अशोक लेलैण्डका १० वटा बसको च्यासिस हस्तान्तरण 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ फागुन ६, बिहीबार,०५:३६:PM  
अशोक लेलैण्डका १० वटा बसको च्यासिस हस्तान्तरण 

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्डले काठमाडौंमा एक कार्यक्रम गरी भाइकिङ २२२ मोडल बसका ग्राहकहरुलार्ई च्यासिसहरु हस्तान्तरण गरेको छ ।

व्यावसायिक भ्रमणका लागि नेपाल आएका प्रेसिडेन्ट इन्टरनेसनल अपरेसन संजय सारस्वतर सार्क राष्ट्रका रिजनल म्यानेजर तन्मय मित्रबाट संयुक्त रूपमा उक्त च्यासिसहरू हस्तान्तरण गरिएको हो ।

च्यासिस हस्तान्तरण कार्यक्रममा संक्षिप्त मन्तब्य दिँदै प्रेसिडेन्ट संजय सारस्वतले १० वटा बस एकैसाथ हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताए । उनले आफ्ना ग्राहकहरुसँग प्रत्यक्ष अन्तरक्रिया गर्न पाउनु कम्पनीका लागि अर्को महत्त्वपूर्ण प्रगति भएको उल्लेख गरेका थिए । 

नेपालमा भाइकिङ २२२ कोे बजारलाई अझै विकास गर्दै आक्रमक बनाउन सहयोग गर्नु भएकोमा ग्राहकहरुलाई प्रेसिडेन्ट संजयले धन्यवाद दिएका थिए । साथै, आगामी दिनहरुमा भाइकिङ २२२ लाई अझै बढी प्रवद्र्घन गरी सहयोग गरिदिएकोमा प्रेसिडेन्ट संजयले अनुरोध गरे ।

भाइकिङ २२२ रुट बसमाचल्ने बसमध्ये सबैभन्दा धेरै रुचाइएको बस हो । यसमा इनलाइन फ्युल पम्प हुनुका साथै एचसिरिज इन्जिन रहेको छ । जसले गर्दा इन्धन कम खपत हुन्छ । सबैभन्दा कम मर्मत खर्च लाग्छ । भाइकिङ २२२ मा ओभर ड्राईभ गियर बक्सले काम गर्ने भएको हुँदा १८० एचपीइन्जिनको साथमा द्रुत गतिको आरामदायी यात्रा गर्न सकिन्छ । रियर एर सस्पेन्शन, डाइरेक्ट ड्राइभ एसी, इनलाईन फ्युलपम्प साथै धेरै माइलेजले गर्दा यो गाडी अरु गाडीभन्दा फरक र बिश्वासिलो रहेको छ ।

नेपालमा हरेक लामो दुरी रुटमा भाइकिङ  गाडीहरु चल्दै आएका छन् । अत्याधिक मागअनुसार कम्पनीले ग्राहकलाई विशेष सर्भिस पनि दिँदै आएको छ । आफ्ना १३ वटा सर्भिस नेटवर्कबाट सर्भिस लिन सकिने हुँदा सजिलै पार्टस र सर्भिस पाउन सकिने कम्पनीले जनाएको छ ।
 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी बैङ्किङ बाट थप

Top