काठमाडौं । ८ महिना अघिसम्म अर्थतन्त्र रिकभरीका सन्दर्भमा अर्थशास्त्री र उद्योगीबीच ठूलै मतभेद थियो । उद्योगीले नेपालको अर्थतन्त्र विशेष प्रकारको रहेको र छिट्टै रिकभर हुने बताइरहँदा अर्थशास्त्रीहरूले यू आधारमा रिभाइभ हुन पनि कठिन भएको उल्लेख गरिरहेका थिए ।
उद्योगीले अर्थतन्त्रको वास्तविक धरातल बुझेको र त्यसैका आधारमा छिट्टै पुरानो लयमा फर्किनेमा आशावादी थिए । त्यही भएर गत जेठदेखि नै उद्योगीले व्यवसायीको मनोवल उच्च भएकाले कोरोनाको असर लामो समयसम्म नपर्ने बताइरहेका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालको अर्थतन्त्रको ‘माइक्रो इकोनोमिक इन्डिकेटर’ बलियो रहेको र यसैका आधारमा अर्थतन्त्र छिट्टै रिभाइभ हुने अनुमान गरिएको बताए ।
‘तथ्य र तथ्यांकलाई हेर्दा अर्थतन्त्र पुरानो अवस्थामा फर्किन समय लाग्दैन भन्ने हाम्रो बुझाइ थियो, त्यस्तै पनि भयो,’ गोल्छाले भने, ‘एकातिर इकोनोमिक इन्डिकेटर बलियो हुनु र निजी क्षेत्रको मनोविज्ञान अन्य देशका निजी क्षेत्रको तुलनामा भिन्न हुनुको असर अर्थतन्त्रमा देखिएको हो ।’
उनका अनुसार हाम्रो देशको आर्थिक सूचकहरू अन्य देशको तुलनामा युनिक छन् । नेपाल ‘डेप्ट टु जीडीपी रेसियो’ विश्वमै कम भएको मुलुकमा पर्छ । त्यसबाहेक अन्तर्राष्ट्रिय अब्लिकेसनहरू सबै पूरा गर्नेमा पनि नेपाल अब्बल मुलुकमा छ ।
‘हाम्रो देशको शोधनान्तर स्थिति एकदमै राम्रो छ । कुनै पनि हिसावले हामीलाई समस्या रहँदैन । जुन अन्य देशमा धेरै ठूलो समस्या छ,’ गोल्छाले भने, ‘त्यसबाहेक नेपाली मुद्रा भारतीय रुपैयाँसँग पेग्ड छ । पेग्ड नहुँदा पनि अहिले नेपाली पैसाको स्ट्रेन्थ एकदमै उच्च छ । त्यसको कारण दुई तीनवटा छन् । हामी अति खुला मुलुक होइन । हामीसँग पर्याप्त मात्रामा विदेशी मुद्रा सञ्चिति रहेको अवस्था छ । यसले गर्दा पनि अर्थतन्त्रले पुरानो गति समाउन थालेको हो ।’
नेपाल राष्ट्र बैंकका अनुसार मूल्य वृद्धि वा रेमिट्यान्स आप्रवाहमा पनि नेपालको अवस्था एकदमै राम्रो छ । मूल्य वृद्धि अहिले पनि औसतमा ३ देखि ४ प्रतिशतमै रहेको छ । यसलाई अर्थतन्त्रको सबैभन्दा उत्तम पक्ष मानिन्छ । बेरोजगारी दर र मानव विकास सूचकाङ्कमा पनि नेपालको अवस्था सुधारिएको देखिन्छ ।
‘हाम्रो देशको शोधनान्तर स्थिति एकदमै राम्रो छ । कुनै पनि हिसावले हामीलाई समस्या रहँदैन । जुन अन्य देशमा धेरै ठूलो समस्या छ,’ गोल्छाले भने, ‘त्यसबाहेक नेपाली मुद्रा भारतीय रुपैयाँसँग पेग्ड छ । पेग्ड नहुँदा पनि अहिले नेपाली पैसाको स्ट्रेन्थ एकदमै उच्च छ । त्यसको कारण दुई तीनवटा छन् । हामी अति खुला मुलुक होइन । हामीसँग पर्याप्त मात्रामा विदेशी मुद्रा सञ्चिति रहेको अवस्था छ । यसले गर्दा पनि अर्थतन्त्रले पुरानो गति समाउन थालेको हो ।’
नेपालको अर्थतन्त्र तङ्ग्रिनुमा नेपालीसँग भएको जुझारुपन प्रमुख कारण हो । नेपालीहरूको सोचमा एकदमै परिवर्तन आएको छ । नेपालीसँग तुरुन्तै ‘पोजेटिभ माइन्डसेटमा’ जान सक्ने क्षमता छ । त्यसका अलवा नेपाली उद्योगी÷व्यवसायी जोखिम मोल्न सक्छन् । जोखिम लिएर व्यवसाय गर्न चाहन्छन् । इतिहासदेखि वर्तमानसम्म उद्योगी÷व्यवसायीले आफूलाई प्रमाणित पनि गरेको गोल्छाको भनाई छ ।
देशभित्र जस्तोसुकै परिवर्तन आए पनि अर्थतन्त्र अहिलेसम्म ‘नेगेटिभ वेमा’ गएको छैन् । श्रम सम्बन्ध बिग्रेको अवस्थामा पनि अर्थतन्त्र बिग्रेन । विश्वका कुनै पनि देशले यस्तो उदाहरण दिन सक्दैन । देशमा शान्ति सुरक्षाको ठूलो समस्या थियो । हरेक साता नेपाल बन्द हुन्थ्यो । त्यस्तो अवस्थामा पनि अर्थतन्त्र नेगेटिभतर्फ गएन ।
देश लामो समयसम्म ऊर्जा संकटबाट गुज्रियो । १४ घण्टासम्म लोडसेडिङमा बस्दा पनि देशको अर्थतन्त्रमा त्यसको कुनै असर नदेखिएको महासंघका अध्यक्ष गोल्छाको बुझाइ छ । ‘देशमा भूकम्प आयो । भूकम्पलाई उद्योगी÷व्यवसायीले अवसरको रुपमा लिएँ । त्यसपछिको दोस्रो वर्ष झण्डै १० प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सफल भएको मुलुकमा पर्छ नेपाल,’ गोल्छाले भने ।
देशमा विभिन्न खाले संकट आइपर्दा पनि नेपालका उद्योगी/व्यवसायी कहिल्यै निराश भएनन् । यसलाई अवसरको रूपमा बदलेर अघि बढेकै हुन् । देशमा लामो समयसम्म नाकाबन्दी भयो । त्यसलाई पनि उद्योगी/व्यवसायीले अवसरमा बदले । क्षणिक रूपमा अर्थतन्त्रलाई केही नोक्सान भयो होला । तर, त्यसको असर लामो समयसम्म नपरेको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले बताए ।
देशमा बन्दाबन्दी भएको बेला अधिकांश नेपालीले बैंकमा पैसा बचत गरे । पछि सरकारले विस्तारै लकडाउनलाई खुकुलो बनाएसँगै बैंकमा बचत गरेको पैसा खर्च हुन थाल्यो । र, त्यो पैसाले अर्थतन्त्रलै चलायमान बनाएको उद्योगी समेत रहेका मुरारका बताउँछन् ।
देशमा विभिन्न खाले संकट आइपर्दा पनि नेपालका उद्योगी/व्यवसायी कहिल्यै निराश भएनन् । यसलाई अवसरको रूपमा बदलेर अघि बढेकै हुन् । देशमा लामो समयसम्म नाकाबन्दी भयो । त्यसलाई पनि उद्योगी/व्यवसायीले अवसरमा बदले । क्षणिक रूपमा अर्थतन्त्रलाई केही नोक्सान भयो होला । तर, त्यसको असर लामो समयसम्म नपरेको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले बताए ।
‘अर्कोतर्फ अर्थतन्त्रलाई पुरानै लयमा फर्काउन बैंकको पनि ठूलो योगदान छ । केन्द्रीय बैंकले ब्याजदरमा ठूलो ‘रिल्याक्सेसन’ दिएको र अर्थतन्त्रमा त्यसको सकारात्मक असर परेको हो,’ उनले भने, ‘त्यसबाहेक नेपालका उद्योगी÷व्यवसायी अन्य मुलुकका व्यवसायी जसरी लगानी गरेका हुँदैनन् । हामीहरू ‘फाइनान्सियल्ली टाइटमा’ बसेका हुँदैनौ । त्यसले पनि अर्थतन्त्रलाई सकारात्मकतातर्फ अघि लगेको हो ।’
नेपाल जस्तो इकोनोमिमा रक्तसञ्चार भनेको पेट्रोलियम पदार्थ हो । कुनै समय नेपालीहरूले दिनभर लाइनमा लागेर ५ लिटर पेट्रोल किन्थे । तैपनि हाम्रो अर्थतन्त्र ऋणात्मक भएन । र अहिले कोभिड–१९ ले अर्थतन्त्रमा ठूलो समस्या देखा पर्यो ।
हरेक अर्थशान्त्रीले भनेका थिए ‘यू तथा भी आकारमा रिकभरी हुन्छ । यतिसम्म कि विश्व बैंकले समेत नेपालको अर्थतन्त्र ऋणात्मक हुन्छ भनेको थियो । तर, पछिल्लो प्रतिवेदनले अर्थतन्त्र ऋणात्मक नहुने देखाएको छ । त्यही भएर नेपालको अर्थतन्त्र भिन्न प्रकारको छ । विश्वका कुनै पनि मुलुकले यस्तो रिकभरी गरेको छैन् ।
दक्षिण एसियामा बंगलादेशको अर्थतन्त्र राम्रो गतिमा बढेको छ । कोभिडका बेला बंगलादेशको अर्थतन्त्र त्यति तल गएको थिएन । उसले मेन्टेन नै गरेको थियो । अहिले माथि उक्लिन थालिसकेको छ । भारतमा अर्थतन्त्रको अवस्था नाजुक बन्दै गएको छ । हामी कसरी यति चाँडै तङ्ग्रियौं त ?
यसका पछाडिका कारण– माइन्डसेट र माइक्रो इकोनोमिक इन्डिकेटर हुन् । नेपालीका मनोविज्ञान पनि अच्चमको छ । नेपालीहरू घर बेचेर आफ्ना बालबालिकालाई पढाउँछन् ।
कोही बिरामी पर्यो भने बैंकबाट ऋण लिएर उपचार गर्छन् । लगानी पनि गर्छन्, राम्रै्र खान्छन् । राम्रो लुगा लगाउँछन् । राम्रो गाडी चढ्ने प्रयास गर्छन् । यो नेपालीको एक प्रकारको मनोविज्ञान हो । यो मनोविज्ञान अर्थतन्त्रका दृष्टिकोणबाट एकदमै राम्रो मानिने अर्थविद्हरू बताँछन् ।
जुन देशको नागरिकमा बचतको मानसिकता हुन्छ ? त्यसले अर्थतन्त्रलाई चलायमान बनाउँदैन । अर्थतन्त्रमा बचत पनि चाहिन्छ । अधिक बचतको मानसिकतामा जाने वित्तिकै त्यसले अर्थतन्त्र ठूलो प्रभाव पार्छ । नेपालीहरूको आम्दानीको ८५ प्रतिशत खर्च हुन्छ । बचत गर्ने बानी नै छैन । यो अर्थतन्त्रका लागि सुखद् पक्ष अर्थविद्हरूको बुझाइ छ ।