काठमाडौं। नेपालका बैंक तथा वित्तीय संस्थाका कार्यालयमा पस्नासाथ जोकोहीलाई लाग्न सक्छ- बैंक महिला कर्मचारीले धानेका छन्। बैंक काउन्टर होस् या प्रमुख कार्यकारी अधिकृत (सिईओ), सञ्चालक अध्यक्ष वा उच्च ओहाेदाका अधिकारीको सचिवालमा बसेका ९० प्रतिशत कर्मचारी महिला नै हुन्छन्।
यस कारणले बैंकिङ क्षेत्र महिला कर्मचारीले धानेका हुन् कि भनेर गैरबैंकिङ क्षेत्रकाले सोच्नु स्वाभाविकै हो।
तर, बैंकिङ क्षेत्रमा महिला कर्मचारी धेरै कम छन्। नेपाल बैंकर्स संघकाे पछिल्लो तथ्यांक हेर्ने हो भने सञ्चालनमा रहेका २० वाणिज्य बैंकमा पुरुष कर्मचारीको बहुमत छ। हाल वाणिज्य बैंकमा ४० हजार ६०३ कर्मचारी कार्यरत छन्। यीमध्ये ४०.८९ प्रतिशत महिला र ५९.११ प्रतिशत पुरुष कार्यरत छन्। यो तथ्यांक औसतमा रहेको देखिन्छ।
संविधानले हरेक क्षेत्रमा ३३ प्रतिशत महिलाको स्थान सुनिश्चित गरेको छ। तर, संस्थागत रुपमा हेर्ने हो भने बैंकिङ क्षेत्रमा संविधानको सुनिश्चिताअनुसार महिला उपस्थिति कम छ।
बैंकको तथ्यांक हेर्दा कृषि विकास बैंक र एभरेष्ट बैंकमा महिला कर्मचारी अनुपात ३३ प्रतिशतभन्दा कम छ। कुल २३ सय ७१ कर्मचारी रहेको कृषि विकासमा महिला कर्मचारी ३२.४८ प्रतिशत र ११ सय १४ कर्मचारी रहेको एभरेष्ट बैंकमा महिला कर्मचारी अनुपात ३२.५५ प्रतिशत छ।
नेपालमा रोजगारीका हिसाबले आकर्षितमध्ये बैंकिङ क्षेत्र पनि एक हो। तुलनात्मक रुपमा तलबभत्तालगायत अन्य सेवा सुविधा बैंकिङमा अरू क्षेत्रभन्दा राम्रो हुन्छ।
सञ्चालनमा रहेका वाणिज्य बैंकमध्ये कुल कर्मचारीमा महिलाको अनुपात सबैभन्दा बढी प्रभु बैंकमा ४७.०६ प्रतिशत छ। साथै, एनआईसी एशियामा ४६.०३ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगामा ४५.८८ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्डमा ४५.२१ प्रतिशत, नेपाल बैंकमा ४२.४४ प्रतिशत, सिटिजन्स बैंकमा ४२.४४ प्रतिशत र हिमालयन बैंकमा ४१.३८ प्रतिशत महिला कर्मचारी छन्। अन्य १० वटामा ३३ प्रतिशतमाथि ४० प्रतिशतसम्म महिला कर्मचारी कार्यरत छन्।

संख्यात्मक रुपमा सबैभन्दा बढी महिला कर्मचारी एनआईसी एशिया बैंकमा १६ सय ४८ जना, प्रभु बैंकमा १४ सय ८६ जना, नेपाल इन्भेटमेन्ट मेगा बैंकमा १४ सय ३७ जना, ग्लोबल आईएमई बैंकमा १२ सय ३४ जना र कुमारी बैंकमा ११ सय ६७ जना महिला कर्मचारी कार्यरत छन्। बाँकी १५ वटामध्ये ११ वटामा पाँच सयमाथि एक हजारसम्म र चार वटामा दुई सयमाथि पाँच सय जनासम्म महिला कर्मचारी कार्यरत छन्।
व्यवहारिक कठिनाइमा बैंकिङ क्षेत्र छाड्दै महिला
नेपालमा रोजगारीको हिसाबले आकर्षित क्षेत्रमध्ये बैंकिङ क्षेत्र एक हो। तुलनात्मक रुपमा तलब भत्तालगायत अन्य सेवा सुविधा बैंकिङ क्षेत्रमा अरू क्षेत्रभन्दा राम्रो हुन्छ। व्यवस्थापन संकायसँगै चार्टर्ड एकाउन्टेन्सी (सिए) अध्ययनरत अधिकांश व्यक्तिको लक्ष्य बैंकको जागिरे हुन्छ।
यस्तै, आकर्षणमा बैंकिङ क्षेत्र तल्लो तहबाट जागिर सुरु गरेका महिला उच्च ओहदामा पुग्ने क्षमता भएर पनि पुग्न सकिरहेका छैनन्। अधिकांश वाणिज्य बैंकको उच्च पदस्थमा पुरुष कर्मचारी बढी देखिन्छ।
सञ्चालनमा रहेका कुनै पनि वाणिज्य बैंकहरूको माथिल्लो पदमा महिला कर्मचारी छैनन्। उच्च व्यवस्थापन कमिटी, विभागिय प्रमुख तथा प्रदेश प्रमुख जस्ता नेतृत्वदायी भूमिका निर्वाह गर्ने स्थानमा अधिकांश वाणिज्य बैंकमा कम मात्रामा महिला देख्न सकिन्छ।
तल्ले तहबाट जागिर सुरु गरेका वा अधिकृत तहमा जागिर सुरुवात गर्ने महिलाहरु विवाह र बच्चा तथा अन्य व्यवहारिक कारणले बीचमै जागिर छाड्ने बढी रहेको लक्ष्मी सनराइज बैंकका सहायक महाप्रबन्धक भारती पाण्डे बताउँछिन्।
‘धेरै जसो क्षेत्रमा अहिले महिला र पुरुषबीचको लैंगिक विभेद देखिँदैन तर, बैंकिङ क्षेत्रमा पनि प्रवेश गर्ने महिला पुरुष बराबर नै हुन्छन्,’ उनले क्यापिटल नेपालसँग भनिन्, ‘तर, विवाहपछि बच्चा भएर होस् वा अन्य कारणले बीचमै जागिर छाड्ने महिला बैंकरहरू धेरै छन्, त्यसले गर्दा बैंकहरूमा पुरुषभन्दा महिला कर्मचारी कम र उच्च तहमा पनि कम भएका हुन्।’
सामान्य अवस्थामा महिला र पुरुष कर्मचारीको उत्पादकत्व बराबर हुने तर महिलाको विवाह गरिसकेपछि वा बच्चा भएपछि उत्पादकतव घट्ने उनको अनुभव छ।
शैक्षिक योग्यता, कार्य क्षमतामा महिला कर्मचारी पनि पुरुषभन्दा अब्बल भए पनि उनीहरूलाई परिवार सम्हाल्नुपर्ने जिम्मेवारी महत्वपूर्ण हुन आउँछ। जसका कारण करियरलाई उचाईमा पुर्याउन समस्या हुने उनको भनाइ छ।
बैंकको जागिर सुरक्षित र भरपर्दाे हुनुका साथै आकर्षक तलब र भत्ता हुने भएकाले युवतीहरु यो क्षेत्रमा आकर्षित हुन्छन्। सामान्य अवस्थामा महिला र पुरुष कर्मचारीको उत्पादकत्व बराबर हुने तर महिलाको विवाह गरिसकेपछि वा बच्चा भएपछि उत्पादकतव घट्ने उनको अनुभव छ।

‘जब गर्भवती हुन्छन् र बच्चा जन्माउँछन् उनीहरूले जागिरलाई निरन्तरता दिन सक्दैनन्, सुत्केरी बिदा बसेर नफर्किने महिला धेरै हुन्छन्, महिलालाई क्षमताअनुसारको काम गर्ने वातावरण सिर्जना कार्यालयसँगै परिवारले पनि गरिदिनुपर्ने हुन्छ,’ उनले भनिन्।
महिलालाई प्रकृतिदेखि सामाजिक परिबन्धका कारणले क्षमता भए पनि पुरुष सरह समय दिएर काम गर्न समस्या हुन्छ। तर, कतिपय बैंकहरूले महिला पुरुषलाई समान नीति नियमले बाँध्न जागिर छोड्नु्पर्ने बाध्यता भएको एभरेष्ट बैंकमा कार्यकारी अधिकृत सुदेश खालिङ बताउँछन्।
‘कुनै समय अबेरसम्म कार्यालयमै बस्नुपर्ने हुन्छ, सरुवा भएर अनिवार्य रुपमा आफ्नो गृह जिल्ला बाहिर जानु पर्दा जागिर छाड्ने पनि हुन्छन्,’ बैंकका सिइओ खालिङले भने, ‘हाम्रो बैंकमा पनि २/२ वर्षमा अनिवार्य सरुवा हुन्छ, यसले पनि धेरैलाई समस्या भएको पाइएको छ, समस्या भएर बीचमै जागिर छाड्ने हुँदा अवकाश हुने महिला कर्मचारी नगन्य हुन्छन्।’
महिलाहरूले बैंकमा कार्यालय सहयोगीदेखि प्रमुख कार्यकारी अधिकृतसम्मको जिम्मेवारी सम्हालिसकेका छन्। उनीहरूलाई सम्बन्धित बैंकले पनि काम गर्ने वातावरण सहज बनाइदिए बैंकको उच्च तहमा धेरै महिलाहरू पुग्न सक्ने उनको भनाइ छ।
घरबाहिर महिलाहरू असुक्षित भएका विभिन्न घटनाका कारण परिवारका महिला सदस्यहरूलाई काममा पठाउन धेरै सोच्नुपर्ने स्थिति सृजना हुँदा सरुवा भएको अवस्थामा महिला कर्मचारीले जागिर छाड्ने गरेको उनको भनाइ छ।
‘महिलाहरू पुरुषभन्दा पनि क्षमतावान हुन्छन्, उनीहरूलाई सहज वातावरण भए धेरै राम्रो कामको रिजल्ट दिन्छ, एभरेष्टले पनि महिला मैत्री कार्यस्थल निर्माणमा धेरै कुरा सुधार गरिरहेको छ, अन्य बैंकहरू पनि महिलालाई सहज हुने वातावरण बनाउँदा राम्रो हुन्छ, बैंकिङ क्षेत्रमा राम्रो आम्दानी, सामाजिक प्रतिष्ठासँगै सुरक्षित हुँदा महिलाका लागि यो क्षेत्र उपयुक्त हुन्छ,’ उनले भने।
नेपाली समाजमा आज पनि छोरी-बुहारीलाई घरबाहिरको काम गर्न जान अनुमति दिँदैन। घरबाहिर महिलाहरू असुक्षित भएका विभिन्न घटनाका कारण परिवारका महिला सदस्यहरूलाई काममा पठाउन धेरै सोच्नुपर्ने स्थिति सृजना हुँदा सरुवा भएको अवस्थामा महिला कर्मचारीले जागिर छाड्ने गरेको उनको भनाइ छ।
उच्च पदमा महिला नगन्य
सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूमध्ये ९ वटामा ६० प्रतिशतभन्दा बढी पुरुष कर्मचारी कार्यरत छन्। जसमा कृषि विकास, एभरेष्ट, नेपाल एसबिआई, सानिमा, सिद्धार्थ, लक्ष्मी सनराइज, राष्ट्रिय वाणिज्य, कुमारी र नबिल बैंकमा ६० प्रतिशतमाथि पुरुष कर्मचारी कार्यरत छन्। उल्लेखितमा महिला कर्मचारी न्यून मात्रै नभएर ८० प्रतिशत बैंकको उच्च व्यवस्थापनमा महिलाको उपस्थिति छैन।
कृषि विकास बैंकः वाणिज्य बैंकमध्ये सबैभन्दा बढी अनुपातमा पुरुष कर्मचारी कृषि विकास बैंकमा रहेका छन्। बैंकमा कुल २३ सय ७१ जना कर्मचारीमा ६७.५२ प्रतिशत पुरुष कर्मचारी कार्यरत छन्। बैंकमा महिला कर्मचारी ३२.४८ प्रतिशतमात्रै रहेका छन्।
समग्रमा महिला कर्मचारी न्यून मात्रै नभएर बैंकको उच्च व्यवस्थापनमा पनि कम उपस्थिति छ। विभागीय प्रमुखमध्ये २ वटा विभागीय प्रमुखमा र २ वटा प्रदेश प्रमुखमा महिला कर्मचारी छन्।
जसमा कृषि विकास बैंकको कृषि कर्जा तथा परियोजना व्यवस्थापन विभागमा (एग्रिकल्चर क्रेडिट एण्ड प्रोजेक्ट म्यानेजमेन्ट डिपार्टमेन्ट हेड) निकु आचार्य र अनुपालन विभाग (कम्प्लाइन्स डिपार्टमेन्ट हेड)मा रुक्मिनी भट्ट छिन्। साथै, बागमती प्रदेश प्रमुख समृद्धि कार्की र लुम्बिनी प्रदेश प्रमुख बिना शर्मा रहेकी छिन्।
साथै, बैंकको उच्च व्यवस्थापनमा र प्रदेश महिलाको उपस्थिति छैन। विभागीय प्रमुखमा भने सामान्य सेवा विभाग प्रमुख प्रज्ञा ढकाल रहेकी छिन्।
एभरेष्ट बैंकः धेरै पुरुष कर्मचारी हुनेमा एभरेष्ट बैंक दोस्रो नम्बरमा रहेको छ। बैंकमा कुल ११ सय ४९ जना कर्मचारीमध्ये पुरुष ६७.४५ प्रतिशत र महिला ३२.५५ प्रतिशत रहेका छन्। एभरेष्टमा पनि कर्मचारी अनुपात महिलाको न्यूनसँगै उच्च व्यवस्थापनमा पनि महिलाको उपस्थिति छैन। बैंकको विभागीय प्रमुखमध्ये बजार व्यवस्थापन तथा संस्थागत निक्षेप विभागमा अञ्जु पौडेल र बागमती प्रदेश प्रमुखमा अञ्जु शर्मा रहेकी छिन्।
नेपाल एसबिआई बैंकः वाणिज्य बैंकहरुमध्ये धेरै पुरुष कर्मचारी राख्नेको तेस्रो नम्बर सूचीमा नेपाल एसबिआई बैंक रहेको छ। बैंकमा कुल ९ सय ४३ कर्मचारी रहेकोमा ६६.७० प्रतिशत कर्मचारी पुरुष छन्। बाँकी ३३.३० प्रतिशत मात्रै महिला कर्मचारी छन्।
साथै, बैंकको उच्च व्यवस्थापनमा र प्रदेश महिलाको उपस्थिति छैन। विभागीय प्रमुखमा भने सामान्य सेवा विभाग प्रमुख प्रज्ञा ढकाल रहेकी छिन्।
सानिमा बैंकः यो बैंकको पनि उच्च व्यवस्थापनमा महिलाको उपस्थिति छैन। प्रदेश प्रमुख पनि सबै पुरुषहरू छन्। तर, ४ वटा विभागमा प्रमुख महिलाहरू छन्। यद्यपि, बैंकमा कुल ११ सय ५० जना कर्मचारीमध्ये ३६.८७ प्रतिशत मात्रै महिला कर्मचारी छन्।
