समता र घरेलु लघुवित्त मर्जमा, वैशाख २ गतेदेखि एकीकृत कारोबार 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ चैत २५, बुधबार,१०:२६:AM  
समता र घरेलु  लघुवित्त मर्जमा, वैशाख २ गतेदेखि एकीकृत कारोबार 

काठमाडौं । समता लघुवित्त वित्तीय संस्था लिमिटेड र घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको वैशाख २ गते बिहीबारबाट एकीकृत कारोबार हुने भएको छ । यी दुई लघुवित्तको मर्जरपछि बनेको ‘समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नाममा एकीकृत कारोबार हुन लागेको हो । 
 
दुवै संस्थाले पुस १४ गते बसेको वार्षिक साधारणसभाबाट मर्जरसम्बन्धी प्रस्ताव पारित गरेका थिए । नेपाल राष्ट्र बैंकले यी दुई लघुवित्तलाई चैत १० गते मर्जरका लागि अन्तिम स्वीकृति दिएको थियो । मर्जरपछि बनेको समता घरेलु लघुवित्तको रजिष्टर्ड कार्यालय बनेपा नगरपालिकामा रहने भएको छ । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top