८ टेस्टमा फेल भए पनि ६० अंक ल्याए लाइसेन्स पाइने, चारपांग्रे सवारीमा पनि उही नियम 

विभागका महानिर्देशक भन्छन, ‘लाखौं चालकले दुःख पाएँ, जसरी पनि लागू गर्छौ’

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ पुस २९, बुधबार,०५:४७:PM  
८ टेस्टमा फेल भए पनि ६० अंक ल्याए लाइसेन्स पाइने, चारपांग्रे सवारीमा पनि उही नियम 

काठमाडौं । सवारी अनुमतिपत्र(लाइसेन्स)को प्रयोगात्मक वा ट्रायल परीक्षामा फिगर ८ टेस्टमा फेल भए पनि अरु प्यारामिटरबाट ६० अकंभार ल्याए लाइसेन्स पाइने भएको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको यातायात व्यवस्था विभागले सवारी लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षा मापदण्ड परिमार्जन गर्ने गर्दै ८ टेस्ट कटाउन नसके पनि अरु प्यारामिटरमा ट्रायलबाट ६० अकं ल्याए पनि लाइसेन्स पाइने भएको हो ।

विभागका महानिर्देशक गोगनबहादुर हमालले प्रयोगात्मक र लिखित दुवै परीक्षा मापदण्ड परिमार्जन गरी जसरी पनि लागू गर्ने क्यापिटल नेपालसँग बताए । ‘लाखौं चालकले दुःख पाएका छन् । यो नयाँ मापदण्ड ल्याएर जसरी पनि लागू गर्छौ,’ हमालले भने ।

यता, लाइसेन्सको लिखित परीक्षाको प्रश्नपत्र पहिले नै सार्वजनिक गरिनेछ । ती प्रश्नपत्रका आधारमा परीक्षार्थीले परीक्षा दिनुपर्नेछ । अहिले लिखित परीक्षामा सोधिने प्रश्नहरु गोप्य नै राखिँदै आएको छ ।

त्यस्तै, सवारी लाइसेन्सको महत्वपूर्ण र कठिन मानिएको प्रयोगात्मक अर्थात ट्रायलको मापदण्डमा पनि परिवर्तन गर्ने गरी भौतिक पूर्वाधार मन्त्रालयले छलफल अघि बढाएको छ । जसअनुसार, १०० अकंमा ट्रायल दिनेले ६० अंक ल्याए पास हुनेछ । १० वटा प्यारामिटरलाई निश्चित अंक राखिनेछ । 

खासगरी, २ पांग्रे सवारीमा फिगर ८ टेस्ट, न्यारो प्ल्यान्क टेस्ट, यू टर्न टेस्ट, ट्राफिक लाइट टेस्ट, स्पिट ब्रेकर टेस्ट, र्‍याम्प टेस्ट, ग्यारेज पार्किङ टेस्ट लगायतका प्यारामिटरलाई फरक–फरक अंकभर दिएर परीक्षा लिइनेछ । त्यसमध्ये कुनै प्यारामिटरमा गल्ती गरे पनि तोकिएको अंकभार पार गरेमा सवारी लाइसेन्स लिन पाइनेछ ।

यता, चारपाङ्ग्रे  गाडीमा पनि सोही मापदण्डअनुसार लाइसेन्स दिने व्यवस्था लागू हुने हमालले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top