काठमाडौं। नेपालको लागि बिवाइडी ब्रान्डको आधिकारिक वितरक साइमेक्स इंकले नयाँ प्रिमियम इलेक्ट्रिक एसयूभी सिलायन ७ को ब्लाइन्ड बुकिङ सुरु गरेको छ। यस गाडीको बुकिङ नेपाली बजारमा पहिलो पटक ७० हजारमा सुरु गरिएको हो।
विशेष छुटको रूपमा साइमेक्सले गाडी बुकिङ गर्ने ग्राहकको उक्त ७० हजारमा थप रु ७० हजारको योगदान गर्ने छ। जसअनुसार ग्राहकको बुकिङ मूल्य कुल एक लाख ४० हजार बराबर हुनेछ।
यो अफर सीमित समयको लागि मात्र उपलब्ध हुनेछ। यसले गाडीप्रतिको चासो र अग्रिम रूची दर्शाउन चाहने ग्राहकलाई लक्षित गरेको कम्पनीले जनाएको छ।
सिलायन ७ एक अत्याधुनिक प्रविधियुक्त पूर्ण इलेक्ट्रिक एसयूभी हो। जुन अबको केही महिनामा नेपाली बजारमा सार्वजनिक गरिने तयारीमा छ। यो गाडीको आकर्षक डिजाइन, आरामदायी इन्टेरियर, स्मार्ट फिचर र उन्नत प्रविधिले यसलाई अन्य मोडलभन्दा भिन्न बनाएको छ।
शक्तिशाली मोटर, लामो रेञ्ज र सुरक्षित ब्याट्री प्रविधिका कारण सिलायन ७ नेपालमा लोकप्रिय हुने अपेक्षा गरिएको छ। गाडीको लामो समयको प्रयोगमा ग्राहकको विश्वास बढाउन कम्पनीले उत्कृष्ट वारन्टी सुविधा पनि उपलब्ध गराएको छ।
यसमा १० वर्ष वा २ लाख किलोमिटरसम्मको ब्याट्री वारन्टी र ७ वर्ष वा एक लाख ५० हजार किलोमिटरसम्मको लो-भोल्टेज एलएफपी ब्याट्री वारन्टी दिइने छ। जुन कुन सर्त पहिले पूरा हुन्छ भन्ने आधारमा लागू हुने छ।
यस मोडललाई बिवाइडीको लोकप्रिय मोडल डल्फिन र एटो ३ पछि अर्को महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। यो गाडी प्रिमियम सेग्मेन्टमा कम्पनीको दाबीअनुसार एक नयाँ स्तरको अनुभव दिने छ।
इच्छुक ग्राहकले देशभर रहेका बिवाइडीका शोरूम वा आधिकारिक वेबसाइटमार्फत बुकिङ गर्न सक्ने छन्।