काठमाडौं। नेपालको प्रमुख निर्यातजन्य कृषि वस्तु अलैँचीको उत्पादनमा पछिल्लो समय भारी ह्रास आएको छ। विगतका वर्षहरूमा ८ हजार ५ सय टन उत्पादन हुने अलैँची यो वर्ष घटेर ४ हजार ५ सय टनमा सीमित भएको छ। जुन करिब ५० प्रतिशतको कमी हो। यद्यपि, उत्पादन घट्दा मूल्य वृद्धि भएकाले वार्षिक कारोबारमा खासै असर परेको छैन।
विगतमा ९ अर्बसम्मको कारोबार हुने अलैँची उत्पादनको मूल्य प्रतिकिलो १२ सयबाट बढेर २५ सय रुपैयाँ पुगेकाले वार्षिक साढे ७ अर्ब रुपैयाँ बराबरको वैदेशिक मुद्रा आर्जन भएको छ। जलवायु परिवर्तनसँगै रोगको प्रकोपले नेपालमा अलैँचीको उत्पादनमा ठूलो गिरावट आएको देखिन्छ। यही विषयमा केन्द्रित रहेर नेपाल अलैँची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष निर्मल भट्टराईसँग क्यापिटलकर्मी सरिता थारूले गरेको कुराकानीः
नेपालमा अलैँची उत्पादनको अवस्था कस्तो छ?
नेपालमा अलैँची उत्पादनको एक सय वर्षभन्दा पहिले इलामबाट सुरु भएको हो। हाल ५२/५३ जिल्लामा अलैँची खेती विस्तार भएको छ। व्यवसायिक रुपमा ४३ जिल्लामा खेती भइरहेको छ। देशभरको उत्पादन हेर्दा ह्रास भइरहेको छ।
अलैँची उत्पादनको क्षेत्र र यसको खेती विस्तार बढिरहँदा पनि उत्पादनमा ह्रास आइरहेको छ। अलैँची उत्पादनमा कमी भएसँगै किसान र सरोकारवाला व्यवसायी चिन्तित भएका छन्। यसको उत्पादन घट्नुको मुख्य कारण जलवायु परिवर्तन र रोग लाग्नु नै हो।
विगतका तुलनामा उत्पादनमा के कतिले ह्रास आएको हो, पहिला कति उत्पादन हुन्थ्यो, हाल कति उत्पादन भइरहेको छ?
आजभन्दा तीन–चार वर्षअगाडि लगभग ८ हजार ५ सय टन अलैँची उत्पादन भएको थियो। यो वर्ष करिब चार हजार ५ सय टन मात्रै उत्पादन भएको छ। यो उत्पादन हालसम्मको सबैभन्दा कम हो। पहिला ८ हजार टन उत्पादन हुनु र अहिले ४ हजार टन मात्रै उत्पादन हुनु भनेको करिब आधा उत्पादन घटेको छ।

यो आंकडा देशभरको हो। यसमध्ये करिब ८५ प्रतिशत उत्पादन कोशी प्रदेशमा हुन्छ। अलैँची खेतीको क्षेत्रफल विस्तार भए पनि भर्खरै सुरुवाती भएकाले उत्पादन बढ्न सकेको छैन। पछिल्लो समय कोशीमा मात्रै नभई गण्डकी, बागमती प्रदेशलगायतका अरु क्षेत्रमा पनि अलैँची उत्पादन सुरु भएको अवस्था छ।
वार्षिक ८ हजार टनभन्दा बढी अलैँची उत्पादन हुँदा वार्षिक कारोबार कति हुन्थ्यो, उत्पादन घटेसँगै कारोबारमा कस्तो प्रभाव परेको छ?
पहिला वार्षिक करिब ९ अर्ब रुपैयाँ बराबर कारोबार हुन्थ्यो। यो रकम वैदेशिक मुद्राको मात्रै कारोबार हो। पछिल्लो पटक करिब साढे ७ अर्बको अलैँचीको कारोबार भएको थियो। उत्पादन घटे पनि मूल्य बढेकाले कारोबार रकम खासै कम देखिएको छैन।
अर्थशास्त्रको नियमअनुसार उत्पादन घट्दा, मूल्य बढ्छ नै, सोहीअनुसार उत्पादन कम भएर खासै वैदेशिक मुद्रा घटेको छैन। विगतका वर्षमा प्रतिकेजी १२ सयदेखि १५ सय थियो। गत वर्ष प्रतिकेजी करिब २५ सय रुपैयाँ छ।
अलैँचीको आन्तरिक कारोबार कस्तो छ?
विगतका वर्षमा दुई प्रतिशत मात्रै आन्तरिक खपत हुन्थ्यो। तर, पछिल्लो समय हामीले आन्तरिक खपत बढाउन अभियान चलाएका थियौँ। अभियानको ब्राण्ड एम्बेस्टर सेफ सन्तोष शाह हुनुहुन्थ्यो। उहाँमार्फत खानाका परिकारमा अलैँची प्रयोग गरी सेफहरुको प्रतिस्पर्धा गरियो। स्वाद पनि चखाऔँ। अलैँची प्रयोगको रेसेपी बुक पनि निकालेका छौँ। यसले खानामा अलैँची कति मात्रामा, कसरी र कुन कुनमा प्रयोग गर्ने भनेर उल्लेख गरिएको छ।
भारतमा मात्रै ९० प्रतिशत खपत हुन्छ। तेस्रो मुलुकमा कमै मात्रामा निकासा हुन्छ। यो भनेको १० प्रतिशत हो।
यो अभियानले अलैँचीको आन्तरिक खपत बढेर ६ प्रतिशत पुगेको छ। नेपालमा उत्पादन हुने अलैँचीको सबैभन्दा ठूलो बजार भारत हो। भारतमा मात्रै ९० प्रतिशत खपत हुन्छ। तेस्रो मुलुकमा कमै मात्रामा निकासा हुन्छ। यो भनेको १० प्रतिशत हो। भारतमा अलैँची खपत हुनुको कारण ठूला मसलाका उद्योग भएकाले हो। भारतमा बसोबास गर्ने मुस्लिम समुदायले पनि बढी मात्रामा अलैँची प्रयोग गर्छन्।
नेपाली अलैँचीले नेपालमा बढी मूल्य पाएको छ कि बाहिर देशबाट पाउने गरेको छ?
नेपाली अलैँची खपतका हिसाबले हेर्ने हो भने भारतमा बढी खपत छ। जो मसलाका उद्योगमार्फत हाम्रो उत्पादन विश्व बजारमा पुग्ने गरेको छ। हामी नेपालमा पनि प्रयोग गर्छौं। विश्व बजारमा पनि पुर्याएका छौँ। यो मसलामै प्रयोग हुने भएकाले मुख्य भागमा अलैँची पर्छ। विश्वमा उत्पादन हुने अलैँचीको झण्डै ६५ प्रतिशत नेपालमै उत्पादन हुन्छ। यसबाहेक भारत र भुटानमा केही मात्रामा उत्पादन हुन्छ।
हाल तीन देशमा मात्रै अलैँची उत्पादन हुँदै आएको छ। नेपालमा उत्पादन घटेजस्तै अरू मुलुकमा पनि अलैँचीको उत्पादन घटेको छ। मूल्य बढेको छ। उत्पादन घटेकाले किसानले राम्रो मूल्य पाउनु भएको छ। मूल्य बढ्दा किसानले यसको उत्पादनमा जोड दिन थालेका छन्। विगतमा मूल्य नहुँदा उत्पादनमा खासै चासो थिएन। तर, पछिल्लो केही वर्ष लगातार मूल्य बढेसँगै अचैँती खेती विस्तार भएको छ।
नयाँ विरुवा रोप्ने, पानी नपरेको अवस्थामा सिँचाइ लगाउने, त्यसमा कम्पोस्ट मल लगाउने काम गरिरहनु भएको छ। किसानले उत्पादनमा जोड दिएसँगै आउँदो वर्ष अलैँचीको उत्पादन वृद्धि हुने देखिन्छ। आगामी वर्षदेखि उत्पादनमा केही सुधार आउने देखिन्छ। तीन वर्षअगाडिको हिसाबले लगभग प्रतिकेजी १२ सय रुपैयाँमा किसानले बिक्री गर्ने अलैँचीको मूल्य दोब्बर बढेको छ।
तपाईले भन्नु भएको अलैँचीको मूल्य निर्यात गर्नका लागि हो कि, किसानलाई दिइने मूल्य हो?
बाहिरबाट माग आउँदा व्यवसायीले निश्चित मुनाफा राख्ने हो। अलैँचीको मूल्य ग्रेड, गुणस्तर र जातअनुसार फरक फरक हुन्छ। आन्तर्राष्ट्रिय माग बढ्यो भने मूल्य बढ्छ। यो मूल्य किसानले पनि पाउँछन्। किसानले यो वर्ष करिब २५ सय रुपैयाँ प्रतिकिलो पाउनु भएको छ।
अन्तर्राष्ट्रिय बजारको मागअनुसार हामी व्यवसायीले थोरै मुनाफा राखेर बेच्ने हो। किसानको उत्पादन हामीले खरिद गरेर बजारको मागअनुसार सप्लाई दिने हो। त्यस कारण हामी व्यवसायीलाई ठूलो मुनाफा हुँदैन। कहिलेकाहीँ भन्नासाथ नबिक्दा मूल्य बढ्यो भने नाफा हुन सक्छ वा किनेर राखेको अवस्थामा मूल्य घट्यो भने नोक्सान पनि हुन सक्छ।

त्यो एउटा स्टोकिसले स्ट्रोक गर्दा भएको विषय हो। व्यापारमा यसै हुन्छ भन्ने ग्यारेन्टी छैन। कहिलेकाहीँ मुनाफा दिन्छ भने कुनै बेला नोक्सान पनि हुन सक्छ। तर, हामीले सीधाध ट्रेडिङको हिसाबले बिजनेस गर्दा एकदम सानो मुनाफा प्रतिकेजी करिब १५–२० रुपैयाँ मात्रै मुनाफा राख्छौँ।
व्यवसायीले नाफा कमाउन व्यवासाय गर्ने हो, एक केजीमा १५–२० रुपैयाँ लिएर काम गर्न सकिँदो रैछ?
बढीमा एक किलो बराबर २० रुपैयाँ मात्रै नाफा राखेका छौँ। हामीले मुनाफा राखेर मात्रै काम गर्छौं भन्ने छ, तर यो एकदमै कम मूल्य हो। अहिले अलैँची व्यवसाय आबद्ध निर्यातकर्ताको धेरै छौँ। प्रतिस्पर्धा हुन्छ।
हाल तीन देशमा मात्रै अलैँची उत्पादन हुँदै आएको छ। नेपालमा उत्पादन घटेजस्तै अरू मुलुकमा पनि अलैँचीको उत्पादन घटेको छ। मूल्य बढेको छ।
जब, अलैँचीको मूल्य बढ्छ, सबै आबद्ध हुन्छन्, सबैको चासो बढ्छ। त्यसैले प्रतिस्पर्धा बढ्न गई ठूलो नाफा लिन सकिँदैन। त्यस कारण किसानले सीधै मूल्य पाउनु भएको छ। गुणस्तर, ग्रेडिङ र जातअनुसार उहाँहरुलाई हामीले भुक्तानी गरिरहेका छौँ।
नेपालमा अलैँचीको ग्रेड के–कस्ता छन्?
अहिले चार वटा ग्रेड छ। जस्तै, पहिलो ग्रेडलाई बोल्ड भन्छौँ। यसमा एकदम सफा गरिएको, पुच्छर पनि ‘टेलकट’ गरेको निकालेको हुन्छ। छिल्का भएको छ भने निकाल्ने र ग्रेडिङ गरिन्छ। यसमा ठूलो दानाहरु चाल्छौँ। सानो दाना छुट्याइन्छ। जुन ठूलो दानाको अलैँचीलाई पहिलो नम्बरमा बोल्ड भन्छौँ। जनरल क्वालिटीभन्दा यसको मूल्यमा किरब २०० रुपैयाँसम्म फरक हुन सक्छ। विश्व बजारमा बोल्ड भनिने अलैँची उच्च गुणस्तरको हो।
हाल तीन देशमा मात्रै अलैँची उत्पादन हुँदै आएको छ। नेपालमा उत्पादन घटेजस्तै अरू मुलुकमा पनि अलैँचीको उत्पादन घटेको छ। मूल्य बढेको छ।
दोस्रो ग्रेडको अलँचीलाई भनिन्छ। यसमा पुच्छर काटिएको, धुलो निकालेको हुन्छ। तर, जुन ग्रेड गरेर ठूलो दाना निकालिएर बाँकी दानालाई जेजे अलैँची भनिन्छ। यो दोस्रो नम्बर गुणस्तरको अलैँची हो। किसानले ग्रेडिङ नगर्ने, उहाँहरुले त्यसलाई प्रोसेस नगरेको, पुच्छर पनि रहने अलैँचीलाई एचडी ग्रेड भनिन्छ। चलनचल्तीमा यसलाई नै अलैँची चिनिन्छ। जुन, ताप्लेजुङ र इलाममा पाइने एकदम सानो दाना साइज हुन्छ। जातअनुसार पनि यो सानो हो। जुन रामशाही भनिन्छ। यो सफा नगरिएको, साइज सानो हुने, पुच्छर हुन्छ। जसलाई सिसी ग्रेडको अलैँची भन्छौँ। जुन चौथौँ ग्रेडको हो। यी चार वटा ग्रेडअनुसार अलैँचीको मूल्य फरक छ। सबैभन्दा माथिल्लो ग्रेडको मूल्यमा २०० रुपैयाँसम्म फरक हुन्छ।
किसानले एक किलो अलैँचीको मूल्य कममा कति, बढीमा कतिसम्म पाएका छन्?
किसानले सबैभन्दा कम २१ सय प्रतिकिलो पाएका छन्। सबैभन्दा बढी एक किलोमा २३ सय रुपैयाँसम्म पाएका छन्।
स्वदेश वा विदेशमा प्रशोधन गरिएको अलैँचीको कारोबार हुन्छ?
अलैँची बाहिर निर्यात गर्दा होस् वा आन्तरिक बजारीकरण गर्दा होस्, प्रशोधन गरिएको पठाउने हो। काँचो जाँदैन। काँचो अलैँचीमा ८० प्रतिशत पानी हुन्छ। यसलाई हामीले प्रशोधन गरेर मात्रै बजारमा पठाउँछौँ। ड्राई गर्ने दुई थरी प्रविधि छ। एउटा परम्परागत, अर्को आधुनिक। परम्परागतमा पुरानो भट्टीबाट लगाइएको कालो रङको ‘स्मोकी फ्लेबर’ अथवा धुँवाको बास्ना आउने हुन्छ। आधुनिक भट्टीमा स्मोकलाई बाहिर निकालेर अलैँचीको हिट गरेर बनाइन्छ। यसमा स्मोकी फ्लेब आउँदैन।
यसलाई आगोको रापमा हिटमा गरी प्रशोधन गरिन्छ। मजदुर लगाएर त्यसलाई प्रोसेस गर्ने पुच्छर काट्ने, सफा गर्ने कामहरु गरिन्छ। नेपालबाट निर्यात हुने अलैँची पूर्ण रुपमा प्रशोधन गरेर पठाइन्छ। हाम्रो अलैँची ग्रेडिङ गरेर आफ्नो ब्राण्ड आफ्नो लेबलिङ लगाएरै निर्यात गरिरहेका छौँ। प्याकेजिङमा कहिले कही फरक हुन्छ। जस्तो कुनै बायरले १० केजीको प्याकिङ चाहियो भन्छ, कसैले २० केजीको भन्छ, कसैले ५० केजीको माग गर्छन्।
नेपालबाट कृषि वस्तुको उच्च निर्यात हुनेमध्ये अलैँची पनि पर्छ, यसले हाम्रो अर्थतन्त्रलाई सुधार गर्न कति मद्धत पुर्याएकाे छ?
नेपालबाट निर्यात हुन वस्तुमध्ये स्वदेशमै उत्पादन हुने धेरै कम छन्। कृषिजन्य वस्तु सबैभन्दा धेरै उत्पादन भएर निर्यात हुनेमा अलैँची पर्छ। पाम ओएल तेल बढी निर्यात भए पनि स्वदेशी उत्पादन नभई आयात गरी प्रशोधन गरेर निर्यात हुन्छ। नेपालमै उत्पादित वस्तुहरु अलैँची पहिलो चाहिँ पक्का हो।
अलैँची व्यवसायी महासंघले लामो समयदेखि किसानहरूसँग जोडिएर काम गरिरहेको छ। उत्पादन हुने पकेट क्षेत्रमा प्राविधिकसहित गएर छलफल र अन्तरक्रिया गरेका छौँ।
नेपालबाट चिया, अम्रिसो, अदुवालगायत कृषि उत्पादनबाट किसानले आम्दानी गरिरहेका छन्। यीबाहेक अन्य वस्तुबाट आम्दानी गर्न सकेका छैनन्। ठूलो व्यापार घाटा बढिरहेको अवस्थामा अलैँची जस्ता स्वदेशी उत्पादनले केही कम अवश्य गरेको छ। साथै, वैदेशिक मुद्रा आर्जन गरेर प्रत्यक्ष रुपमा किसान जोडिएका छन्।
अलैँची खेतीमा कति किसान प्रत्यक्ष जोडिएका छन्?
हाम्रो आँकडामा एक लाख ५० हजार किसान जोडिएका छन्। यी किसानलाई अलैँची खेतीले प्रत्यक्ष रुपमा फाइदा पुर्याएको छ। जुन लाभ अन्य खेतीबाट हुन नसक्ने आम्दानी किसानले अलैँचीबाट लिरहेका छन्।
जलवायु परिवर्तनका कारणले अलँंची खेतीमा कस्तो असर परेको छ?
हाम्रो धेरै खेती आकाशे पानीको भरमा निर्भर छ। अलैँची खेतीका किसान आकाशे पानीका भरमा खेती गर्छन्। पछिल्लो समय अलैँचीको मूल्य वृद्धि भएकाले किसानले आफै खर्चेर पाइप सिँचाइको व्यवस्था गर्न थालेका छन्। तर, सबै किसानले आफ्नो खर्चमा सिँचाइ पु¥याउन सम्भव छैन।

यसले कति ठाउँमा सिँचाइ पर्याप्त हुन पनि सक्छ, नहुन पनि सक्छ। चैत र वैशाखमा सिँचाइ भएन भने अलैँचीमा जुन फूल लाग्ने हुन्छ, यो हुँदैन। यसले उत्पादन कम हुन्छ। यस्तै, रोग किरा पछिल्लो चरणमा बढेको छ। रोगका कारण पनि उत्पादनमा असर परेको छ। रोग किरा लागेको ठाउँमा पूर्ण रुपमा नयाँ अलैँची लगाउनुपर्ने देखिन्छ।
रासायनिक मलको विषयले बेलाबेला धान खेतीबारे चर्को बहस आउँछ, अलैँची खेतीमा पनि यसैगरी रासायनिक मलको प्रयोग हुन्छ?
अलैँची खेतीमा रासायनिक मल प्रयोग हुँदैन। हामी कम्पोष्ट मल मात्र प्रयोग गर्छौं। त्यसैले मलको विषयले यो क्षेत्रमा खासै असर गर्दैन। अहिले किसानले पनि कम्पोष्ट मल राख्न थाल्नुभएको छ। जुन राम्रो कुरा हो। रासायनिक मलको आवश्यकता अलैँचीलाई पर्दैन।
अलैँची खेतीलाई अझ राम्रो बनाउन र निर्यात बढाउन राज्य, किसान र व्यवसायीबाट के गर्नुपर्छ?
अलैँची व्यवसायी महासंघले लामो समयदेखि किसानहरूसँग जोडिएर काम गरिरहेको छ। उत्पादन हुने पकेट क्षेत्रमा प्राविधिकसहित गएर छलफल र अन्तरक्रिया गरेका छौँ। यसको फलस्वरूप अहिले किसान आफैँले पनि अलैँचीको ग्रेड छुट्याउने र राम्रो मूल्य पाउन थाल्नुभएको छ। तर, सरकारले पनि केही कुरामा ध्यान दिनुपर्छ।
अलैँचीको उत्पादन अहिले भइरहेकोभन्दा चार गुणा बढाउन सकिन्छ । त्यसबाट चार गुणा बढी वैदेशिक मुद्रा आर्जन गर्न सकिन्छ। तर, प्राविधिक ज्ञानको कमी, किसानलाई प्रोत्साहनको अभाव र माटो परीक्षण जस्ता कामहरू सरकारले गर्न सकेको छैन। यसले किसानहरू अन्यौलमा छन्। हामीले केही वर्षअघि अलैँची उद्योग स्थापना गरेका छौँ। जहाँ अलैँचीबाट विभिन्न परिकारहरू जस्तै, माउथ फ्रेसनर, पाउडर, र चिया बनाइन्छ। यस्ता उत्पादनलाई स्वदेशमा खपत बढाउन सरकारले पहल गर्नुपर्छ।
साथै, भारत मात्रै नभएर बंगलादेशजस्ता अन्य मुलुकमा पनि निर्यात बढाउन नीतिगत समस्या समाधान गर्नुपर्छ। सरकारले नेपालमा उत्पादन बढाउन सकिने अलैँची जस्ता उत्पादनलाई पहिचान गर्नुपर्छ। ती उत्पादनलाई विदेशमा सोझै पठाउन पहल गर्नुपर्छ। यसले व्यापार घाटा कम गर्न मद्दत गर्छ। विदेशमा रोजगारीका लागि गइरहेका युवाहरूलाई नेपालमै यस्ता क्षेत्रमा काम गर्न प्रोत्साहन गरियो स्वदेश फर्कन सक्छन्।
यसले उनीहरूको विदेशको कमाइभन्दा पनि बढी प्रत्यक्ष आम्दानी दिन सक्छ। यसमा सरकार र सम्बन्धित मन्त्रालयले ध्यान दिन जरुरी छ। हामी अलैँची व्यवसायी महासंघले यी विषयमा विगतदेखि कुरा उठाउँदै आएका छौँ। तर प्रभावकारी हुन सकेको छैन।