मङ्गलबार, जेठ ४ २०७८ ०९:५५ AM

×

एलभिनेङ्गका इलेक्ट्रिक स्कुटर नेपाली बजारमा, १५ रुपैयाँको विद्युत खपतमा ८० किमि यात्रा

images

काठमाडौं । त्रिपुरेश्वरमा रहेको जम्बो इको भेहिकलले ब्याट्रीबाट चल्ने दुई ब्रान्डका चार मोडलका स्कुटर नेपाल भित्र्याएको छ । जम्बोले इलेक्ट्रिक स्कुटर कम्पनी एलभिनेङ्ग ब्रान्डका ‘एक्सआइ’ र ‘एस५’, जम्बो ब्रान्डका डि०६ र एम२० मोडलका इलेक्ट्रिक स्कुटर भित्र्याएको हो ।

कम्पनीका अनुसार स्कुटरमा ३ घण्टामा फूल चार्ज गर्न सकिने सामसङ ब्याट्री जडान गरिएको छ । डुअल ब्याट्री विकल्पमा रहेकोले १ सय ६० किमिसम्मको यात्रा गर्न सकिन्छ । स्कुटरको मोटर, ब्रेक र स्पिड कन्ट्रोलरमा समस्या आए डिस्प्लेमा देखिने धएकाले पनि यस्तो लोकप्रियता बढ्ने कम्पनीको दाबी छ । इको भेकल्स प्रालिका बिक्रेता नारायण गौतमका अनुसार उक्त स्कुटरमा पावर, पर्फमेन्स, फिचर्स र मूल्य प्रतिस्पर्धी ब्रान्डको तुलनामा र प्रयोग भएका पार्टपुर्जा उत्कृष्ट छन् ।

एक्सआइ मोडलमा २०२० र एसफाइभ मोडलमा ३००० वाटका बीओएससीएच मोटर जडान गरिएको छ । त्यस्तै जम्बो ब्रान्डको डि०६ र एम२०मा क्रमशः २००० वाट र १५०० वाटका मोटर जाडान गरिएको छ । बीओएससीएच कम्पनीको यो मोटरमा लामो समय काम गर्ने क्षमता, उच्च भिरालोमा पनि याे स्कुटर लान सकिन्छ । सामसङ ब्याट्री जडान गरिएका साे स्कुटरमा ३ घण्टामा फूल चार्ज गर्न हुन्छन् ।

एक्सआइ स्कुटरको मूल्य २ लाख ६० हजार, एस५को २ लाख ९९ हजार ९ सय ९९ पर्छ । त्यस्ते डि०६ र एम २०को क्रमशः २ लाख ३५ हजार र १ लाख ८५ हजार मूल्य तोकिएको छ । यी स्कुटरमा डबल ब्याट्री राख्न चाहेमा ६० हजार थप गर्नुपर्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीकाअनुसार ती स्कुटर १५ रुपैयाँ बराबरको विद्युत खपत गरेर ८० किलोमिटर गुड्नसक्छन् ।

 

बिहीबार ९ बैशाख २०७८ ०३:५५ PM मा प्रकाशित

प्रतिक्रिया