त्रिभुवन र गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता बढाउन एडीबीको १७ अर्ब ७० करोड ऋण

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ मङ्सिर ५, शुक्रबार,०४:२०:PM  
त्रिभुवन र गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता बढाउन एडीबीको १७ अर्ब ७० करोड ऋण

काठमाडौं । एशियाली विकास बैंक (एडीबी) ले त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तरर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धि गर्न १७ अर्ब ७० करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउने भएको छ । 

बैंकले नेपाललाई उक्त रकम सहुलियत ऋण आज स्वीकृति भएको मनिलास्थित बैंकको प्रधान कार्यालयले जनाएको छ । त्रिभुवन विमानस्थलमा समानान्तर ‘ट्याक्सी वे’ र ‘ह्याङ्गर एप्रोन’ बनाउन तथा गौतमबुद्ध विमानस्थलमा ‘टर्मिनल’ भवन निर्माणका साथै त्यसको क्षमता बढाउन ऋण रकम स्वीकृत गरिएको बैंकले जनाएको छ । 

भैरहवामा निर्माणाधीन वैकल्पिक क्षेत्रीय अन्तरर्राष्ट्रिय विमानस्थलले नेपालको धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउनाका साथै कोभिड–१९ का कारण थलिएको पर्यटन उद्योगलाई महामारीपछिको समयमा भरथेग गर्ने अपेक्षा बैंकले गरेको छ ।

यसैगरी परियोजना पूरा भएपछि त्रिभुवन विमानस्थलको मौजुदा सुरक्षा व्यवस्था सुदृढ हुने एवं त्यसको प्रभावकारी सञ्चालन तथा सेवा प्रवाह क्षमतामा थप सुधार हुने विश्वास बैंकले व्यक्त गरेको छ ।   

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top