×

मंगलबारसम्म सेयरधनी बन्नेले नेपाल लाइफको ५१ प्रतिशत लाभांश पाउने

images

काठमाडौं  । मंगलबारसम्म सेयरधनी बन्नेले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश पाउने भएका छन् । कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीहरुलाई  ५१ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

सो लाभांश सुरक्षित गर्ने मंगलबार अर्थात माघ १३ गते अन्तिम दिन हो ।  नेपाल लाइफले माघ १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्नेछ । नेपाल लाइफले माघ २८ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले ३१ प्रतिशत  बोनस सेयर र करसहित २० प्रतिशत नगद  लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ ।

यस्तै, सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव छ । कम्पनीले प्रबन्धपत्र र नियमावली संशोधन गरी कम्पनीको प्रतिसेयर मूल्य १०० रुपैयाँलाई परिवर्तन गरी  मूल्य ५० रुपैयाँ कायम गर्ने प्रस्ताव पनि सभामा लैजाने भएको छ ।  
 

 

सोमबार १२ माघ २०७७ १०:४२ AM मा प्रकाशित

प्रतिक्रिया