काठमाडौं। उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आर्थिक सर्वेक्षण २०८१/२०८२ सार्वजनिक गरेका छन्। नेपालको आर्थिक, सामाजिक र भौतिक प्रगति समेटिएको आर्थिक सर्वेक्षण संसदमा पेस गरिएको हो।
आज संसद्मा सार्वजनिक गरिएको आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर ४.६१ पुग्ने अनुमान गरिएको हो।
गत वर्ष नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत थियो।
प्रदेशगत रूपमा मधेस, कोशी र सुदूरपश्चिमबाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत आर्थिक वृद्धिदर भन्दा माथि रहने अनुमान गरिएको अर्थमन्त्री पौडेलले बताए।
यस्तै, कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २.।१६ प्रतिशत, उद्योगको १२.८३ र सेवा क्षेत्रको योगदान ६२.०१ रहने अनुमान गरिएको छ।
नेपालीको प्रतिव्यक्ति आय १५१७ अमेरिकी डलर पुगेको छ। गत वर्ष यस्ताे आय १४५६ अमेरिकी डलर थियाे।
यस्तै नेपालको कुल अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान गरिएकाे छ। संघीय सरकारकाे वित्त घाटा १६ अर्ब १९ कराेड रहेकाे छ भने गत वर्ष यस्ताे घाटा ७० अर्ब ३६ कराेड थियाे।
औसत उपभोक्ता मुद्रास्फीति ४.७२ प्रतिशत रहेको छ।
आर्थिक सर्वेक्षणमा चालू आर्थिक वर्षको प्रथम ८ महिना र गत आर्थिक वर्षको मुलुकको समग्र विकासको अवस्था प्रस्तुत गरेको अर्थमन्त्रीले जानकारी दिए।
चालू आर्थिक वर्षको फागुनसम्म संघीय खर्च ४.७ प्रतिशत र संघीय राजस्व १२.६ प्रतिशतले बढेको आर्थिक सर्वेक्षणमा उल्लेख छ।
२०८१ फागुनसम्म संघीय सरकारको तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब ४ करोड पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको ४३.८ प्रतिशत हो।