बजार जब हरेक दोस्रो दिन नयाँ उचाइतर्फ लाग्न थाल्छ, तब कतिपय लगानीकर्ता सेयर मार्केट तथा म्युचुअल फन्डमा लगानी गर्न पुग्छन् । म्युचुअल फन्डबाट बढी प्रतिफल पाउने आसमा कतिपय लगानीकर्ता ‘विनर्स’को खोजी गर्छन् ।
धेरैजसो ‘डु इट योरसेल्फ’ लगानीकर्ताले राम्रो प्रदर्शन गर्ने स्किम छान्न सक्छन् । अर्थात् यस्तो स्किममा पैसा हाल्छन्, जसले बितेको वर्ष सबैभन्दा बढी प्रतिफल दिएको छ । यस्तो कदम चाल्नुको कारण अत्यन्त सरल छ– जो पहिला सफल थियो, त्यो भविष्यमा पनि सफल नै हुनेछ ।
अहिले जब नेप्से २६८८ काे हाराहारीमा छ, के यस्तो बेला लगानी गर्न ठीक हुन्छ त ? कुनै–कुनै बजार व्यवस्थापकले त कस्तो सल्लाह दिन्छन् भने जुन कम्पनीको तथ्याङ्क देखाएर लगानीकर्तालाई सजिलो हुन्छ, त्यहीँ पैसा लगाउन तिनले प्रेरित गर्छन् ।
प्रश्न उठ्छ, के गत वर्ष राम्रो प्रदर्शन गरेको योजनामा लगानी गर्नेहरूलाई साँच्चिकै फाइदा हुन्छ ? के म्युचुअल फन्ड स्किममा विगत वर्षको प्रदर्शनको आधारमा निर्णय लिनुहुन्छ ?
तपाईँ बितेको वर्षको प्रदर्शन हेरेर लगानी गर्न सहि मान्नु हुन्छ भने यस प्रश्नको उत्तर दिनुस् कि के तपाईँ पछाडि हेर्ने सिसाको मद्दतले गाडी चलाउनुहुन्छ ? लगानीको नियम पनि पछाडि फर्किएर हेर्दैमा सही हुन्छ भन्ने हुँदैन ।
विगतको प्रदर्शनका आधारमा मात्र लगानी गर्न विल्कुल हुन्न । अब प्रश्न यो उठ्छ कि, अरूभन्दा बढी राम्रो प्रतिफल दिने स्किम अथवा कम्पनी कसरी चिन्ने त ? एउटा पुराने किम्बदन्ती छ, घोडामा होइन घोडासवारीमा बाजी लगाउनुस् । यो कुरा लगानीमा पनि ठ्याक्कै मिल्छ र तपाईँले कुन फन्डमा हैन बरु म्यानेजरमा पैसा लगाउनुस् । म्यानेजर रोज्न पनि गत वर्षको प्रदर्शनलाई मात्र आधार बनाउनुहुँदैन ।
फिलोसफी र स्टाइल, म्यानेजर र सम्पति व्यवस्थापन कम्पनीको क्षमता, प्रदर्शनमा निरन्तरता र म्यानेजरको दृष्टिकोणलाई मनन् गर्नु फाइदाजनक हुन्छ । माथिका चार तत्वका आधारमा तपाईँ फन्ड म्यानेजरको इन्भेस्टमेन्ट स्टाइल थाहा पाउन सक्नुहुन्छ । विभिन्न अवधि र स्किमहरूकाबीच फन्ड म्यानेजरको कार्यक्षमताको मू्ल्याङ्कन गर्न सकिन्छ ।
सही स्किमको छनोट भइसकेपछि दीर्घकालीन समयका लागि राम्रो वेल्थ क्रिएसनमा मद्दत पाइन सक्छ । हुन त सही फन्ड म्यानेजर चुन्न सकियो भने तपाईँको सम्पति निकै बढ्छ ।
त्यसकारण आगामी दिनमा यो कुराको हेक्का रोख्नुहोला कि, बितेको दिनमा गरिएको राम्रो कार्यसम्पादनले भविष्यमा पनि राम्रै गर्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन ।