काठमाडौं। जलविद्युत उत्पादनमा आशा लाग्दो वृद्धि देखिएको अवस्थामा नेपालले प्रि-मनसुनको मौसममा भारततर्फ विद्युत निर्यात गर्न थालेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार गत शनिबार राति १२ बजेदेखि भारतको इनर्जी एक्सचेन्ज मार्केटमा नेपाली विद्युत निर्यात सुरु भएको हो।
प्राधिकरणका प्रवक्ता राजाभाई शिल्पकारका अनुसार प्रारम्भिक चरणमा नेपालबाट १५० देखि २०० मेगावाटसम्म विद्युत निर्यात भइरहेको छ। ‘शनिबारबाट नै विद्युत निर्यात भइरहेको छ, शनिबार २०० मेगावाट, आइतबार १५० मेगावाट र सोमबार १७० मेगावाट निर्यात भएको छ,’ प्रवक्ता शिल्पकार भने।
उनका अनुसार प्रायः बिहान र रातिको समयमा विद्युत निर्यात भइरहेको छ। दिउँसोको समयमा अझै पनि भारतबाट आयात जारी छ। कारण, दिउँसोको समयमा जलविद्युत उत्पादन तुलनात्मक रूपमा कम हुने हुँदा आन्तरिक माग पूरा गर्न आयात आवश्यक पर्छ।
प्रतिनिधिसभा पूर्वाधार विकास समितिको बुधबार बसेको बैठकमा बोल्दैमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले पनि हाल नेपालले आन्तरिक माग पूरा गरेपछि भारततर्फ निर्यात सुरु गरिएको उल्लेख गरेका छन्। उनले भारतबाट ३५० मेगावाट विद्युत आयात भइरहेको अवस्थामा वर्षा सुरु भएसँगै उत्पादन बढेर आजदेखि आयात रोकेर निर्यात गरिएको उल्लेख गरे।
विद्युत निर्यातबाट नेपालले विदेशी मुद्रा आर्जन गर्ने अवसर पाएको छ। जुन देशको व्यापार घाटा कम गर्न सहयोगी भएको छ।
हिउँदमा उत्पादन घटेका बेला करिब एक हजार ५५ मेगावाटसम्म विद्युत् भारतबाट आयात गरिएको थियो। तर, अहिले उत्पादन बढेपछि सर्वसाधारण र उद्योगहरूलाई समेत पर्याप्त विद्युत पुग्ने गरी आपूर्ति भइरहेको बताए।
मंगलबार मध्यरातिदेखि भारतमा ७३१ मेगावाट विद्युत बिक्री गरिसकिएको प्राधिकरणले पुष्टि गरेको छ। विद्युत निर्यातबाट नेपालले विदेशी मुद्रा आर्जन गर्ने अवसर पाएको छ। जुन देशको व्यापार घाटा कम गर्न सहयोगी भएको छ। साथै, यसले जलविद्युतको दीर्घकालीन दिगोपन र लगानीमैत्री वातावरण निर्माणमा टेवा पुर्याउने प्राधिकारणको विश्वास छ।
प्रि-मनसुनको प्रभाव
हालको नेपालको मौसम प्रि-मनसुन हो। यो मौसम मार्चदेखि मे महिनासम्म रहन्छ। प्रि-मनसुनको समय सामान्यतया हावाहुरी, चट्याङ र मेघ गर्जनसहितको स्थानीय वर्षा हुने समय हो। पछिल्लो केही सातादेखि देशभर आंशिक वर्षा भइरहेको छ।
जसको प्रत्यक्ष प्रभाव नदीहरूमा जल सतह वृद्धि भएको छ। यही जलस्रोतबाट उत्पादन हुने विद्युतमा उल्लेख्य वृद्धि भएको प्राधिकरणले जनाएको छ। शिल्पकारका अनुसार, प्रि-मनसुनको प्रभावले विद्युत उत्पादनमा सकारात्मक असर पारेको छ। ‘नदीमा पानीको मात्रा बढ्दै जाँदा उत्पादन बढेको हो, यही कारण अहिले हामी निर्यात गर्न सक्षम भएका हौँ,’ उनले भने।
हाल नेपालमा कुल आन्तरिक विद्युत उत्पादन क्षमता करिब तीन हजार २०० मेगावाट पुगेको छ। तर, हिउँदको समयमा एक हजार ३०० देखि एक हजार ५०० मेगावाट मात्रै उत्पादन हुन्छ। प्रि-मनसुन र हिउँ पग्लेर नदीको पानी बढ्दा अहिले बढेर एक हजार ५०० मेगावाट पुगेको छ।
नेपालले भारतको इनर्जी एक्सचेन्जमार्फत अनलाइन बोलकबोल प्रणालीमा विद्युत बिक्री गर्दै आएको छ। यो प्रणालीअन्तर्गत भारतभित्र रहेका निजी तथा सार्वजनिक क्षेत्रका विद्युत खरीदकर्ताले नेपाली बिजुली खरिद गर्न सक्छन्।
साँझको समयमा माग उच्च हुँदा देशको आन्तरिक माग करिब दुई मेगावाट पुग्छ। यस्तो अवस्थामा, उत्पादित बिजुलीमध्ये बढी प्रयोग नभएको समय (जस्तै बिहान र राति)मा बढी बिजुली भारततर्फ निर्यात गरिन्छ।
नेपालले भारतको इनर्जी एक्सचेन्जमार्फत अनलाइन बोलकबोल प्रणालीमा विद्युत बिक्री गर्दै आएको छ। यो प्रणालीअन्तर्गत भारतभित्र रहेका निजी तथा सार्वजनिक क्षेत्रका विद्युत खरीदकर्ताले नेपाली बिजुली खरिद गर्न सक्छन्। विद्युत प्राधिकरणका अनुसार मनसुन सुरु भएपछि (जुन औसतमा जुन १३ मा नेपाल भित्रिने र अक्टोबर २ मा बाहिरिने गर्छ) विद्युत उत्पादन झनै बढ्ने अनुमान गरिएको छ।
त्यसले गर्दा अझ बढी मात्रामा निर्यात सम्भव हुने प्राधिकरणको विश्वास छ। शिल्पकार भन्छन् ‘मनसुनमा पानी प्रशस्त हुने भएकाले जलविद्युत उत्पादन अझै बढ्नेछ, त्यसपछि दिनभर नै निर्यात गर्न सक्ने छौँ, जसले देशको विद्युत व्यापार सन्तुलन सुधार्ने छ।’
नेपालले २०७८ सालदेखि भारतमा विद्युत निर्यातको प्रक्रिया थालेको हो। प्रारम्भमा सानो मात्रामा निर्यात गरिए पनि पछिल्लो दुई वर्षमा निर्यात परिमाण र स्रोत दुवैमा विस्तार भएको छ। पछिल्लो समय निमार्ण भएका जलविद्युत आयोजनाहरू सञ्चालनमा आउन थालेपछि उत्पादन क्षमता उल्लेख्य रूपमा बढेको छ।
२४ घण्टामा विद्युत आयात- निर्यात कति?
नेपालमा पछिल्लो २४ घण्टामा विद्युत आयातमा वृद्धि देखिएको छ। मे २० र २१, २०२५ को प्राधिकरणको अनुसार, अघिल्लो दिनको तुलनामा हालको दिनको बिहानसम्म (मे २१ बिहान ०६ः१५ बजेसम्म) विद्युत आयातमा ६ गुणाभन्दा बढीले वृद्धि भएको छ।
प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार विद्युत आयातको सबै आयात नाकाबाट आयात बढेको देखिन्छ।
मे २० गते नेपालले विभिन्न नाकाबाट जम्मा २२६.६३ मेगावाट विद्युत आयात भएको छ। तर, मे २१ गते बिहान ०६ः१५ सम्ममा यो आँकडा बढेर १३९२.८७ मेगावाट पुगेको छ। यो वृद्धि ५१२ प्रतिशतभन्दा बढी हो। जसले एकै रातमा विद्युत आयातमा भएको तीव्र देखाउँछ।
प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार विद्युत आयातको सबै आयात नाकाबाट आयात बढेको देखिन्छ। टनकपुर नाकाबाट मे २० मा २९.२७ मेगावाट-घण्टा आयात भएकोमा मे २१ को बिहानसम्म यो बढेर २५४.२१३ मेगावाट पुगेको छ। त्यस्तै, सम्पतिया नाकाबाट मे २० मा ४६.७६ मेगावाट आयात भएकोमा मे २१ को बिहानसम्म ५७३.९०८ मेगावाट आयात भएको छ।
यद्यपि, डी-एम नाकाबाट भने विद्युत आयात नभई निर्यात भएको देखिएको छ। मे २० मा १८६.२ मेगावाट निर्यात भएकोमा मे २१ को बिहानसम्म ९००.७५० मेगावाट निर्यात भएको छ। यो नेपालको लागि सकारात्मक पक्ष भए पनि कुल आयातको तुलनामा यो अझै कम देखिन्छ।
बिहार लाइन्सबाट पनि विद्युत आयातमा उल्लेखनीय वृद्धि भएको छ। मे २० मा १५०.६ मेगावाट आयात भएकोमा मे २१ को बिहानसम्म ५६४.७५० मेगावाट विद्युत आयात भएको छ।