अटो रिक्सामा मुक्तिनाथ विकास बैंकको क्युआर सेवा सुरु

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ चैत १९, बिहीबार,१२:१६:PM  
अटो रिक्सामा मुक्तिनाथ विकास बैंकको क्युआर सेवा सुरु

काठमाडौं । पूर्वका अटो रिक्सामा मुक्तिनाथ विकास बैंकले क्युआर कोड सेवा सुरु गरेको छ । 

बैंकले गोपिगंज, टाँडी, धनकुटा र काँकडभिट्टाका विभिन्न रुटमा चल्ने अटो रिक्सामा क्युआर सेवा सुरु गरेको हो । यात्रुले भाडा बापतको रकम रिक्सामा भएको क्युआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । 

बैंकका शाखा प्रबन्धकले अटो रिक्साका चालकलाई प्रशिक्षण दिइसकेको बैंकले जनाएको छ । मुक्तिनाथले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेट्वर्कअन्तर्गत अन्य कुनै पनि  बैंकको एटीएमबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था रहेको छ । 

त्यसैगरी मोबाइल बैंकिङ, क्युआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामा रेमिट्यान्स जम्मालगायत कार्यहरू बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था छ । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top