काठमाडौं। नेपालमा ओमोडा एन्ड जेइकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रा।लि। ले यस दशैं तिहारको अवसरमा ‘फेस्टिभ राइड, मेगा ड्राइभ’ अभियान सुरु गरेको छ। यो अभियान नयाँ सार्वजनिक गरिएको जेइको जे फाइभमा लागू हुनेछ। साथै, यसअघि बजारमा ल्याइएका ओमोडा ई फाइभ र जेयको जे सिक्समा पनि लागू हुनेछ।
यस अभियानले ग्राहकलाई आकर्षक मूल्यमा गाडी खरिद गर्ने अवसर दिएको छ। नयाँ जेइको जे फाइभको मूल्य ६०।९९ लाख भए पनि अहिले विशेष फेस्टिभ अफरद्वारा ५६.९९ लाखमा उपलब्ध छ।
त्यसैगरी, ओमोडा ई फाइभको मूल्य ६१.९९ लाख भए पनि फेस्टिभ अफरद्वारा ५४.९९ लाखमा र जेइको जे सिक्सको मूल्य ६९.९९ लाख भए पनि अहिले ६५.९९ लाखमा उपलब्ध रहेको छ।
यस अफरमा एक्सचेञ्ज बोनस, ७ किलोवाट वाल चार्जर र एक वर्षको इन्स्योरेन्स पनि समावेश छन्। तर, यो विशेष अफर सीमित अवधिका लागि मात्र उपलब्ध हुनेछ र शर्त तथा नियम लागू हुने छन्।
जेइको जे फाइनको लम्बाई ४३८० मिलिमिटर, चौडाई १८६० मिलिमिटर र उचाई १६५० मिलिमिटर छ। जसमा आकर्षक १८ इञ्चका एलोय ह्वील फिट गरिएको छ। यो एकयूभीलाई १५५ किलोवाट इलेक्ट्रिक मोटर र ५८.९ किलोवाट ब्याट्री प्याक छ। जसले एकपटकको चार्जमा ४०२ किलोमिटरको रेञ्ज प्रदान गर्छ। यसमा स्पेयर टायरको सुविधा छ र ग्राउण्ड क्लियरेन्स १८५ मिलिमिटर रहेको छ।
ओमोडा ई फाइभ पूर्णतया इलेक्ट्रिक एसयूभी हो। जसमा ९९ किलोवाट मोटर पावर र ६१ किलोवाट ब्याट्री प्याक रहेको छ। यसले एकपटकको चार्जमा ४३० किलोमिटरको डब्लूएलटीपी रेञ्ज दिन्छ। यसमा पनि स्पेयर टायर र १८५ मिलिमिटर ग्राउण्ड क्लियरेन्स समावेश छ। जसले लामो यात्रालाई सहज बनाउँछ।
जेइको जे सिक्स हल्का अफ-रोड आरडब्लूडी गाडी हो। जसमा १३५ किलोवाट मोटर पावर, ६५.६९ किलोवाट ब्याट्री प्याक, ४०० किलोमिटर डब्लूएलटीपी रेञ्ज र २०० मिलिमिटर ग्राउण्ड क्लियरेन्स रहेको छ। एसपीजी अटोमोबाइल्सले ग्राहकलाई नजिकैको सोरुममा आएर यी गाडीहरूको टेस्ट ड्राइभ गर्न र अफरको अधिकतम लाभ उठाउन आग्रह गर्दछ।