काठमाडौं । बैंकलाई ब्रोकर लाइसेन्स नदिन लबिङ गर्दै आएका ब्रोकर कम्पनीहरुको दिनको सेयर कारोबारबाट औसत कमाई २८ लाख रुपैयाँभन्दा बढी छ । बिना लगानी ब्रोकर कम्पनीले दैनिक लाखौं रुपैयाँ आम्दानी गर्दा पनि नियामक निकाय धितोपत्र बोर्ड कमिसन घटाउन आलटाल गरिरहेको छ ।
सेयर कारोबारले दैनिक रूपमा नयाँ रेकर्ड राखिरहेका बेला बोर्डले कमिसन नघटाएर ब्रोकरलाई सहयोग गरिरहेको छ । बिहीबार ६ अर्ब ११ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो । बुधबार पनि झन्डै ५ अर्ब हाराहारी नै कारोबार भएको थियो । कारोबार रकमले नयाँ रेकर्ड बनाइ रहँदा पनि बोर्डले हालको कमिसनको दरलाई घटाउन चासो दिएको छैन ।
यो पनि हेर्नुहोस
प्रतिब्रोकर कम्पनीको भागमा ३८ हजार सेयर लगानीकर्ता
नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले उपलब्ध गराएको तथ्यांकलाई विश्लेषण गर्दा एउटै ब्रोकर कम्पनीले बिहीबार मात्रै २८ लाख रुपैयाँ कमाई गरेका छन् । यसमा सरकालाई बुझाउने १५ प्रतिशत टीडीएस, नेप्सेलाई बुझाउने कमिसन र धितोपत्र बोर्डले लिने कमिसन जोडिएको छैन । २८ लाख रुपैयाँ ५८ नम्बर ब्रोकर कम्पनीको बिहीबारको मात्र कमाई हो ।
ब्रोकर कमिसन नघटाउन नेपाल स्टक ब्रोकर एसोसिएसन लागिपरेको छ भने त्यसलाई नियामक निकायले भरपुर सहयोग गरिरहेको छ । त्यही भएर हाल कामय भएको ब्रोकर कमिसन पुनरावलोकन भएको छैन् ।
यो पनि हेर्नुहोस
ब्रोकरको गुणस्तरहीन सेवाबाट आजित लगानीकर्ता, १० दिनसम्म पनि किनेको सेयर खातामा आउँदैन
यद्यपि, बोर्डका अध्यक्ष भीष्म ढुङ्गानाले हालको कमिसन दर हेरफेर हुने बताएका छन् । तिहारपछि लगत्तै कमिसन दर घटाउने बताए पनि अहिलेसम्म यस बारेमा छलफल भएको छैन ।
नेप्सेले उपलब्ध गराएको तथ्यांकअनुुसार ५८ नम्बर ब्रोकर कम्पनीले बिहीबार मात्रै ८४ करोड ६७ लाख ७४ हजार ५ सय ६० रुपैयाँको कारोबार गरेको छ । बोर्डले ५ प्रकारको कमिसन दर कायम निर्धारण गरेको छ ।
यो पनि हेर्नुहोस
‘ब्रोकर कमिसन घट्दैमा सेयर बजार बढ्छ भन्ने कुरा गलत सावित भएको छ’सन्तोष मैनाली
लगानीकर्ताका अनुसार ५८ नम्बर ब्रोकरको अधिकांश कारोबारमा शून्य दशमलव ५५ प्रतिशत कमिसन लाग्छ । बिहीबारकै कारोबारलाई आधार मान्दा ५८ नम्बर ब्रोकरले कमिसनबापत ४२ लाख आम्दानी गरेको छ । त्यसमा नेप्से कमिसन २० प्रतिशत लाग्छ । त्यो भनेको ३३ लाख रुपैयाँ हुन आउँछ ।
३३ लाखमा १५ प्रतिशत टीडीएस सरकारले लिन्छ । त्यो भनेको ३३ लाख रुपैयाँबाट सरकारले ५ लाख रुपैयाँ कर लिन्छ । बाँकी रहेको २८ लाख एउटा ब्रोकरको एक दिनको कमाई हो ।
यो पनि हेर्नुहोस
ब्रोकर कमिसन घटाउँदै धितोपत्र बोर्ड, कात्तिकपछि आवश्यक निर्णय लिँदै
बिना लगानी, पाँच जना कर्मचारी राखेको भरमा दैनिक रूपमा लाखौं रुपैयाँ कमाई घट्ने भएपछि ब्रोकर कम्पनी सञ्चालहरु मिलेरै बोर्ड नेतृत्वलाई प्रभावमा पारिरहेका छन् ।
सरकारले बनाइदिएको संरचना आफूले चलाउने र महँगो कमिसन लिएर लगानीकर्तालाई मर्कामा पार्दासमेत बोर्डले कमिसन घटाउन कुनै चासो दिएको छैन । छिमेकी भारतमा शुन्य कमिसनमा ब्रोकरहरुले सेयर कारोबार गर्न थालेका छन् ।
