काठमाडौं। नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि.ले हिन्दूहरूको चाड दशैँको अवसर पारेर आफ्ना ग्राहककाह लागि आकर्षक योजना 'चंगा उड्छ फरर, होन्डा कारमा सरर' सार्वजनिक गरेको छ।
'यो दशैँ बेष्ट भ्यालु रोज्नुहोस्' भन्ने नाराका साथ ल्याइएको यो योजना मिति २०८२ भदौ ७ गतेदेखि २०८२ कार्तिक १४ गतेसम्म नेपालभर सबै होन्डा शोरुममा लागू हुनेछ। यस योजनाको मुख्य उद्देश्य चाडपर्वको समयमा गाडी खरिद गर्न चाहने ग्राहकलाई उत्कृष्ट मूल्य र सेवा प्रदान गर्नु रहेको छ।
यस योजनाअन्तर्गत ग्राहकले होन्डा कारको खरिदमा विभिन्न आकर्षक सुविधा प्राप्त गर्न सक्ने छन्। कम्पनीले चार लाखसम्मको आकर्षक नगद छुटको व्यवस्था गरेको छ।
साथै, ग्राहकले पाँच वर्षका लागि निःशुल्क सर्भिसिङ, एक वर्षको निःशुल्क फुल इन्स्योरेन्स र एक वर्षका लागि सडक करमा छुट जस्ता सुविधा पनि पाउने छन्। पुराना गाडीसँग नयाँ होन्डा साट्न चाहने ग्राहकका लागि २५ हजार बराबरको एक्सचेन्ज बोनसको पनि व्यवस्था गरिएको छ।
यसबाहेक, ग्राहकहरूले हरेक गाडीको खरिदमा निःशुल्क एसेसरिज, २ वर्षको इन्जिन वारेन्टी, र एक पटकको लागि निःशुल्क रोडसाइड असिस्टेन्स जस्ता थप सुविधा पनि प्राप्त गर्ने छन्।
यी सबै अफरहरूले ग्राहकहरूलाई होन्डा गाडीको स्वामित्व ग्रहण गर्दा पूर्ण मानसिक शान्ति र उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ। यो योजना होन्डाका लोकप्रिय मोडेलहरू होन्डा सिटी, सिटी ईःएचईभी, एलिवेट, अमेज र सिटी फिफ्थ जेनेरेसन लगायतका गाडीहरूमा उपलब्ध हुनेछ।
स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. नेपालमा होन्डा ब्रान्डको सबैभन्दा विश्वसनीय नाम हो। विगत लामो समयदेखि नेपाली बजारमा उच्च गुणस्तरीय गाडी र उत्कृष्ट ग्राहक सेवा प्रदान गर्दै आएको यस कम्पनीले आफ्ना ग्राहकको विश्वास जित्न सफल भएको छ।
स्याकार ट्रेडिङ्गले आफ्ना ग्राहकहरूलाई सधैं नवीन र आकर्षक योजनाहरू प्रदान गर्दै आइरहेको छ। यो दशैँ योजना पनि त्यसैको एक निरन्तरता हो।