काठमाडौं। नेपालमा ओमोडा एन्ड जेइकोको गाडीको आधिकारिक वितरक एसपिजी अटोमोबाइल्सले बहुप्रतिक्षित आइकार भि-२३ गैरीधारास्थित सिल्भर ओकमा आयोजित ‘प्रिभ्यु कार्यक्रम’मा प्रस्तुत गरेको छ।
ओमोडा एन्ड जेइको र आइकार दुवै चिनियाँ अटोमोबाइल निर्माता ‘चेरी ग्रुप’को हिस्सा हो। जसले विगत दुई दशकदेखि चीनको सबैभन्दा ठूलो अटोमोबाइल निर्यातकर्ताको स्थान कायम राख्दै आएको छ।
चेरीले विश्वका ८० भन्दा बढी मुलुक र क्षेत्रहरूमा निर्यात गर्दै विश्वभर एक करोड ३० लाखभन्दा बढी सवारी साधन वितरण गरी बलियो अन्तर्राष्ट्रिय उपस्थिति बनाएको छ।
आइकार भि-२३ ले रगेड एस्थेटिक्स र अत्याधुनिक प्रविधिको संयोजनमार्फत आफ्नो श्रेणीमा नयाँ ‘बेन्चमार्क’ स्थापित गरेको छ। साइबर-टेक डिजाइनसहित यो रेट्रो-क्लासिक एसयुभि टफ (मजबुत) मात्र नभई अत्यन्त सुक्ष्म इन्जिनियरिङमा आधारित छ। यसमा १०० किलोवाटको सिङ्गल मोटर सेटअप रहेको छ। यसले १८० न्युटनमिटरको टर्क प्रदान गर्छ।
साथै, ५९.९३ किलोवाटआवरको ब्याट्री प्याकसहित उपलब्ध छ। यस एसयुभीको लम्बाई ४,२२० मिलिमिटर, चौडाई १,९१५ मिमी, उचाई १,८४५ मिलिमिटर र ह्विलबेस २,७३५ मिलिमिटर रहेको छ। जसले सन्तुलित उपस्थिति र स्पेसियस प्रपोसन्नस (बनावट) सुनिश्चित गर्दछ।
नेपालसहित विश्वभर रगेड देखिने विद्युतीय सवारीसाधनप्रति बढ्दो उपभोक्ता चासोलाई प्रतिबिम्बित गर्दै भि-२३ छ वटा विभिन्न रंग विकल्पमा उपलब्ध हुनेछ। यसको क्याबिनले आराम र व्यावहारिकतालाई प्राथमिकता दिएको छ। अगाडिको प्रशस्त स्पेसले दुवै ढोकाबाट सजिलैभित्र आउने र निस्कने गर्न मद्दत गर्छ भने पछाडिको रियर सिटिङ अझ फराकिलो छ।
यस एसयुभीको भित्र विशेष रूपमा डिजाइन गरिएका ‘मेकानिकल नबहरू रहेको छ। यसले ट्याक्टाइल विशेषतालाई र आधुनिक स्टाइलिङमा प्रस्तुत गर्दछ। यो एसयुभीको ७० प्रतिशतभन्दा बढी भाग, हाइ-स्ट्रेन्थ-स्टिलको प्रयोग गरी हाइ-रिजिडिटी बडीमा निर्मित रहेको छ।
भि-२३ ले ‘इन्टरप्राइज-ग्रेड ब्याट्री सेफ्टी’ मापदण्ड पालना गरेको छ। जसले भि-२३ आइकारको टिकाउपन र सुरक्षाप्रतिको प्रतिबद्धतालाई झल्काउँछ।
कार्यक्रममा सहभागीले गाडीको ‘इन्टेलिजेन्ट टेक’ विशेषताको प्रत्यक्ष अनुभव गरेका थिए। ड्राइभिङ अनुभव पनि लिने मौका पाएका थिए। ओमोडा एन्ड जेइकोको आधिकारिक वितरक एसपिजी अटोमोबाइल्सले नेपाली ग्राहकका लागि विद्युतीय सवारी अनुभवलाई नयाँ स्तरमा पुर्याउने लक्ष्य राखेको छ।
आइकार एक नयाँ पुस्ताको विद्युतीय सवारी साधन ब्रान्ड हो। जसको ग्लोबल सार्वजनिकीकरण अगस्ट २०२५ मा भएको हो। यसको पहिलो मोडल भि-२३ नेपालमा छिट्टै सार्वजनिक हुँदै छ। जसले रगेड एडभेन्चर-रेडी क्षमता र स्मार्ट प्रविधिलाई एकैसाथ जोड्दै एसयुभी श्रेणीमा नयाँ परिभाषा दिन्छ।