काठमाडौं। देशभरका विभिन्न विद्युत आयोजनाको कुल उत्पादन क्षमता झण्डै ५० हजार मेगावाट पुगेको छ। विद्युत विकास विभागका अनुसार एक हजार ३८ जलविद्युत आयोजना, सोलार, वायु, बगास तथा डिजेलका आयोजनाबाट बिजुलीको कुल उत्पादन क्षमता ४९ हजार ८३० मेगावाट पुगेको हो।
विद्युत विकास विभागका अनुसार हालसम्म ८९१ आयोजना वटा जलविद्युत आयोजनाले कुल ४७ हजार ४९९ मेगावाट उत्पादन गर्ने क्षमता देखिएको छ। यस्तै, सोलारका १३९ वटा आयोजनाको दुई हजार २५१ मेगावाट विद्युत उत्पादन गर्न सक्ने क्षमाता रहेको विभागले जनाएको छ।
यस्तै, वायुको दुई वटा आयोजना रहेको छ। यसको विद्युत उत्पादन क्षमता २ मेगावाट छ। बगासका चार वटा आयोजनाले २४ मेगावाट बिजुली उत्पादन गर्ने देखिएको छ। डिजेलका दुई वटा आयोजना छन्, यसले ५३ मेगावाट बिजुली उत्पादन हुने विभागले जनाएको छ।
देशभरको कुल क्षमता तीन हजार ५१६ मेगावाट छ। यसमा साना तथा ठूला गरी कुल २११ वटा आयोजना छन्। यस्तै, उत्पादन अनुमति पत्र जारी भएका २९० वटा आयोजना छन्। यिनको क्षमता १० हजार ३६७ मेगावाट छ।
उत्पादन अनुमति दरखास्त दिएका देशभरका ८१ वटा आयोजना छन्। यसबाट ११ हजार ७३ मेगावाट बिजुली निकाल्ने क्षमता छ। यस्तै, सर्वेक्षणका लागि अनुमति पत्र लिएका २४७ वटा आयोजना छन्। यी आयोजनाले १० हजार ५१४ मेगावाट बिजुली निकाल्ने विभागले जनाएको छ।
देशभर नौ हजार ५८७ मेगावाट विद्युत उत्पादनका लागि देशभर ७० वटा जलविद्युत आयोजाना अनुमति पत्र प्रक्रियामा रहेका छन्। विद्युत विकास विभागका अनुसार ७० वटा जलविद्युत आयोजनामध्ये ३१ वटा आयोजनाको सरकारले अध्ययन गरिसकेको छ।
३१ आयोजनाले तीन हजार ६४१ मेगावाट बिजुली निकाल्ने छन्। यस्तै, अध्ययन भइरहेका ३९ विद्युत आयोजनाले पाँच हजार ९४६ मेगावाट बिजुली उत्पादन गर्न सक्ने क्षमता रहेको विभागले जनाएको छ।