरेर निर्णय गर्दा राम्रो हुन्छ । बजारमा अधिक तरलता भएको अवस्था छ । अन्य क्षेत्र पूर्ण रुपमा चल्न नसकेको अवस्थाले गर्दा लगानीकर्ताहरू सेयर बजारमा आएको देखिन्छ । 

अहिलेको कारोबारलाई हेर्दा दीर्घकालसम्म यसले न्याय गर्ला जस्तो लाग्दैन । पहिले कमिसन घटाउँदा कारोबार बढी हुनुका साथै बजार बढ्ने भनिएको थियो तर त्यस्तो अवस्था देखिएन् । पछि बजार घट्यो र दैनिक कारोबार २५ करोड रुपैयाँसम्म पनि आयो । ब्रोकर कमिसन घट्दैमा बजारको बढ्छ भन्ने कुरा गलत सावित भइसकेको छ ।

हाम्रो भनाइ के हो भने बजारको दीर्घकालीन अवस्थालाई हेरौं अर्कोतिर हामीले दिन लागेको सेवालाई पनि हेरौं सरकारबाट पाउने सेवा सुविधालाई पनि अध्ययन गरौं, केही ब्रोकरको कमाईलाई मात्र नहेराैं, समग्रमा ५० वटै ब्रोकरको आम्दानीलाई पनि हेरौं । भविष्यमा लगानीकर्ताहरूले के कस्तो औजारहरू लिएर बजारमा आउने छन्, बोर्डको भूमिका र पुँजी थप भएपछि प्रतिफल आउँछ आउँदैन, कति आउँछ, त्यो पनि हेरौं ।

अन्तर्राष्ट्रिय बजारलाई मात्र हेरेर कमिसन बढी भयो भनेका छौं । बाहिरको ब्रोकरको मात्र कमिसन हुन्छ । नेपालमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) र ब्रोकर दुवैको कमिसन हुन्छ । यसलाई पनि छुट्ट्याएर एकपटक हेरौं । बाहिरको बजारको कारोबार, आकार, उनीहरूले प्रवाह गर्ने सेवा, आम्दानीको स्रोत के–के हुन्छन् । त्यसको पनि अध्ययन गरौं । 

पुँजीको निश्चित लागत हुन्छ भने सञ्चालन खर्च पनि हुन्छ । यसलाई पनि विचार गरिनुपर्छ भन्ने हाम्रो भनाइ हो । छोटो समयको कारोबारलाई मात्र हेरेर अघि बढ्दा समस्या आउन सक्छ । त्यसैले समग्र बजारको कारोबारलाई हेरेर निर्णय गर्दा राम्रो हुन्छ । बजारमा अधिक तरलता भएको अवस्था छ । अन्य क्षेत्र पूर्ण रुपमा चल्न नसकेको अवस्थाले गर्दा लगानीकर्ताहरू सेयर बजारमा आएको देखिन्छ । 

पछिल्लो समयमा भारतमा उदाएको र सून्य कमिसनमा काम गर्ने ब्रोकर आएको छ । त्यो नै भारतमा सबैभन्दा बढी आम्दानी गर्ने ब्रोकर हुन लागेको छ । उसले कहाँबाट त्यत्रो आम्दानी गर्न सक्यो ? आम्दानीका स्रोत के छन् ? ती कुरालाई पनि हेरौं । नेपालमा रहेर बाहिरकोसँग मात्र तुलना गर्ने होइन । 

सबै कुरालाई हेरेर मात्र एउटा निचोडमा पुगौं भन्ने हाम्रो सुझाव छ । बोर्डका अध्यक्षज्यू यसमा सकारात्मक हुनुहुन्छ । सबै कुरालाई छलफल गरेर निकास खोज्ने हो भने ब्रोकर कमिसन घटाउन ठूलो ‘स्पेश’ देखिँदैन । बजारको विकास गर्नुपर्ने छ । प्रतिफल नै नआउने देखियो भने कमिसन घटाउने नीति ;सेयर बजार विकासको बाधक बन्न सक्छ ।

कतिपय ब्रोकरहरूलाई यही कारोबार दरमा पनि नाफाघाटा बराबरको अवस्था (ब्रेकइभन) मा आउन गाह्रो भइरहेको छ । अहिलेको विशेष परिस्थितिको कारोबारलाई हेर्नुभन्दा पनि विशेष तरिकालाई हेरेर निर्णय लिनुपर्छ । यी सबै कुराहरूलाई हेर्दा कमिसन घटाउनु नपर्ने अवस्था पनि आउला । बढाउनु पर्ने हुनसक्छ ।  मलाई लाग्छ उचित निकास निस्किनेछ । 

बैंकलाई ब्रोकर लाइसेन्स 

संघीय संसदको अर्थसमितिले यस विषयमा अध्ययन गरेर धितोपत्र बोर्डलाई निर्देशन दिइसकेको छ । त्यसमा बोर्ड कसरी अघि बढ्छ त्यो हेर्न बाँकी छ । बोर्डलाई यसरी र त्यसरी गर भन्न मिल्दैन । बोर्डले यस विषयमा के निकास निकाल्छ, त्यसको हामी प्रतीक्षामा छौं । समितिले केही प्रश्नहरूको उत्तर खोजेर अघि बढ्नु भनेको छ । हामी विरोध गर्ने पक्षमा छैनौं ।

बजार बढ्नुको कारण 

बजारको चक्र हेर्दा सेयर बजारलाई असर गर्ने दुईवटा तत्वहरू छन् । पहिलो तरलता तथा ब्याजदर र अर्को संस्थाको पुँजीवृद्धि योजना हो । विगतको अनुभवलाई हेर्दा यी दुईवटा तत्वले बजारलाई बढी असर गरेको छ । अहिले तरलता अधिक छ । ब्याजदर घटिरहेको छ भने अझै घट्दो क्रममै छ ।

त्यसले गर्दा पैसा बचतमा राख्नुभन्दा पनि सेयर बजारमा लगानी गर्दा बढी प्रतिफल देखिएको होला । अन्य अनगिन्ति सहायक कुराहरू पनि छन् । ब्याजदर निरन्तर घटिरहेकाले अझै घट्ने संभावना छ । कोरोना महामारीले गर्दा लकडाउनका कारण सबै घरमा थुनिएको अवस्था छन् । अन्य व्यवसायको अवस्था पनि राम्रो छैन । यसबीचमा सेयर बजारमा नयाँ लगानीकर्ताको प्रवेश धेरै भएको छ । 

बजारको चक्र हेर्दा सेयर बजारलाई असर गर्ने दुईवटा तत्वहरू छन् । पहिलो तरलता तथा ब्याजदर र अर्को संस्थाको पुँजीवृद्धि योजना हो । विगतको अनुभवलाई हेर्दा यी दुईवटा तत्वले बजारलाई बढी असर गरेको छ । अहिले तरलता अधिक छ । ब्याजदर घटिरहेको छ भने अझै घट्दो क्रममै छ । 

सेयर बजारको विस्तार
दोस्रो बजारमा लगानीकर्तालाई सहज प्रवेशको वातावरण बनाउनुपर्छ । प्रवेश गरिसकेका लगानीकर्ताहरूलाई राम्रो सेवा दिनुपर्छ । नयाँ लगानीकर्ता प्रवेशका लागि बजार पहँुच पनि बढाउनुपर्ने हुन्छ । पहुँच बनाउन राजधानी बाहिर सहज रूपमा जाने वातावरण र त्यसका लागि पूर्वाधार तयार हुनुपर्छ । आजको दिनमा शाखा खोलेर बाहिर जान सक्ने अवस्था छैन ।

पछिल्लो समयमा आधिकारिक प्रतिनिधिबाट सेयर बजार बाहिर जान सक्ने वातावरण बनाउन बोर्ड सकारात्मक देखिएको छ । धेरै लगानी नगरी प्रतिनिधिबाटै देशका कुना–कुनामा गएर सेयर बजारमा लगानी बढाउन सक्छौं । यसबाट प्राथमिक बजारमा लगानी गर्ने लगानीकर्तालाई दोस्रो बजारमा आउन सहज हुनेछ ।

प्रवेश गरेका लगानीकर्तालाई टीएमएस आएपछि सहज गर्नेछ । यी कुरा गर्न सके मात्र बजारमा ठूलो परिवर्तन आउने देखिन्छ । अन्य वित्तीय औजारहरू थप्ने र धेरै हाइफाई औजार आवश्यक छैन, आधारभूत औजार थप्नुपर्छ । 

(नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष मैनालीसँग गरिएको कुराकानीमा आधारित) 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी सेयर बाट थप

Top