काठमाडौं । माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माणका लागि लगानी जुटाउन अपी पावर कम्पनी लिमिटेडले दोस्रो हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
नेपाल धितोपत्र बोर्डबाट ५६ करोड ७० लाख रुपैयाँ मात्र अनुमति पाएपछि अपीले दोस्रो पटक १ अर्ब ६५ करोड ३० लाख रुपैयाँको हकप्रद सेयर निष्कासन गर्न तयारी थालेको हो । हालै बोर्डले स्वीकृति दिएको ५६ करोड ७० लाख रुपैयाँ निष्कासन हुँदै छ ।
दोस्रो हकप्रद सेयर निष्कासन गर्न अपीले आगामी चैत ७ गते हुने १६ औं वार्षिक साधारणसभामा विशेष प्रस्ताव पेश गर्ने भएको छ । कम्पनीले थप १ अर्ब ६५ करोड ३० लाख रुपैयाँ हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव साभामा पेश गर्ने सञ्चालक सतिश न्यौपानेले जानकारी दिए ।
अपी पावरले ४० मेगावाटको माथिल्लो चमेलिया आयोजना बनाउने, ७४० करोड लगानी गर्ने योजना
उनले दुबै हकप्रद सेयरबाट संकलन हुने रकम ४० मेगावाटको माथिल्लो चमेलिया आयोजनामा लगानी गर्ने बताए । कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव सभाले पारित गर्ने छ ।
५६ करोड हकप्रद सेयर निष्कासन र बोनस सेयर वितरणपछि अपीको चुक्तापुँजी १ अर्ब ८१ करोड ७२ लाख रुपैयाँ पुग्ने छ । यसपछि ०.९० प्रतिशत दोस्रो हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
विद्युत नियमन आयोगको सिफारिसमा कम्पनीलाई चरण चरण गरी आयोजना निर्माणको लागि हकप्रद जारी गर्ने निर्णय गरेपछि कम्पनीले दोस्रो पटक हकप्रद सेयर निष्कासन गर्न साधारणसभामा विशेष प्रस्ताव पेश गर्न लागेको हो ।
अपी पावरले माथिल्लो चमेलिया आयोजना बनाउन हकप्रद सेयर निष्कासन गर्न पायो अनुमति
अपीले ८.५ मेगावाटको माथिल्लो नौगाड र ८ मेगावाटको नौगाड आयोजनाबाट विद्युत उत्पादन गरिरहेको छ । आयोजना आगामी ३ वर्ष अर्थात २०७९ मा सम्पन्न गर्ने अपीको लक्ष्य छ ।
आयोजना बनाउन ७ अर्ब ४० करोड रुपैयाँ लाग्ने अनुमान छ । जसअनुसार ३० प्रतिशत अर्थात २ अर्ब २२ करोड रुपैयाँ सेयर लगानी र बाँकी ५ अर्ब १८ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको ऋण लगानी हुने छ ।
आयोजनाबाट २६ करोड ४१ लाख युनिट बिजुली उत्पादन हुने छ । आयोजनाबाट हिउँदमा ३० र वर्षादमा ७० प्रतिशत ऊर्जा उत्पादन हुने छ । आयोजनाबाट उत्पादन हुने बिजुली १३२ केभी बलाँच सवस्टेशनमा जोडिने छ ।
अपीले चमेलियाबाट उत्पादन हुने बिजुली नेपाल विद्युत प्राधिकरणसंग खरिदबिक्री सम्झौता (पीपीए) गरिसकेको छ । विद्युत विकास विभागबाट पनि विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) प्राप्त गरिसकेको छ ।
माथिल्लो चमेलिया आयोजनामा लगानी जुटाउन अपी पावरले २२८ करोडको हकप्रद सेयर निष्कासन गर्दै
चमेलिया आयोजना दार्चुलाको अपी हिमाल गाउँपालिकामा पर्छ । आयोजनाको मुल संरचना चमेलिया खोलाको बायाँ किनारमा पर्छ । बाँध अपी गाउँपालिका र विद्युतगृह मार्मा गाउँपालिकामा रहेको छ ।