काठमाडौं । आन्तरिक उडानमा विद्युतीय बस प्रयोग गर्ने पहिलो एयरलाइन्सको रुपमा गुण एयरलाइन्स बनेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई वातावरण अनुकुल बनाउने उद्धेश्यका साथ यात्रु ओसारपसारका लागि प्रयोग गर्न गुण एयरलाइन्सले दुई वटा विद्युतीय बस प्रयोगमा ल्याएको हो ।
आफ्नै ब्राण्डमा फकिएपछि पहिलो पटक एयरलाइन्सले शुक्रबारबाट नियमीत उडान सुरु गरेको छ ।
दुइवटा बिचक्राफ्ट र थप गरिएको पाँच वटा जेट्स्ट्रीम सहित कुल सात वटा जहाज बाट उडान थाल्ने क्रममा बिच एअरक्राफ्टद्वारा भरतपुर बाट उडान शुरु गरेको हो।
आगामी केही दिनभित्र नै थप गरिएको जेट्स्ट्रीम जहाजद्वारा पनि हवाइ उडान थाल्ने एयरलाइन्सका प्रवक्ता एवम बजार तथा बिक्रि प्रमुख प्रज्वल थापाले जानकारी दिए ।
![](https://www.capitalnepal.com/uploads/photos/2078/bhadau/241415095-876534976624342-1765088779218648678-n.jpg)
उडानको सुरुवातमा काठमाडौबाट पोखरा र भरतपुर (चितवन)को उडान सुरु भएको हो । उडानको केही दिनपछी नै अन्य गन्तव्य सिमरा, भैरहवा , तुम्लिङटार ,जनकपुर , नेपालगन्ज , सुर्खेत र बिराटनगरको लागि उडान भर्नेगरि तयारी गरिएको उनले बताए ।
नेपाली हरुको महान चाड दशैलाइ लक्षित गर्दै आफूहरु यात्रुहरुलाई सुरक्षित र भरपर्दो हवाइ सेवा सुबिधा दिन कुनै कसर बाकी नराख्ने थापाको भनाई छ ।
‘कोभिड महामारीको बीच आफू हरु नेपाली यात्रुहरुका लागि सेवा दिन तयार रहेको र वर्तमान हवाइ भाडादरको चर्को प्रतिस्पर्धामा आफुहरु पनि उत्रेर गुणस्तरिय हवाइ सेवा दिन त्यसै अनुसारको तयारी थालेको छौ’,प्रवक्ता थापाले भने ।