काठमाडौं। नेपालले आगामी असार (जुन १५)देखि बंगलादेशलाई ४० मेगावाट विद्युत् निर्यात गर्ने भएको छ। यसअघि भारतमा विद्युत निकासी गरेको नेपाल विद्युत् प्राधिकरणले असार १ गतेबाट बंगलादेशमा निकासीको तयारी गरेको हो।
गएको असोजमा प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी)बीच नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्ने त्रिपक्षीय सम्झौता भएको थियो। सम्झौताअनुसार नेपालले आउँदो असार १ गतेदेखि विद्युत् निर्यात गर्ने भएको हो। नेपालको विद्युत् ढल्केबरबाट भारतको बहरमपुर हुँदै बंगलादेश निर्यात हुने भएको हो।
प्राधिकरणले ६ महिनासम्म बंगलादेशलाई विद्युत् निर्यात गर्नेछ। नेपालले बंगलादेशलाई चौबीसै घण्टा विद्युत् निर्यात गर्ने भएको हो। यो निर्यात नेपालको आन्तरिक विद्युत् आपूर्तिमा कुनै असर नपर्ने विद्युत् प्राधिकरणले स्पष्ट पारेको छ।
प्राधिकरणका अनुसार, नेपालले अहिले जुन १५ देखि नोभेम्बर १५ सम्म, अर्थात् करिब ६ महिनाका लागि मात्र ४० मेगावाट विद्युत् निर्यात गर्ने सम्झौता गरेको छ। यो अवधिमा चौबीसै घण्टा विद्युत् निर्यात हुनेछ। यो छोटो अवधिको सम्झौता हुनुको कारण नेपालको विद्युत् उत्पादनको मौसमी चक्र रहेको प्राधिकरणका अधिकारीहरू बताउँछन्। विद्युत् उत्पादनको मौसमी चक्रमा वर्षायाममा उत्पादन अत्यधिक हुन्छ भने हिउँदमा उत्पादन घट्छ।
प्राधिकरणका अनुसार, असार-साउनमा नेपालको कुल विद्युत् उत्पादन २५ सयदेखि तीन हजार मेगावाट वा सोभन्दा बढी पुग्छ।
प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार बंगलादेशलाई विद्युत् निर्यात गरिने अवधिमा नेपालको विद्युत् उत्पादन उच्च हुन्छ। यो समयमा नेपालका नदीहरूमा पानीको बहाव बढी हुने हुँदा जलविद्युत् आयोजनाहरूले पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्छन्।
प्राधिकरणका अनुसार, असार-साउनमा नेपालको कुल विद्युत् उत्पादन २५ सयदेखि तीन हजार मेगावाट वा सोभन्दा बढी पुग्छ। यसको तुलनामा, नेपालको आन्तरिक विद्युत् माग सामान्यतया २१ सय मेगावाटको हाराहारीमा रहन्छ। सो अवधिमा नेपालसँग आफ्नो आन्तरिक माग पूरा गरेर पनि करिब ५०० देखि ९०० मेगावाटसम्म विद्युत् बढी हुन्छ।
यही बढी भएको विद्युत्मध्ये ४० मेगावाट बंगलादेशलाई निर्यात गर्न लागिएको प्रवक्ता ढकाल बताउँछन्। ६ महिनाका लागि मात्र सम्झौता गरिनुको मुख्य कारण पनि यही रहेको उनी प्रस्ट्याउँछन्।
‘हामीलाई नपुग्ने गरी विद्युत् निर्यात गर्दैनौं,’ प्रवक्ता ढकाल भन्छन्, ‘नेपालले आफ्नो आन्तरिक माग पूरा भएपछि मात्र बढी भएको विद्युत् निर्यात गर्ने रणनीति अपनाएको छ। हाल नेपालको मुख्य निर्यात बजार भारत हो। अब बंगलादेशका लागि पनि तयारी छ।’ प्राधिकरणका अनुसार प्रतियुनिट ६.४ सेन्ट विद्युत् बिक्री हुनेछ। यो भनेको करिब ८.७१ रुपैयाँ हुनु आउँछ।
मंसिर (डिसेम्बर) वा पुस (जनवरी)देखि नेपालको विद्युत् उत्पादन घट्दै जान्छ। हिउँदमा नदीमा पानीको बहाव घट्ने हुँदा जलविद्युत् उत्पादनमा कमी आउँछ। यो उत्पादन आन्तरिक मागका लागि पनि अपर्याप्त हुन्छ। त्यसैले हिउँदमा नेपालले आन्तरिक माग पूरा गर्नका लागि केही विद्युत् आयात गर्नुपर्ने अवस्था छ।
विद्युत कटौती (ट्रिपिङ) र स्रोत अभावका कारण हुने विद्युत कटौतीबीचको भिन्नता रहेको प्राधिकरणले जनाएको छ।
प्रि-मनसुनमा पानी परेर नदीको जलसय बढ्दै जाने र विद्युत् उत्पादन बढ्ने हुन्छ। हाल प्रि-मनसुन छ। नेपालको आन्तरिक विद्युत् आपूर्तिमा प्राविधिक समस्या भए पनि स्रोत अभावका कारणले आन्तरिक खपतमा समस्या नहुने सरोकारवाला बताउँछन्। विद्युत कटौती (ट्रिपिङ) र स्रोत अभावका कारण हुने विद्युत कटौतीबीचको भिन्नता रहेको प्राधिकरणले जनाएको छ। ‘ट्रिपिङ भएर बत्ती जानु र स्रोत नभएर बत्ती जानु फरक कुरा हो,’ प्रवक्ता ढकाल भन्छन्।
उनका अनुसार, नेपालको भौगोलिक बनावट र वनस्पति (रुख, बोटविरुवा) का कारण पहाडी क्षेत्रमा कहिलेकाहीँ ट्रिपिङ भई केही समयका लागि विद्युत् आपूर्ति अवरुद्ध हुन सक्छ। तर यो स्रोतको अभावले नभई प्राविधिक कारणले हुने गर्छ। नेपालसँग पर्याप्त विद्युत् स्रोत उपलब्ध रहेकाले बंगलादेशमा विद्युत् निर्यातले आन्तरिक खपतमा असर नपर्ने प्रष्ट्याएका छन्।
सरकोकारवालाले विद्युत् लोडसेडिङको विषय अपवाह रहेको दाबी गर्दै आएका छन्। वर्ष सिजनमा आउने हावाहुरी तथा वर्षाले अवरोध हुने विद्युत् लोडसेडिङ नरहेको बताएका छन्। विद्युत् निर्यात गर्दा आन्तरिक खपतलाई कुनै असर नपार्ने दाबी गरिएको छ।
बत्ती जानु भनेको लोडसेडिङ नभएर मर्मतसम्भार तथा हावाहुरीका कारण पोल ढल्ने, तार चुँडिनेजस्ता विभिन्न प्राविधिक कारण समस्या देखिएको मात्र हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले ‘लोडसेडिङ भयो’ भन्ने चर्चा सामाजिक सञ्जालमा फैलाइएको आधारहीन हल्ला मात्र भएको बताउँदै आएका छन्। उनले अहिले नेपालको विद्युत् उत्पादन बढेसँगै आन्तरिक माग पूरा गरी भारततर्फ निर्यात भइसकेको बताएका छन्। बत्ती जानु भनेको लोडसेडिङ नभएर मर्मतसम्भार तथा हावाहुरीका कारण पोल ढल्ने, तार चुँडिनेजस्ता विभिन्न प्राविधिक कारण समस्या देखिएको मात्र हो।
जल तथा मौसम विज्ञान विभाग यो वर्षको मनसुनमा सरदरभन्दा बढी पानी पर्ने अनुमान गरेको छ। जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको उल्लेख गरेको छ। यसले पनि विद्युत् उत्पादन वृद्धि हुने देखिन्छ।