काठमाडौं। एलएस अटोले आफ्नो नयाँ शोरुम काठमाडौंको तिनकुनेमा सञ्चालनमा ल्याएको छ। नेपालका लागि एलएस अटोको आधिकारिक वितरक नेक्सन भेन्चर प्रालिले मंगलबार एक औपचारिक कार्यक्रमबीच शोरुमको उद्घाटन गरेको हो।
देशव्यापी रूपमा चार्जिङ स्टेशनसमेत विस्तार गर्ने योजना बनाएको कम्पनीले तीनकुने एयरपोर्ट कार्गाे टर्मिनल अगाडि शोरुम संचालनमा ल्याएको हो। कम्पनीले काठमाडौंको कालोपुलमा सर्भिस सेन्टर स्थापना गरेको जनाएको छ।
नेक्सन भेन्चरले न्यू शोरुम उद्घाटनको अफर सोरुप ६१ लाख ९५ हजार रुपैयाँमा बिक्री गर्दै आएको स्ट्यान्डर्ड एडिसनको मूल्य ५९ लाख ९५ हजार रुपैयाँ र ६९ लाख ९५ हजार रुपैयाँमा बिक्री गर्दै आएको कम्फर्ट एडिसनको मूल्य ६४ ताख ९५ हजार रुपैयाँ तोकेको छ।
नेक्सन भेन्चर प्रा.लि.ले नेपालमा पहिलो सिरिज एलईभी ०१ क्रसओभर इलेक्ट्रिक एसयूभी ल्याएको हो। कम्पनीले अब दोस्रो र तेस्रो मोडल ल्याउने जनाएको छ। कम्पनीले दोस्रो मोडलको रुपमा एलईभी ०५ र तेस्रो मोडलको रुपमा एलईभी एक्स ल्याउने जनाएको छ।
उक्त मोडल कम्पनीले आगामी साउनमा संचालन हुने नाइमा अटो शोमा ल्याउने जनाएको छ। साथै, अब भित्रिन लागेको गाडी एलईभी ०५ र एलईभी एक्सको मूल्य भने नाइमा अटो शोमा प्रकाशित गर्ने कम्पनीले जनाएको छ।
विगत २५ वर्षदेखि विभिन्न मोबाइलको डिजाइन, इन्जिनियरिङ, प्रोटोटाइप विकास तथा परीक्षण उत्पादन जस्ता सम्पूर्ण काम गर्दै आएको छ। कम्पनीले आफ्ने अटोमोबाइल ब्रान्डको ईभी तयार गरेको हो। संघाई लन्च अटोमोटिभले चीनमा अटोमोबाइल मात्र होइन, उच्च गतिमा चल्ने रेल हेलिकप्टर डिजाइनसम्ममा सहभागिता जनाएको छ।
नाइमा अटो शोमा आउने दुई मोडल
१, एलईभी ०५
दोस्रो मोडेलको रूपमा एलएस अटोले बनाएको एलईभी ०५ नाइमा अटो शोमा आउने कम्पनीले जनाएको छ। एलईभी ०५ मा १७ इन्चको अलोय ह्वील रहेको छ यसको ग्राउन्ड क्लियरेन्स १७५ एमएम रहेको छ। एलईभी ०५ लाई कम्पनीले ५० किलोवाटको फ्रन्ट ह्वील ड्राइभमोटरमा ल्याउने जनाएको छ। यसको अधिकतम टर्क १८० न्यूटन मिटर छ।
एलईभी ०५ मा ५६ किलोवाट आवरको एलएफपी ब्याट्रीप्याक छ। जसले सिंगल चार्जमा ४०० किलोमिटरभन्दा बढी रेन्ज दिने कम्पनीको दाबी छ। यो कारलाई ६० किलोवाटको डीसी फास्ट चार्जर र किलोवाटको एसी चार्जरले चार्ज गर्न सकिन्छ।
एलईभी एक्स
एलएस अटोले बनाएको तेस्रो मोडल एलईभी एक्स हो। एलईभी एक्स पनि नाइमा अटो शोमा आउने कम्पनीले जनाएको छ। क्रसओभर एसयूभी डिजाइनको यो ईभी यसअघि नेपाली बजारमा बिक्री भइरहेको एलईभी ०१ को फोर ह्वील ड्राइभ भर्सन हो।
एलईभी एक्समा मोटर पावरका साथै, केही फिचरहरु थप भएर आउने कम्पनीले जनाएको छ। एलईभी एक्समा फ्रन्ट र रियर गरी २०० किलोवाटको मोटर रहने छ। यसमा ७७ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ।
एलईभी एक्सको ड्यासबोर्डमा नयाँ डिजाइनको एसी भेन्ट आएको छ। साथै यसको फ्रन्टमा हाइड्रोलिक बोनेट र थप लगेज स्टोरेजको लागि फ्रङ्ससमेत थपिएको छ।
प्रिमियम डिजाइन रहेको एलईभी ०१ मा होरिजन्टल डीआरएल, भर्टिकल हेडलाइट सेटअप रहेको छ भने पछाडि सस्पेन्डेड टेललाइट डिजाइन रहेको छ। लेदरेट स्टेरिङ ह्वील तथा सिट कभर, ३६० डिग्री क्यामेरा, वायरलेस चार्जिङ प्याड, मल्टिकलर एम्बियन्ट लाइट, इलेक्ट्रिक एड्जस्टेबल फ्रन्ट सिट, लग्जरी क्याबिन स्पेस, हाइटेक ड्यासबोर्ड इन्टरफेस, एलसीडी इन्स्ट्रमेन्टल क्लस्टर, प्यानोरामिक सनरूफ, इलेक्ट्रिक टेलगेट, मल्टी ड्राइभ मोड जस्ता सुविधाहरू रहेको छ।
सुरक्षाका लागि यसमा १० वटा एयरब्याग, एबीएस, ईबीडी, ईपीएस, ट्र्याक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, क्रूज कन्ट्रोल, अटो होल्ड, हिल असिस्ट कन्ट्रोल आदि सुविधा दिइएको छ।
युरो एनक्यापबाट क्रयास टेस्टमा ५ स्टार सुरक्षा रेटिङ प्राप्त गरेको छ। यस गाडीमा कम्पनीले ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर सम्मको मोटर तथा ब्याट्रीमा वारेन्टी दिएको छ।